कुमार थापा काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कमिटीको बैठक नेपालका जेन्जी आन्दोलन पश्चात उत्पन्न भएको विषम राजनीतिक परिस्थितिलाई केन्द्रित गर्दै प्रारम्भ भएको छ।बैठकसँगै पार्टीभित्र प्रवृत्ति सुधार र कार्यशैली रूपान्तरणलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ। यस सन्दर्भमा, “पुराना आदर्श र नयाँ ऊर्जा मिलाएर अग्रगामी मार्ग निर्माण गरौँ,” भन्ने विचार व्यक्त गर्दै कुमार थापाले पार्टीलाई जनमुखी, जिम्मेवार र रूपान्तरणशील बनाउन प्रवृत्ति नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।थापाका अनुसार, नेतामात्र परिवर्तन गरेर पार्टी गतिशील बन्ने सोच भ्रान्ति हो
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ८ र ९ को गोगने–सल्लेनी सडकको दयनीय अवस्थाले स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। वर्षा याम सकिएको र दशैं नजिकिँदै गर्दा पनि सडक मर्मत–सम्भार नगरी सम्बन्धित निकाय मौन बस्दा जनतामा आक्रोश चुलिएको छ।गोगनेका स्थानीय बासिन्दा बुद्धिमान मास्केले सामाजिक सञ्जालमार्फत चौथो पटक सडकको अवस्था सार्वजनिक गर्दै सरोकारवालाको उदासीनतामाथि प्रश्न उठाएका छन्। उहाँका अनुसार सल्लेनी तामाधाराभन्दा माथिल्लो भागमा सवारीसाधन गुड्न नसक्ने अवस्थामा छ, जसका कारण असक्त नागरिकलाई स्वास्थ्य संस्था पुर्याउन र माथिल्लो भेगका बासिन्दालाई घर पुग्न निकै कठिनाइ भएक
इटहरी । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण प्रयोग विहिन बनेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई पुनः सञ्चालनमा ल्याउन स्थानीय नागरिकहरू सक्रिय भएका छन् । उद्योग वाणिज्य संघ इटहरीको संयोजनमा तत्काल ट्राफिक प्रहरीलाई वसेर काम गर्ने वातावरण तयार गर्दै कार्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको संघका अध्यक्ष जीवन पराजुलीले जानकारी दिनुभयो । उहाँले विभिन्न संघसंस्था र व्यक्तिहरूलाई आर्थिक सहयोग तथा श्रमदान मार्फत कार्यालयलाई पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउन आह्वान गर्नुभएको छ । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका इटहरीका सरकारी कार्यालयहरूक
इटहरी । मिक्लाजुङ गाउँपालिका–२ नं वडा कार्यालयले कुनै पनि घरपरिवारमा असामयिक निधन भएमा मृतक परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ । वडा कार्यालयको २०८२ असोज ९ गतेको निर्णय अनुसार स्थायी रूपमा बसोबास गर्दै आएका परिवारका सदस्यको असामयिक निधन भएको अवस्थामा मृतकको अन्त्येष्टि मलामी खाजा तथा सदगद कार्यक्रमका लागि १० हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइने व्यवस्था गरिएको छ । यस कार्यक्रमबाट मृतक परिवारलाई दुःखको घडीमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । मृतकका परिवारजनलाई आवश्यक जानकारी सहित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – ७ मा अवस्तित गछियामा रहेको प्रहरी चौकीलाई स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचा मोरङले झ्यालमा लगाउने पर्दा वितरण गरेको छ । वडा अध्यक्ष भुवन सिंह आले मगरको उपस्थितिमा स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाई लगायतको टिमले उक्त पर्दा वितरण गरेको समाजका प्रवक्ता नर बहादुर गुरुङले जानकारी दिनुभयो । प्रवक्ता गुरुङका अनुसार प्रहरी चौकीलाई २९ थान झ्यालमा लगाउने पर्दा उपलब्ध गराएको बताउनुभयो । संक्षिप्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष आले मगरले स्वतन्त्र नागरिक समाजले जनताको शान्ति सुरक्षाको लागि बसेका प्रहरी चौकीलाई पर्दा वितरण गरेर प्र
इटहरी । दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा पूर्व–पश्चिम राजमार्ग र सहरी केन्द्रहरूमा यात्रुको चाप तीव्र बन्दै गएको छ । यात्रामा भीडसँगै ठगी र दुर्घटनाको जोखिम बढ्ने भएकाले यसपटक कोशी प्रदेशका १४ वटै जिल्लाका ४० स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । इटहरी उपमहानगरपालिका–९, बसपार्कमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, मजदुर संगठनका प्रतिनिधि, सञ्चारकर्मी, चालक–परिचालक तथा यात्रुहरूको उपस्थितिमा सहायता कक्षको औपचारिक शुभारम्भ गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका डिएसपी सन्तोष श्रेष्ठले चाडपर्वको सम
इटहरी । धनकुटाको छथरजोरपाटी गाउँपालिका –६ स्थित सिंधुवामा चाडपर्वलक्षित बजार पसल अनुगमन गरिएको छ । बिहीबार सिंधुवा बजर क्षेत्रका करिब एक दर्जनभन्दा बढी किराना तथा खुद्रा पसल अनुगमन गरिएको छ । अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएका अखाद्य बस्तु तथा पेयपदार्थ भेटिएको थियो । पसलबाट म्याद गुज्रिएका स्प्राइट, ड्यू, कोक, फेन्टा र लगायतका पेयपदार्थमा भेटिएको थियो । यस्तै, अखाद्य बस्तु बिस्कुट, चिप्स, बेकरीजन्य बस्तु, आटा र प्याकेजिङजन्य म्याद गुज्रिएका खाद्यान्न भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले बताउनुभयो । उहाँका अनुसार किराना तथा ख
इटहरी । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका(७ देउसाका हरिसचन्द्र राईको घरमा बिहीबार बिहान आगलागी भएको छ। आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इटहरी । इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिएको छ । बिहीबार फिक्कल बजारमा सञ्चालित ११ वटा किराना पसलमा अनुगमन गर्दा ४१ प्रकारका ६१ हजार नौसय २५ रुपियाँ बराबरको अखाद्य बस्तु जफत गरिएको हो । सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले सुरु गरेको अनुगमनका क्रममा फिक्कल बजारमा झापा र भारतबाट आएर हटियाको दिन ब्यापार गर्ने ब्यपारीले सञ्चालन गरेको पसलमा म्याद गुज्रिएका र लेवलिङ नभएका बस्तु जफत गरिएको अनुगमन समितिका संयोजक नवीन ढकालले जानकारी दिनुभयो । अनुगमनका क्रममा खुल्ला रुपमा बिक्रीका लागि राखिएको सुर्ती, भोला, मधु, चुरोट, मिठाई, गरम मसला, पापड, बिस्कुट, मु
इटहरी । विराटनगर महानगरपालिका(१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग मोटरसाइकल ३ थान समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.