इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार तथा ग्रामिण क्षेत्र तथा बजारहरुमा अनुगमनलाई तिब्र पारेको छ । पालिकाको बजार अनुगमन टोलीले पालिका भित्रका सबै खाले पसलमा अनुगमन गरेको हो । चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीको नेतृत्वमा नगरपालिका भित्रका बजार क्षेत्रहरुमा अनुगमनलाई तिब्रता दिएको हो । बजार अनुगमन टोलीले एक महिना यता नगरको मुख्य बजारहरु बेल्टार, हडिया, शिवाई, बसाहा, बिरेन्द्रबजार क्षेत्र र ग्रामिण भेगमा रहेका पसलहरुमा समेत अनुगमन गरेको छ । अनुगमन टोलीले पालिका भित्रका किराना पसल, औषधी पसल, होटल लगायत सबै ब्यबसायमा छड्के
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले पथरी शनिश्चरे नगर क्षेत्रमा विशेष योगदान पु¥याउने र सक्रिय सञ्चारकर्मी तथा सञ्चार माध्यमलाई सम्मानित तथा पुरस्कृत गरेको छ । बिहीबार नगरपालिकाको सभा हलमा एक कार्यक्रमका बीच उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । पथरी शनिश्चरे नगर क्षेत्रमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रही विशिष्ट योगदान पु¥याउनु हुने गोरखापत्र दैनिकका स्तम्भकार केशव निरौला र ब्लास्ट दैनिकका संवाददाता दिनेश सुब्बालाई नगद २५ हजार सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । सोही क्रममा, उत्कृष्ट संञ्चार माध्यम पुरस्कार २०८२ बाट त
इटहरी । मोरङको लेटाङ नगरपालिका–१ स्थित राजारानीको संरक्षण तथा सौन्दर्यीकरण कार्य सम्पन्न भएको छ । भौतिक प्रगति शतप्रतिशत पूरा भए पनि वित्तीय प्रगति ७६।४२ प्रतिशत मात्र भएकाले आयोजनाको औपचारिक उद्घाटन भने हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत तालपरिसरको संरक्षण र सौन्दर्यीकरण कार्यव्रmम सञ्चालन भएको हो । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार कुल लागतको ३५ प्रतिशत नगरले र ६५ प्रतिशत मन्त्रालयले बेहोर्ने गरी आयोजना सञ्चालन भएको हो । राजारानीताल संरक्षण तथा सौन्दर्यीकरण आयोजनाका लागि १२ करोड
इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले विद्यालय शिक्षाको १० बर्से शैक्षिक योजनासहित स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले ‘हाम्रो सान, चौदण्डीगढीको पहिचान’ भन्ने आदर्श वाक्यसहितको स्थानीय र नगरको आगामी १० बर्से शैक्षिक योजना सार्वजनिक गरिएको हो । चौदण्डीगढी तत्कालीन सेन वंशका राजाले राज्य गरेको ऐतिहासिक महत्व बोकेको आफैँमा एक महत्वपूर्ण स्थल हो । नगरपालिकाको नामकरणसमेत यही ऐतिहासिक गढीकै नामबाट राखिएको छ । नगरपालिकाले सोही ऐतिहासिक गढीको पहिचान स्थापित गर्ने गरी स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको हो । स्थानीय पाठ्यक्रम १० बर्से शैक्षिक योजना बेल्टारमा आयोजित एक का
इटहरी । खाँदबारी नगरपालिका–३, मानेभन्ज्याङमा १५ शय्या क्षमताको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ भन्ने सरकारी नीति कार्यान्वयनका रूपमा नगर अस्पताल घोषणा गरिएको हो । तीन करोड ७३ लाख ५१ हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमबिच कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रजिअ दिव्यराज पोखरेल लगायतले अस्पतालको उद्घाटन गर्नुभएको हो । नगरप्रमुख महेश थपलियाले आगामी साउन महिनादेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दि
इटहरी । झापामा दुई युवाको शङ्काश्पद रुपमा मृत्यु भएपछि प्रहरीले घटनाको विषयमा सुक्ष्म अनुसन्धान सुरु गरेको छ । शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको बताइएको छ । एकसाता अघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते हुनुभइको थियो । घाइते दुबै जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । साथीसँग झगडा भएको र कुटपिट भएको विषयमा दुबै जनाले परिवारलाई भनेका थिएनन् । थापाको शनिबार र तामाङ्को बुधबार उपचारको क्रममा मृत्यु भएको हो । गत असार ११ गते कुटपीटको घटना भएको थियो ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको आङ्शका
इटहरी । यहाँको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि रु छ लाख लागतमा तीन वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको हो । क्याम्पसको शिक्षण सिकाइलाई प्रविधिमैत्रीसँगै सहज बनाउन स्मार्ट बोर्ड हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसको शैक्षिक विकासमा टेवा पु¥याउन रु २७ लाख बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष राईले जानकारी दिनुभयो । रामप्रसादराई गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसमा अध्ययनरत २१७ जना विद्यार्थीको पठनपाठन शुल्कसमेत गाउँपाल
इटहरी । झापामा फेरी हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बिहीबार शौचालय जान बाहिर निस्कनु भएका बिर्तामोड ७ का ५९ वर्षीय लोकप्रसाद लिम्बुको हात्तीको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शौचालय जान निस्कदा हात्तीले किचेर लिम्बुको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पछिल्लो समयमा बिर्तामोड क्षेत्रमा नियमित रुपमा हात्तीहरु देखिँदै आएका छन् । यसअघि असारको पहिलो साता जङ्गली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको पनि ज्यान गएको थियो । डिभिजन वन कार्यालय झापाका अनुसार यो आर्थिक बर्षमा हात्तीको आक्रमणमा परी जिल्लामा ६ जनाको ज्यान गएको छ ।
इटहरी | विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डका विभिन्न उत्पादनहरु बुधबार देखि कोशी प्रदेशमा विक्री वितरण सुरु भएको छ । भारतमा उत्पादित साटो ब्रान्डका सामग्रीहरू नेपालमा आधिकारिक रूपमा ट्रिनक्स एडहेसिभ कम्पनीमार्फत भित्र्याइएको हो । कोशी प्रदेशका लागि आधिकारिक वितरकको रूपमा विनायक हार्डवेयर स्टोर प्रा. लि., इटहरीले व्यावसायिक कारोबार सुरु गरेको छ । एक कार्यक्रमका विच इटहरीमा साटो ब्राण्डका उत्पादनहरु कोशी प्रदेश डिलरहरु मार्फत विक्रीवितरणका लागि आधिकारीक विक्रेताको रुपमा रहेको विनायक हार्डवेयरलाई सामान हस्तान्त्रण गरेर व्यसाय
इटहरी । आर्थिक वर्ष २०८१÷०८२ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट गरिएका कार्यसम्पादन परीक्षण तथा विद्यार्थी सिकाइ उपलब्धि परीक्षणका प्रतिवेदन तथा नतिजाहरूको प्रबोधीकरण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । शिक्षा विकास निर्देशनालय धनकुटाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सन् २०२३ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थिहरुको सिकाई उपलब्धिबारे गरेको राष्ट्रिय परीक्षणको नतिजा के–कस्तो छ भनी प्रस्तुत गरिएको थियो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० को नेपाली, गणित, अङ्ग्रेजी र विज्ञान गरी चार वटा विषय माथि गरिएको विद्यार्थिहरुको सिकाई उपलब्धिबारे परीक्षण गरेको जानकारी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.