इटहरी । लायन्स / लियो क्लब अफ इटहरी क्रियटिभ लेडि ,लायन्स / लियो क्लब अफ इटहरी एक्टिभको नयाँ पदाधिकारीहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ।

२०२५–२६ लाई हाक्नको लागि लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडिका अध्यक्ष जस्तो गरिमामय पदमा MJF लायन स्मृति सापकोटा (भट्टराई ) ,लायन्स क्लब अफ इटहरी एक्टिभका अध्यक्ष लायन बलबहादुर न्यौपाने , लियो क्लब अफ इटहरी  क्रिएटिभ लेडिको ओरिजनल अध्यक्षमा लियो अनुष्का भट्टराई , लियो क्लब अफ इटहरी एक्भिटका अध्यक्षमा लियो निरज भट्टराई सहित २० जनाको नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि  डिस्ट्रिक्ट 325 C का डिस्ट्रिक गर्भनर PMJF लायन बबरजंग थापाले लायन्स/ लियो क्लबका नयाँ नेतृत्वलाई पदस्थापन गर्दै लायन्स क्लबको मूल्य, मान्यता र सेवा भावलाई आत्मसात गर्दै समाज सेवामा समर्पित रहन निर्देशन दिनुभयो।

नवनिर्वाचित अध्यक्षहरूले आफ्नो कार्यकालमा सामाजिक सेवा, सहयोग र जनहितका कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा फस्ट  डिस्ट्रिक्ट गर्भनर लायन  लिला प्रसाद चिमारिया,सेकेन्ड भाइस डिस्ट्रिक्ट गर्भनर लायन रमेश खत्री, पास्ट डिस्ट्रिक्ट गर्भनर धिरज गुरूङ ,लिला कुमार ढुङ्गेल , क्याविनेट सेक्रेटरि नेत्र चाम्लागाई,  डाइनामिक लायन्स लिडर ज्यु हरु शैक्षिक व्यक्तित्व तथा साहित्यकार लेखनाथ घिमिरे ,बिभिन्न संघ संस्था बाट पाल्नु भएका ब्यक्तित्व हरु ,लियो तथा लायन्स क्लबका पदाधिकारीहरूको बाक्लो सहभागीता रहेको थियो।IMG_20251109_153327

लायन्स/ लियो क्लबअन्तर्राष्ट्रिय स्तरमा परिचित सामाजिक संस्था हो, जसले नेपालका विभिन्न स्थानमा सामाजिक, शैक्षिक, स्वास्थ्य र मानवीय सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।1762681582804