सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज पहिलो सेमिफाइनल खेल सहलेश युवा क्लब सिराहा र गाइघाट युनाईटेड फुटबल क्लब उदयपुर गछिया खेलमैदान हुँदै छ ।
गाइघाट युनाईटेड फुटबल क्लबले पेनाल्टी सुटआउटबाट जलथल फुटबल क्लब झापाबीचलाई हराएको थियो भने, सहलेश युवा क्लब सिराहाले १-० को अन्तरले बेलबारी फुटबल क्लबलाई हराएको थियो ।
दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट फाइनल पुग्ने लक्ष्यसहित आज दिउँसो २:३० बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।
दुवै टोली बलियो र प्रतिस्पर्धी मानिएको छ भने, खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । विजयी टोली फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताका अन्तर्गत बाँकी खेल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनिक गर्दै जाने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताउनु भयो ।
खेल संयोजक प्रलाद थोप्रा लिम्बूका अनुसार आवश्यक सम्पूर्ण तयारी पूरा भएको र आजको खेलमा दर्शकको उत्साहजनक उपस्थितिको अपेक्षा गरिएको छ।



