समाज

    Showing ३,०९१-३,१०० of ९,३६० items.
  • ताप्लेजुङमा एघार जनालाई नाबालक परिचयपत्र वितरण

    इटहरी । ताप्लेजुङमा पछिल्लो एक महिनाको अवधिमा एघार जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार भदौ महिनामा उक्त सङ्ख्यामा नाबालक परिचयपत्र वितरण गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार चालु आवको दुई महिनाभित्र १८ जनालाई नाबालक परिचयपत्र वितरण भएको छ । उक्त सङ्ख्यामध्ये भदौमा ११ जना र गत साउन महिनामा छ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो । नागरिकता प्राप्त गर्ने उमेर १६ वर्ष नपुगेकालाई आवश्यक परेको खण्डमा नाबालक परिचयपत्र प्रदान गर्ने व्यवस्था रहेको छ । नेपाली नागरिकता सरहको

    • प्रकाशित मितिः असोज १०, २०८२
    • २१० पटक पढिएको
  • दुई महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु

    इटहरी । ताप्लेजुङमा शुक्रबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब दुई महिनापछि शुक्रबारबाट उडान सुरु भएको हो । वर्षायामको समय सुरु भएसँगै गत साउन ५ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलिप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा दुई महिनासम्म उडान अवरुद्ध भएको थियो । मौसममा सुधार आएकाले शुक्रबारदेखि उडान सुरु भएको उहाँको भनाइ छ । ताप्लेजुङमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज मात्र अवतरण हुने भएकाले अधिकांश उडानहरू प्रभावित हुने गरेका छन् । जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक

    • प्रकाशित मितिः असोज १०, २०८२
    • २३० पटक पढिएको
  • ताप्लेजुङमा ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

    इटहरी । ताप्लेजुङमा ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जिल्लाका अधिकांस स्थानीय तहका वडाले लाभग्राहीको घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । स्थानीय तहका पदाधिकारी, वडाध्यक्ष र वडासचिवहरु घरघरै पुगेर अशक्त (अपाङ्ग), एकल महिला र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिँदै आएको हो । लाभग्राहीको सहजताका लागि घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । अध्यक्ष वनेमका अनुसार बैङ्कसँगको समन्वयमा लाभग्राहीको घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

    • प्रकाशित मितिः असोज १०, २०८२
    • २८६ पटक पढिएको
  • दुहबी नगरपालिकालाई उद्योग संघहरूको सहयोग

    सुनसरी |  दुहबीमा जेनजी आन्दोलनको क्रममा अराजक समूहको आक्रमणबाट क्षति पुगेको दुहबी नगरपालिकाको कार्यालय पुनः सञ्चालनमा ल्याउन उद्योग क्षेत्रबाट सहयोग प्राप्त भएको छ । मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी र उद्योग संगठन मोरङले संयुक्त पहलमा नगरपालिकालाई करिब तीन लाख रुपैयाँ बराबरको जिन्सी सामग्री हस्तान्तरण गरिएको हो ।नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनीबाट कामकाज प्रभावित भएको अवस्थामा संघ, संगठन र परिसंघले कार्यालय सञ्चालन सहज बनाउने उद्देश्यसहित २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान अफिस टेबल, २ थान रिभल्भिङ चेयर, ४ थान भिजिटर चेयर, १ थान स्टील दराज र १ थान बुककेस उपलब्ध

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ४३४ पटक पढिएको
  • ज्योति विकास बैंकद्वारा इलाका प्रहरी कार्यालय पकलीलाई कम्प्युटर सहयोग

    सुनसरी | ज्योति विकास बैंक झुम्का शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत इलाका प्रहरी कार्यालय पकलीलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।भदौ २४ गते इटहरीमा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालयलाई कामकाज सहज बनाउनका लागि बैंकले सहयोग गरेको हो ।बैंकका झुम्का शाखा प्रबन्धक प्रकाश पराजुलीले बिहीबार प्रहरी निरीक्षक लेखनाथ दाहाललाई एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बैंकका शाखा कर्मचारी गोपाल मेहताले समेत सहयोगबारे जानकारी दिनुभयो ।जेनजी आन्दोलनका क्रममा सुनसरीका २८ सरकारी तथा निजी संरचना क्षतिग्रस्त भएका थिए । तीमध्ये इटहरी उपमहानगरपालिका,

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ६१० पटक पढिएको
  • पुराना आदर्श र नयाँ ऊर्जा मिलाएर अग्रगामी मार्ग निर्माण गरौँ

