इटहरी । नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा लाइभ कन्सर्ट मार्फत आफ्नो सांगीतिक प्रस्तुति दिएको छ । 

बुधबार साँझ इटहरी रंगशालामा आयोजित कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङको जादुमय स्वर, दमदार प्रस्तुति र चर्चित गीतहरूमा दर्शकहरू झुमेका थिए। कन्सर्टका क्रममा गायक गुरुङले इटहरीमा प्रस्तुति दिने आफ्नो लामो समयदेखिको चाहना पूरा भएको बताउनुभयो ।

वर्षौंदेखिको चाहना पूरा हुँदा अमृत गुरुङका लागि मात्र नभई नेपथ्यको संगीतलाई माया गर्ने इटहरी तथा आसपासका क्षेत्रका दर्शकका लागि समेत यो साँझ विशेष र अविस्मरणीय बनेको छ । नेपथ्यको पहिलो इटहरी आगमनले स्थानीय सांगीतिक माहोललाई थप उत्साहित बनाएको छ ।