इटहरी ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष रबिन्द्र शाही ९गुड्डु० माथी हात पात भएको छ ।

 वडा नम्बर–१० स्थित शंकर प्राबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा शाहीमाथी आक्रमण भएको हो ।

उनको टाउकोमा चोट लागेको छ । उनलाई एमाले कार्यकर्ताले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

 घाईते वडा अध्यक्ष  शाही कांग्रेसबाट निर्वाचित हुन् । सोही वडामा एमालेबाट वडाध्यक्षमा पराजित राम भण्डारीको समूहले ढुंगा प्रहार गरेको हो ।