इटहरी । मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीक
इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. ७ को कार्यालयको आयोजनामा तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम जेष्ठ २९ गतेदेखि सुरू भई असार १ गते सम्म वडा नं.७ को एस. ओ. एस वालग्राम सभाहलमा समापन हुने छ।प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता इटहरी वडा नम्बर ७ का अध्यक्ष देव नारायण चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियोे । तालिमको प्रशिक्षण सन्तोष धमलाले गर्नु भइरहेको छ । तालिममा ३० जना बढी सहभागीहरूको सक्रिय छ । तालिमको उद्देश्य युवाहरूमा न
इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. १७ को कार्यालयको आयोजनामा तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम समापन भएको छ । तालिम ६ दिन सम्म वडा नं. १७ को कार्यालयको भवनमा भएको थियोे ।प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता इटहरी वडा नम्बर १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्यको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियो । तालिमको प्रमुख प्रशिक्षण सिमा बस्नेतले गर्नुभएको थियोे भने प्रशिक्षक सन्तोष धमलाले गर्नु भएको थियोे । तालिममा २८ जना बढी सहभागीहरूको सक
इटहरी। उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । यही जेठ ३० र ३१ गते आयोजित संगठनको ५२औँ वार्षिक साधारणसभाबाट आउँदो दुई वर्षका निम्ति राठीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, उपाध्यक्षमा सुरेन्द्र गोल्छा, विपीन कावरा र सुबोध कोइराला तथा कोषाध्यक्षमा पारस लुनिया निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा सौरभ शारडा, वीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सृजन प्याकुरेल, उकेश अग्रवाल, दीपक अग्रवाल र सिद्धार्थ कावरा निर्विरोध निर्वाचित भए । नवनिर्वाचित अध्यक्षले एक महिलासहित त
इटहरी । मोरङको पथरी शनिश्चरेमा नेपाल पत्रकार महासंघ मोरङले एक दिवसीय कानून पत्रकारिता तालिमको आयोजना गरेको छ । शनिबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा मोरङको पथरी शनिश्चरे वडा नं २ को सिन भिलेज पार्टी प्यालेसमा उक्त तालिम सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले उक्त तालिमको व्यानर पढेर उद्घाटन गर्नुहुँदै संचारकर्मीहरूले कानुन र संविधानको परिधिमा रहेर संचारकर्मीहरूलाई पत्रकारिता पेशा अंगाल्न सुझाव दिदैं के लेख्न हुने वा नहुने भन्ने मूल विषयलाई पत्रकारले ख्याल गर्नु समेत अनुरोध गर्नुभयो । उक्त तालिम नेपाल पत्रकार महासंघ मोरङ
इटहरी । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ पालिकाबीच समन्वयत्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । बैठकले विस्तार भइरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृति सम्पदाको संरक्षण तथा जगेर्ना हुने गरी काम गर्ने निर्णय गरेको छ । हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकाको संयुक्त आयोजनामा घोडेटारमा भएको अन्तरपालिका बैठकमा सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको बेलका नगरपालिका, खोटाङको साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकाको सहभागिता रहेको थियो । त्यस्तै भोजपुरको हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछ
इटहरी । भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती गरिएको छ । प्रदेश सरकारबाट प्राप्त रु सात लाख र किसानसँगको साझेदारीमा रामप्रसाद राई गाउँपालिकामा कफीखेती सुरु गरिएको हो । नमूना कफीखेती विस्तार गर्ने लक्ष्यले गुराँस सहकारी संस्थामा आबद्ध आठ जना कृषकहरूको समूहले दुई हजार दुई सय बिरुवा रोपेर कफीखेती सुरु गरेको वडा नं ८ का अध्यक्ष बाचकुमार राईले जानकारी दिए । यो क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल रहेकोले वडाको पहलमा बजेट माग गरी कफीखेती प्रवर्द्धन तथा विस्तार भइरहेको वडाध्यक्ष राईले बताए । विगतमा सामान्य रुपमा कफीखेती गरिरहेको भए पनि यो कार्यक्रमले वृहत रुपमा खेती विस्तारमा टेवा पुगेको गुराँस सहकार
अक्षता याखा लिङ्खाइटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’ सम्बन्धी तालिम दिएको छ । रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर तालिम दिएको नगरपालिकाले जनाएको छ । ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा ७ महादेवस्थान वडा कार्यालयमा सात दिने तालिम गरिएको थियो । १२ जना विद्यार्थीसहित महिला उद्यमीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका को
इटहरी। मदनभण्डारी लोकमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–९ स्थित पेट्रोल पम्म नजिक मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय नविन राईको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक मौसम उदासका अनुसार वडा नं ३ स्थित घरबाट रामपुर बजारतर्फ जाँदै गरेको अवस्थामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा राईको मृत्यु भएको हो । दुर्घटनामा राईको घटनास्थलमै मृत्यु भएको शनिबार बिहानमात्र थाहा भएको प्रहरीले जनाएको छ । अहिले मृतकको शव पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरी नायब निरीक्षक उदासले बताउनुभयो ।
इटहरी। मोरङको विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्यापकटर कुटी काट्ने मेसिन वितरण गरेको छ । पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको महानगरका कृषि तथा पशुपक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिनुभयो । संयोजक यादवका अनुसार महानगरपालिकामा दर्ता भएका पशुपालक कृषक समूहलाई २२ थान च्यापकटर हस्तान्तरण गरिएको हो । विराटनगर ३, ४, ६, १२, १८, १९ लगायतका वडाका पशुपालक कृषक समूहले च्यापकटर प्राप्त गरेका छन् । कार्यक्रममा कार्यबाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.