इटहरी। नेपाल युवा उद्यमी मञ्च ९एनवाईईएफ० सुनसरी च्याप्टरको आयोजनामा ुएनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता( २०२६ु आयोजना हुने भएको छ। धरानस्थित गल्फ कोर्समा फागुन १६ गते ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता एक दिने प्रतियोगिता हुने भएको हो।
प्रतियोगिता आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थितिले प्रतियोगितालाई खेलकुदसँगै उच्चस्तरीय व्यवसायिक नेटवर्किङ मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताउनु भयो। उहाँले प्रतियोगिताको मुख्य उद्देश्य खेलभावना प्रवर्द्धन गर्नुका साथै युवा उद्यमीहरूबीच सहकार्य, नेतृत्व विकास तथा सम्बन्ध विस्तार गर्नु रहेको जानकारी दिनु भयो।
त्यस्तै, आयोजकले प्रतियोगिताले धरानलाई राष्ट्रियस्तरको खेलकुद तथा व्यवसायिक नेटवर्किङ कार्यक्रमहरूको गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। एसजी ग्रुप सह(प्रवर्द्धक रहेको प्रतियोगिताको सञ्चालनमा लाग्ने खर्चको केही अंश स्थानीय युवा प्रतिभालाई प्रोत्साहन गर्न र धरानका जुनियर गल्फ खेलाडीहरूको प्रवर्द्धन तथा क्षमता अभिवृद्धिका लागि खर्च गर्ने आयोजकले तयारी गरेको छ। एनवाईईएफ सुनसरीको आयोजनामा हुने प्रतियोगितालाई एनवाईईएफ राष्ट्रिय गभर्निग काउन्सिलले आधिकारिक रूपमा अनुमोदित गरिसकेको छ।


