इटहरी। लामो समयपछि इलामको उत्तरी क्षेत्रमा वर्षा भएको छ । गएको कात्तिक पहिलो साता यता वर्षा नभएको इलाममा बाक्लो असिनासहित वर्षा भएको हो । इलामको उत्तरपूर्वी जमुना, जौबारी, माईपोखरी, देउराली, माईमझुवासहितका उत्तरी लेकाली क्षेत्रमा वर्षा भएको जमुनाका स्थानीय निम लम्बू शेर्पाले जानकारी दिनुभयो । वर्षा भएपछि अलैंची, चिया र जडीबुटी किसानलाई सिँचाइका लागि राहत मिलेको बताइएको छ ।
इटहरी। नेपाल युवा उद्यमी मञ्च ९एनवाईईएफ० सुनसरी च्याप्टरको आयोजनामा ुएनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता( २०२६ु आयोजना हुने भएको छ। धरानस्थित गल्फ कोर्समा फागुन १६ गते ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता एक दिने प्रतियोगिता हुने भएको हो। प्रतियोगिता आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थितिले प्रतियोगितालाई खेलकुदसँगै उच्चस्तरीय व्यवसायिक नेटवर्किङ मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताउनु भयो। उहाँले प्रतियोगिताको मुख्य उद्देश्य खेलभावना प्रवर्द्धन गर्नुका साथै युवा उद्यमीहरूबी
इटहरी । आगामी फागुन २१ को निर्वाचनका लागि इलाममा पत्रकारलाई निर्वाचन आचारसंहिता सम्बन्धी तालिम दिइएको छ ।नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजना र महासङ्घ कोशी प्रदेशको सहकार्यमा दिइएको तालिममा कस्ता किसिमका समाचार सामग्री तयार गर्ने, निर्वाचन आचारसंहिताको पालना भए नभएको, उम्मेदवारहरूको प्रोफाइल लगायतका विषयमा छलफल गरिएको थियो ।तालिममा चुनावी खर्चमा हुने पारदर्शिता, भोजभतेर, चुनावी खर्चको प्राप्ति, सरकारी स्रोतको दुरुपयोग, दल र उम्मेदवारको घोषणापत्रको समीक्षा लगायतका विषयलाई समाचारमा उल्लेख गर्न सकिने विषयमा छलफल गरिएको छ ।इलामका अग्रज पत्रकार विजय शेखर भट्टराई र महासङ्घ कोशी प्रदेश समिति सदस
इटहरी। पाँचथर सदरमुकाम फिदिमदेखि भारतको वेस्ट बङ्गालसम्म सडक सञ्जाललाई जोड्ने फिदिम–फालोट सडक खण्डमा अवस्थित फेमे खोलामा बेलिब्रिज जडान कार्य सुरु भएको छ ।कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय, पाँचथरको अगुवाईमा पुल जोड्न थालिएको हो ।यहाँ ‘पुस एन्ड पुल’ प्रविधिबाट पुल जोड्न थालिएको हो ।फेमे खोलामा पुल थालिएसँगै यो सडकमा सवारी र ढुवानी साधनको आवागमन बन्द गर्न भनिएको छ ।जडानका क्रममा थुप्रै सामग्री सडकमा राख्नुपर्ने भएकाले फागुन १२ गतेदेखि १७ गतेसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म यो बाटो अवरुद्ध हुने पूर्वाधार विकास कार्यालय पाँचथर
इटहरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो । सोमबार धरान उपमहानगरपालिकामा भएको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उहाँले झापाको कन्काई पुल लामो समयसम्म निर्माण हुन नसकेको तर भ्यू टावर छोटो अवधिमा निर्माण भएको उदाहरण दिँदै विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो ।सुनसरी १ का उम्मेदवार डम्बर लावति९जेन्टल०लाई जिताउनु भनेको आफूलाई जिताउनु सरह हुने भएकाले अत्यधिक मत दिएर विजय गराउन आग्रह गर्नुभयो । उज्यालो नेपाल पार्टीलाई मतदान गर्नका लागि म
