इटहरी | हरितालिका तीजको अवसर पारेर महिला सशक्तिकरण समूह इटहरीले मंगलबार एक विशेष दर खाने कार्यक्रम आयोजना गरेको छ।समूहकी अध्यक्ष राधा घिमिरेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिलाहरूको सांस्कृतिक पर्व तीजलाई सामाजिक सद्भाव र सशक्तीकरणको अभियानमा जोड्ने विषयलाई विशेष महत्व दिइएको थियो।अध्यक्ष घिमिरेले संस्थाले निरन्तर रूपमा समाजमा महिलाको पहिचान र अग्रसरतालाई प्रोत्साहित गर्दै आएको बताइन्। सोही अवसरमा प्रमुख अतिथि चौधरीले तीज केवल मनोरञ्जनको पर्व नभई महिलाको अधिकार, आत्मसम्मान र सहकार्यको अभियानमा परिणत भएको उल्लेख गर्दै
इटहरी | किरात राई यायोक्खा वडा कार्य समिति, इटहरी–१९ र २० ले धरानका नगरप्रमुख हर्क साम्पाङ्ले सञ्चालन गरिरहेको श्रम अभियानलाई जनता सम्म पुर्याउन इटहरीमा अभियान सुरु गरेको छ ।धर्म संस्कार सस्कृती, हाम्रो पहिचान भन्ने मुल नाराका साथ, शुक्रबार तरहरा स्थित किरात राई यायोक्खाको भवनमा इन्दिरा राईको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज साम्पाङ राइको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको होे । नगर प्रमुख राईले इटहरीमा आएर वृक्षारोपण गर्दै अभियानको विधिवत् सुरुवात गर्नुभयो । उहाँलाई सम्मान समेत गरिएको थियो । नगरप्रमुख साम्पाङ्ले सञ्चालन गरिरहेको अभियान देशभर फैलाएर श्रमद
इटहरी । तीज तथा जितिया पर्वको अवसरमा पतञ्जलि योग समिति नेपाल, इटहरी उपमहानगर समितिले अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले योग भवन निर्माणका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ विनियोजन गरिने जानकारी दिनुभयो । पतञ्जली योग समीती नेपाल इटहरी उपमहानगर समीतीको अध्यक्ष उर्मिला कटुवालको सभापतित्वमा भएको कार्यक्रममा मेयर पौडेलले स्वास्थ्य प्रति सचेत समाज निर्माणका लागि योग अभ्यास अत्यावश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले यस अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं २ मा अवस्थित श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले बुबाको मुख हेर्ने दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा उपस्थित अभिभावकहरूलाई टोपी लगाएर सम्मान गरेको छ । शुक्रबार विद्यालयको नवनिर्मित सभाहलमा कार्यक्रमका बीच छात्र छात्राहरूले आ–आफ्ना बुबाहरूलाई टोपी लाइदिएर सम्मान प्रकट गरेका हुन् । वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख अतिथ्यता तथा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले आ–आफ्ना बुबाहरूलाई बुबाको मुख हेर्ने दिवसको सम्झना गर्दै त्यस्तो
इटहरी । मोरङको उर्लाबारीमा “सामाजिक सेवा, सुमधुर सम्बन्ध हाम्रो दायित्व” भन्ने नाराका साथ सामाजिक सञ्जाल टिकटक ग्रुप मित्रताको बन्धन मोरङले उर्लाबारीमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ऋषिकेश नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता तथा टिकटकर सिर्जना श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथि पूर्व जनप्रतिनिधि तथा समाजसेवी शैलेन्द्र श्रेष्ठ, झापाली टिकटकर सपु क्षेत्री लगायत कोशी प्रदेशका विभिन्न स्थानबाट करिब दुई सय जना सहभागी भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य, गीत र विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।