     कुमार थापा काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कमिटीको बैठक नेपालका जेन्जी आन्दोलन पश्चात उत्पन्न भएको विषम राजनीतिक परिस्थितिलाई केन्द्रित गर्दै प्रारम्भ भएको छ।बैठकसँगै पार्टीभित्र प्रवृत्ति सुधार र कार्यशैली रूपान्तरणलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ। यस सन्दर्भमा, “पुराना आदर्श र नयाँ ऊर्जा मिलाएर अग्रगामी मार्ग निर्माण गरौँ,” भन्ने विचार व्यक्त गर्दै कुमार थापाले पार्टीलाई जनमुखी, जिम्मेवार र रूपान्तरणशील बनाउन प्रवृत्ति नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।थापाका अनुसार, नेतामात्र परिवर्तन गरेर पार्टी गतिशील बन्ने सोच भ्रान्ति हो

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ३०८ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिका–८ गोगने सडक जीर्ण, स्थानीयको गुनासो : "किन यति लापरबाही ?"

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ८ र ९ को गोगने–सल्लेनी सडकको दयनीय अवस्थाले स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। वर्षा याम सकिएको र दशैं नजिकिँदै गर्दा पनि सडक मर्मत–सम्भार नगरी सम्बन्धित निकाय मौन बस्दा जनतामा आक्रोश चुलिएको छ।गोगनेका स्थानीय बासिन्दा बुद्धिमान मास्केले सामाजिक सञ्जालमार्फत चौथो पटक सडकको अवस्था सार्वजनिक गर्दै सरोकारवालाको उदासीनतामाथि प्रश्न उठाएका छन्। उहाँका अनुसार सल्लेनी तामाधाराभन्दा माथिल्लो भागमा सवारीसाधन गुड्न नसक्ने अवस्थामा छ, जसका कारण असक्त नागरिकलाई स्वास्थ्य संस्था पुर्‍याउन र माथिल्लो भेगका बासिन्दालाई घर पुग्न निकै कठिनाइ भएक

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ४३१ पटक पढिएको
  • आन्दोलनमा क्षतिग्रस्त ट्राफिक प्रहरी कार्यालय पुनः सञ्चालनका लागि इटहरीवासी सक्रिय

    इटहरी । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण प्रयोग विहिन बनेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई पुनः सञ्चालनमा ल्याउन स्थानीय नागरिकहरू सक्रिय भएका छन् । उद्योग वाणिज्य संघ इटहरीको संयोजनमा तत्काल ट्राफिक प्रहरीलाई वसेर काम गर्ने वातावरण तयार गर्दै कार्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको संघका अध्यक्ष जीवन पराजुलीले जानकारी दिनुभयो । उहाँले विभिन्न संघसंस्था र व्यक्तिहरूलाई आर्थिक सहयोग तथा श्रमदान मार्फत कार्यालयलाई पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउन आह्वान गर्नुभएको छ । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका इटहरीका सरकारी कार्यालयहरूक

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ३३२ पटक पढिएको
  • मिक्लाजुङ–२ मा निधन भएकाको अन्त्येष्टि खर्च वडा कार्यालयले सहयोग गर्ने

    इटहरी । मिक्लाजुङ गाउँपालिका–२ नं वडा कार्यालयले कुनै पनि घरपरिवारमा असामयिक निधन भएमा मृतक परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ । वडा कार्यालयको २०८२ असोज ९ गतेको निर्णय अनुसार स्थायी रूपमा बसोबास गर्दै आएका परिवारका सदस्यको असामयिक निधन भएको अवस्थामा मृतकको अन्त्येष्टि मलामी खाजा तथा सदगद कार्यक्रमका लागि १० हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइने व्यवस्था गरिएको छ । यस कार्यक्रमबाट मृतक परिवारलाई दुःखको घडीमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । मृतकका परिवारजनलाई आवश्यक जानकारी सहित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ३८१ पटक पढिएको
  • प्रहरी चौकीलाई झ्यालमा लगाउने पर्दा वितरण

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – ७ मा अवस्तित गछियामा रहेको प्रहरी चौकीलाई स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचा मोरङले झ्यालमा लगाउने पर्दा वितरण गरेको छ । वडा अध्यक्ष भुवन सिंह आले मगरको उपस्थितिमा स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाई लगायतको टिमले उक्त पर्दा वितरण गरेको समाजका प्रवक्ता नर बहादुर गुरुङले जानकारी दिनुभयो । प्रवक्ता गुरुङका अनुसार प्रहरी चौकीलाई २९ थान झ्यालमा लगाउने पर्दा उपलब्ध गराएको बताउनुभयो । संक्षिप्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष आले मगरले स्वतन्त्र नागरिक समाजले जनताको शान्ति सुरक्षाको लागि बसेका प्रहरी चौकीलाई पर्दा वितरण गरेर प्र

    • प्रकाशित मितिः असोज ९, २०८२
    • २४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]