इटहरी। यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न जिलाका मतदातामा छुट्टै उत्साह देखिन्छ भने मत परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले विभिन्न रणनीति अपनाएका छन् । उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन गाउँ–गाउँ, टोल–टोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रम गर्दै मतदाता फकाउन व्यस्त छन् । विगत तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेका अरुण गाउँपालिका ३ का गजेन्द्र बहादुर भुजेल मतदान गर्न स्वदेश फर्किनुभएको छ । यो निर्वाचनले देशमै रोजगारी, स्वास्थ्य, शिक्षा, भ्रष्टाचार न्यूनीकरण तथा सुशासन प्रवर्धन हुने विश्वास उहाँको छ ।जिल्ला
इटहरी। आगामी २१ मा हुने प्रतिनिधि सभा निर्वाचनले पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित हुने भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माणको काम यतिबेला तीव्र रूपमा चलिरहेको छ तर अर्को साताबाट विस्तारको काम प्रभावित हुने देखिएको छ ।पूर्वपश्चिम सडक विस्तार योजना, काँकडभिट्टा–लौकही सडक आयोजनाका पश्चिम खण्ड कार्यालय इटहरीका प्रमुख जगत प्रजापति का अनुसार सडक निर्माणमा काम गर्ने कामदारहरू अधिकांश तराईवासी छन् । गत वर्ष पनि होलीले काममा प्रभाव पारेको थियो । यो वर्ष होलीलगत्तै निर्वाचन पनि भएकाले दुई साता काम रोकिने अवस्था देखिएको उहाँले बताउनुभयो।चुनावी वात
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता तथा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। ५ का उम्मेदवार बालेन्द्र शाहले आफ्नो विस्तृत ‘वाचापत्र’ सार्वजनिक गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगार र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।वाचापत्रमा नेपालका संविधान–२०७२ ले सुनिश्चित गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयनमा भूमिका निर्वाह गर्ने उल्लेख छ । यसै गरी, सङ्घीय सांसदको हैसियतमा भ्रष्टाचार नियन्त्रण, नीति तथा बजेट निर्माणमा क्षेत्रीय आवश्यकताको समावेश, सङ्घ–प्रदेश–स्थानीय तहबिच समन्व
इटहरी। धनकुटामा शहरी विकास तथा भवन निर्माण कार्यालय पूर्वाधार विकास कार्यालयमा गाभिएपछि निर्माणाधीन ११ वटा सरकारी भवनको काम अलपत्र परेको छ । ठेक्का लागेर निर्माण सुरु भएका ती भवनको काम पूरा नहुँदै कार्यान्वयन गर्ने कार्यालयको संरचना परिवर्तन भएपछि निर्माणकार्य अन्योलमा परेको हो ।निर्माणको ठेक्का लगाउने कोसी प्रदेशअन्तर्गतको शहरी विकास तथा भवन निर्माण कार्यालय गत साउनदेखि पूर्वाधार विकास कार्यालयमा गाभिएको थियो । कार्यालय गाभिए पनि अघिल्लो कार्यालयले सुरु गरेका योजनाको स्वामित्व लिएर अधुरा काम अघि बढाउन चालु आर्थिक वर्षमा बजेट तथा कार्यक्रम समावेश गरिएको छैन । पूर्वाधार विकास कार्यालय धनकुटाका
इटहरी । जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी १ बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो ।गत फागुन ७ गते बिहान लखनलाल राजवंशीकी श्रीमती लीलाले बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जङ्गली हात्ती आई उहाँलाई अचानक आक्रमण गरेको थियो ।आक्रमणबाट शरीरको विभिन्न भागमा चोट लागि लीला गम्भीर घाइते हुनुभएको थियो । घाइते राजवंशीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.