समाज

    Showing ४,५७१-४,५८० of ९,३९० items.
  • रामधुनीका महिलाहरु आफ्नो सफलताको कथा वाचन गर्दै

    इटहरी । एकीकृत सामुदायिक विकास कार्यक्रममा आवद्ध भएपछि सुनसरीको रामधुनीका महिलाहरुले आफुले हासिल गरेको सफलताको कथाहरु सुनाएका छन् । इटिसी नेपाल काठमाडौँको सहयोगमा सेभ द अर्थ सुनसरीले रामधुनी नगरपालिकाको विभिन्न चार वटा वडामा सञ्चालन गरेको एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत महिला सशक्तिकरण कार्यक्रममा आवद्ध महिलाहरुले कार्यक्रममा आवद्ध भएपछि हासिल गरेको सफलताको कथा वाचन गरेका हुन् । विगत चार वर्षदेखि सेभ द अर्थले सञ्चालन गरिरहेको एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत महिला सशक्तिकरणका लागि सञ्चालित ४४ समूहमा आवद्ध महिलाहरुको सहभागितामा सफलताको कथा वाचन कार्यक्रम राखिएको एकीकृत सामुदायि

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • १६७ पटक पढिएको
  • होटल गरिमा लिमिटेडले आइपिओ निष्कासन गर्ने

    इटहरी । इटहरीमा होटल सोल्टी वेस्टेन्ड सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । होटल गरिमा लिमिटेडले एनआईएमवी एस क्यापिटलसँग आइपिओको रोडम्याप सम्झौता गरेको हो । होटल गरिमाका तर्फबाट रोडम्याप आईपिओका लागि प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका डेपुटी सिइओ सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता अनुसार, एनआईएमबी एस क्यापिटल लिमिटेडले आइपिओ सम्बन्धित विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा होटल गरिमा लिमिटेडलाई आइपिओ प्रक्रियाको तयारी, नियामक निकायहरूसँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालनासम्बन्धी कम्पनीको कार्य सुदृढीकरणम

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • २७७ पटक पढिएको
  • झापामा अधिक गर्मीका कारण जनजिवन प्रभावित

    इटहरी । झापामा अधिक गर्मीका कारण जनजिवन प्रभावित बनेको छ । गर्मीका कारण दुई जनाको मृत्यु भएको आंशका गरिएको छ । मङ्गलबार अर्जुनधारा –११ नयाँ बस्तीस्थित चियाबगानभित्र कच्ची बाटोमा सोही ठाउँ बस्ने ६० वर्षीय मित्रलाल कामी मृत फेला पर्नु भएको थियो । तातो घाममा कामी ढलेको अवस्थामा स्थानीले देखेर प्रहरीलाई खबर गरेको बताइएको छ । यसैगरी, बिर्तामोड नगरपालिका–२ फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैवारीमा बिर्तामोड २ आदर्श टोल बस्ने वर्ष ३६ वर्षीय राम टुडु मृत अवस्थामा भेटिनु भएको छ । बाहिरी कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार अधिक गर्मीकै क

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • १२७ पटक पढिएको
  • झापामा चिनियाँ राजदूतः कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त

    इटहरी । नेपालका लागि चीनका राजदूत छन सोङ मङ्गलबारदेखि झापाका विभिन्न भागमा सञ्चालित कृषि तथा साना उद्योगको अवलोकन भ्रमणका साथै सामाजिक एवं शैक्षिक कार्यक्रममा सहभागी भएका छन् । राजदूत छनले मङ्गलबार अर्जुनधारा–१० कालीझोडास्थित मुढा बनाउने उद्योग, अर्जुनधारा–२ स्थित टपरी बनाउने उद्योगको अवलोकन गरे भने आज अर्जुनधारा–६ स्थित गाई फार्म र अर्जुनधारा–१० स्थित माछा फार्मको अवलोकन गर्ने कार्यक्रम रहेको चिनियाँ राजदूतको भ्रमणमा संयोजकको भूमिका निर्वाह गरिरहेका सभामुख देवराज घिमिरेका स्वकीयसचिव केशव ढुङ्गेलले जानकारी दिए । एक हजार ९०० विद्यार्थीलाई सहयोग बिर्तामोड र अर्जुनधारा नगरपालिकाका एक हजार ९०० विद

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • २०२ पटक पढिएको
  • हेवाखोलामा बेलिब्रिज जोडिँदै