इटहरी । मोरङको सुन्दरहरैचा–१० मा रहेको हिमालय इङ्गलिस स्कुलले हरितालिका तीजको अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरेको छ । स्कुलको प्रांगणमा अभिभावक र विद्यार्थीलाई तीजको दर खुवाउँदै मनोरंजन सहित तीज कार्यक्रम मनाईएको हो । विद्यालयका प्रिन्सिपल कमल खनालका अनुसार, विद्यार्थीलाई संस्कार र संस्कृति सम्बन्धी जानकारी दिने र अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। खनालले स्कुललाई अन्य विद्यालयभन्दा फरक किसिमले सञ्चालन गर्दै सैद्धान्तिक र व्यवहारिक ज्ञानसँगै छुट्टै नमूना विद्यालयको रूपमा अघि बढाएको जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका
इटहरी । मोरङको पथरी शनिश्चरे –०२ को हरियाली सामुदायिक वनको हलमा शब्द थिएटरको आयोजनामा “चरणदास चोर“ नामक नाटक भव्यताका साथ मञ्चन भइरहेको छ । गत साउन ३१ गतेदेखि मञ्चन भइरहेको उक्त नाटकमा मोफसलमा रहेर पनि कलाकारहरूले जिवन्त अभिनय गरिरहेको दर्शक तथा श्रोताहरूले बताएका छन् । यस अघि विसं २०७८ मा “अनि देउराली रून्छ“ नामक नाटक मञ्चन गरिसकेको यस शब्द थिएटरले यसपटक पनि आसपासका कला, साहित्य र नाटय प्रेमी दर्शक श्रोताहरूलाई उत्कृष्ट प्रदर्शनका साथै मञ्चन भइरहेको निर्देशक जीवन बरालले जानकारी दिनुभयो । आगामी भदौ १३ गते सम्म मञ्चन हुने उक्त नाटकमा एउटा चोरको ईमान्दार
इटहरी । मोरङको सुन्दरहरैचा–७ मा रहेको सामाजिक मिलन केन्द्र प्रतिष्ठानद्वारा आयोजित नगर स्तरीय तीज विशेष नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ । सलकपुरमा रहेको दुर्गादेवी दुलाल स्पोर्टस् ग्राममा भएको तीज विशेष नृत्य प्रतियोगितामा कौसीका भजन समूहले प्रथम स्थल हासिल गर्न सफल भएको छ । दोश्रोमा बिष्णु पाञ्चायन भजन समूह,तृतीय पाथिभरा भजन समुह र लालीगुराँस भजन समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएको कार्यक्रमकी संयोजक निर्मला फुयालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समुहलाई नगद, सहित प्रशंसापत्र वितरण गरिएको संयोजक फुयालले बताउनुभयो । कार्यक्रमम
इटहरी । बराह किर्तन टोली, इटहरी–९ ले तीजको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । २०७० सालमा स्थापना भएको यस किर्तन टोलीको अध्यक्षता जेष्ठ नागरिक यशोदा देवी रेग्मीले गर्नुभएको थियो । उहाँले तीजलाई भड्किलो खर्च र देखावटीपनमा सीमित नगरी, धार्मिक र सामाजिक भावना सहित सरल तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा किर्तन टोलीका सदस्यहरूले बालगीत, भजन तथा तीजका गीतमा नृत्य प्रस्तुत गरेका थिए । सहभागी महिलाहरूले परम्परागत पोशाकमा सजिएर गीत, नृत्य र उल्लासपूर्वक तीजको रमाइलो गरेका थिए । समुदायका विभिन्न व्यक्तित्वहरूले तीज पर्वलाई खर्चिलो प्रतिस्पर्धा भन्दा आ
इटहरी । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको छ । संसदीय पत्रकारले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए । पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिसहितको टोली परिसरबाहिर प्रदर्शन गरिरहेका थिए । सोहीक्रममा प्रहरीसँग पत्रकारको घम्साघम्सी परेको हो । विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखेपछि पत्रकारले विरोध गरिरहेका छन् । नेपाल पत्रकार महासंघ कोसीका अध्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.