समाज

    Showing ३,२२१-३,२३० of ९,३६६ items.
  • विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल फेला

    इटहरी । जेनजी आन्दोलनका क्रममा सोमबार दिउँसो विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटको दोस्रो तल्लामा पूर्णरूपमा जलेको मानव कंकाल फेला परेको छ । मोरङ प्रहरीले जनाए अनुसार घटनास्थलमा भेटिएको शव जलेर केवल हड्डी मात्र बाँकी रहेकाले मृतक पुरुष वा महिला हो भन्ने प्रारम्भिक पहिचान गर्न कठिनाइ भइरहेको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले घटनास्थलमा पुगेको टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार, कंकाल फेला पर्नुको कारण सम्भवतः भाटभटेनीमा आगलागीको समयमा सामान चोरी गर्न भित्र प्रवेश गरेका व्यक्तिको जलेर मृत्यु  हुनसक्ने अनुमान गरिएको छ । भाटभ

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ३६२ पटक पढिएको
  • पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा

    इटहरी । जेनजी समूहको आन्दोलनपश्चात् ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ। भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको काँकडभिट्टा नाकामा भर्खरै केहीबेर अघि सञ्चालनमा आएको जनाइएको छ। सो नाका ६ दिनसम्म ठप्प हुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परेको थियो । नेपालमा भएको हिंसात्मक प्रदर्शनको क्रममा भारतीय एसएसबीले सीमा नाका बन्द गराएका थिए। एसएसबीले नाका खुलाए पनि अझै परिस्थिति भने सामान्य बनेको छैन। भारतीय निजी गाडीहरू भने नेपाल आउन पाएको छैन। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाका अनुसार पुरानो पुलबाट आउजाउ मात्रै सहज भएको छ। सिटी सफारी तथा अन्य सव

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ५१७ पटक पढिएको
  • नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए

    काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालस ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा नियुक्त हुनुभएका तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित चार सदस्यीय बनेको छ । अर्थमन्त्रीमा नियुक्त रामेश्वर खनाल पूर्व अर्थसचिव एवम् अर्थविद् हुनुहुन्छ । तात्कालिक अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभिन्नता उत्पन्न भएपछि उहाँले पदबाट राजीनामा द

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ३०६ पटक पढिएको
  • इलाममा जेनजी आन्दोलनको क्रममा चोरीएको सामान धमाधम फिर्ता गरिदै

    इटहरी ।  जेनजी समूहको नाममा भदौ २४ गते इलाम नगरपालिकामा भएको आगजनी तथा तोडफोडका क्रममा चोरी गरिएका सामान फिर्ता गर्न थालिएको छ । नगरपालिकाको सार्वजनिक आग्रहपछि ल्यापटपसहितका सामग्री व्यक्तिहरूले स्वेच्छाले नगरपालिकाकै जिम्मा लगाउन थालेका हुन्। नगरपालिकाले यसलाई ‘जिम्मेवार नागरिक’को कर्तव्य पूरा गरेको उदाहरणका रूपमा व्याख्या गर्दै सम्बन्धित व्यक्तिहरूको नाम र तस्बिर सार्वजनिक गरेको छ । यसअघि नगरपालिकाले सिसी क्यामेरा फुटेज, भिडियो तथा सामाजिक सञ्जालमा प्रसारित लाइभमार्फत तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान भएको भन्दै आफ्नै इच्छाले चोरी सामान बुझाउन अवसर दिने सूचना जारी गरेको थियो । नगरपालि

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • २१५ पटक पढिएको
  • ताप्लेजुङमा मनाइयो अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस

    इटहरी । ताप्लेजुङमा  विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षण मञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरूमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ गतेसम्म फुङ्लिङ, फक्ताङलुङ, सिरिजङ्घा र पाथीभरा याङवरक गाउँपालिकासहितका विद्यालयमा कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र आर्ट प्रतियोगिता आयोजना गरिएको थियो । ताप्लेजुङका दश वटा विद्यालयमा रेडपाण्डा इकोक्लब

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ३३४ पटक पढिएको
  • जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएको सामान फिर्ता गर्न फुङ्लिङ नगरपालिकाको आग्रह

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न आग्रह गरेको छ । आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै लुटपाटको समान फिर्ता गर्न आग्रह गरेको हो । तोकिएको समयमा सामान फिर्ता नगरे सिसिटिभी फुटेजको आधारमा कानुनी कारबाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नगरपालिकाको प्रशासकीय भवन तोडफोड र आगजनी गरिएको थियो । साथै नगरपालिकाको विभिन्न सामानहरू लुटपाट गरि लगेको सिसिटिभी फुटेजमा देखिएको नगरपालिकाले जनाएको छ । त्यस्तै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • २३९ पटक पढिएको
  • आजदेखि ताप्लेजुङ जिल्ला अदालतको सेवा प्रवाह नियमित हुने

    इटहरी । जेनजी पुस्ताले गरेको आन्दोलनले देशमा सिर्जना भएको विषम परिस्थितिका कारण बन्द भएको ताप्लेजुङ जिल्ला अदालतले सोमबारदेखि सुचारु (नियमित) गर्ने भएको छ । आन्दोलनको अवस्था सामान्य भएसँगै गएको बुधबारदेखि बन्द रहेको जिल्ला अदालतको सेवा प्रवाह नियमित हुने भएको हो ।ताप्लेजुङ जिल्ला अदालतका स्रेष्तेदार शम्मी कपुर शाहले सोमबारदेखि अदालतको सेवा नियमित हुने उल्लेख गर्दै आइतबार सूचना प्रकाशित गर्नुभएको थियो । स्रेस्तेदार शाहका अनुसार मुद्दाको सुनुवाइसहित जिल्ला अदालतबाट प्रवाह हुने सबैखाले सेवा सुरु हुने भएको छ । यसअघि बन्दी प्रत्यक्षीकरणको निवेदन, थुनछेक र म्याद थपबाहेकका सेवा बन्द गरिएको थियो । जेन

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • २०६ पटक पढिएको
  • जेनजी आन्दोलनपछि कोशी प्रदेशमा क्षतिको विस्तृत विवरण संकलन, सेवा प्रवाह सुचारु गर्ने तयारी

    इटहरी । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण सङ्कलनको काम भइरहेको जनाएको छ । कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले क्षति मूल्याङ्कनको काम सकिएसँगै प्रशासनिकस्तरमा सेवा प्रवाह सुरु गर्ने तयारी भइरहेको बतानुभएको छ । समग्र क्षतिको विस्तृत विवरण भने सोमबारसम्ममा उपलब्ध गराउन सकिने उहाँले जानकारी दिनुभयो । प्रमुख सचिव पौडेलका अनुसार प्रदेशमा भएको आगजनीसम्मका सबै विवरण सङ्कलन भइसकेका छन् । मातहतका कार्यालयले पनि प्रतिवेदन तयार पारिसकेका छन् । प्रहरीमार्फत मुचुल्का तयार पार्ने काम पनि सम्पन्न भएको छ भने बिमा कार्यालयलाई समेत क्षतिसम्बन्धी विवरण पठाउने तयारी रहेक

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ३७६ पटक पढिएको
  • इटहरीमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

    इटहरी | जेन-जी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झनामा आइतबार साँझ इटहरीमा दीप प्रज्वलन गरिएको छ।चौरास्ता चोकमा भेला भएका जेन-जी सदस्य तथा स्थानीयबासीले इटहरीमा मृत्यु भएका दुईसहित देशभरका शहीदको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन्।राष्ट्रिय झण्डा सहितको कार्यक्रममार्फत सहभागीले शान्ति, समृद्धि र देशमा स्थायित्व कायम गर्न आफ्नो पुस्ताको योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। साथै, आन्दोलनले ल्याएको परिवर्तनको मर्मलाई आत्मसात् गर्दै राज्यका सबै निकाय जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।इटहरीमा आन्दोलनका क्रममा इटहरी–१४ का ४० वर्षीय मोहन स

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • २६२ पटक पढिएको
  • फिल्म हल सोमबारदेखि सञ्चालनमा

    काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति कारण बन्द रहेका फिल्म हल सोमबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्। नेपाल चलचित्र सङ्घले आइतबार बसेको बैठकमार्फत फिल्म हल खोल्ने निर्णय गरेको हो।चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले सोमबारदेखि सबै फिल्म हल नियमित सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार हल बन्द हुनु अघि रिलिज भएका फिल्महरूलाई नै पहिलो चरणमा निरन्तरता दिइनेछ।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ४६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]