    इटहरी । मेची राजमार्गमा पर्ने हेवाखोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई सिमाना छुट्याएर बग्ने उक्त खोलामा २०८० साल साउनमा जोडिएको बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ दोस्रो पटक जडान गर्नु परेको हो । पहिलो पटकको पक्की पुल २०८० साल असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेपछि जोडिएको बेलिब्रिज पुनः बग्दा दोस्रो पटक सडक डिभिजन कार्यालय इलाममार्फत पुनः जडानका लागि बोलपत्र आह्वान गरी काम अगाडि बढाइएको हो । सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हाल यहाँ ७० मिटर लामो बेलिब्रिज जडान भइरहेको छ । त्यसमध्य

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • २८६ पटक पढिएको
  • रामधुनी नगरपालिकामा एकीकृत सामुदायिक विपद् प्रतिकार्य अभ्यास सम्पन्न

    इटहरी । सुनसरीको रामधुनी नगरपालिकाको आयोजना तथा नेपाली सेनाको भगवतीदल गणको समन्वयमा “अभ्यास मनसुन–५” नामक दुई दिने एकीकृत सामुदायिक विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरिएको छ । कार्यक्रमअन्तर्गत पहिलो दिन इटहरी उपमहानगरपालिका–१ मा भएको टेबल टप अभ्यासको क्रममा विपद् हुँदा उद्धार टोलीलाई छिटो र प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक पर्ने छोटो र वैकल्पिक मार्गको पहिचान, उपलब्ध उद्धार सामग्रीहरूको उपयोग, हेलिकोप्टर ल्यान्डिङ गर्न मिल्ने स्थानहरूको छनोट लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले विपद् व्यवस्थापनका क्रममा सबै संयन्त्र एकजुट भएर

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • १७५ पटक पढिएको
  • झापामा भैँसी चोरी गर्ने एक व्यक्ति पक्राउ

    इटहरी । झापामा किसानको भैसी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । झापा गाउँपालिका–६ का खगेन्द्र कार्कीको पगाह लगाएको भैँसी चोरेर बिक्री गर्न लागेको अवस्थामा स्थानीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कार्कीको भैँसी चोरी गरेर बिक्री गर्न लागेको अवस्थामा १९ वर्षीय बिनोद बनियाँलाई पक्राउ गरिएको छ । बनियाँले भैँसी चोरेर झापा गाउँपालिका र बाह्रदशी गाँउपालिकाको सिमानामा रहेको बिरिङ खोला पुर्‍याएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बनियाँले भैँसी खरिद गर्ने व्यापारीहरुलाई बोलाई सस्तोमा भैँसी बिक्री गर्न खोज्दा स्थानीयले भैँसी चोरेर ल्याए

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • १२५ पटक पढिएको
  • झापामा तीन जना मृत फेला

    इटहरी । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका  ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छन् । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ११५ पटक पढिएको
  • भतिजलाई आफ्नै काकाले घरवारविहीन बनाउन लागेपछि……

    बिराटनगर | मोरङको सुन्दरहरैंचा - ४ बलिया चोक नजिक एउटा एक तले घर छ। जुन घरमा विश्वहरि खतिवडा,पार्वति खतिवडासहित अपाङ्ग एक छोरा एक छोरी बस्दै आएका छन्। कुरा २०४९/५० साल तीरको हो आफ्नै सहोदर काका हरिकृष्ण खतिवडासँग विश्वहरिका दाजुहरुले २ लाख १५ हजारमा उक्त घरसहित दुई कठ्ठा जग्गा किने। विश्वहरिका अनुसार आफ्नै सहोदर साइला काका रहेका हरिकृष्णले उक्त घर जग्गा म पछि तिमीहरुलाई पास गरिदिन्छु भनेर छाडिदिए। हरिकृष्ण त्यति बेला प्रशासन हुँदै प्रमुख जिल्ला अधिकारी भएका थिए। उनी विश्वहरिको दाजुभाईको बिहेमा पनि त्यहिँ घरमा आए। सबै दाजुभाइले विश्वहरिको आर्थिक अवस्था अलिक कम्जोर भएको र छोरा छोरी पनि अपाङ

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ४१७ पटक पढिएको
  • सुन्दरहरैंचा वडा नं. १२ मा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

    मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा “उपभोक्ता सचेतना कार्यक्रम“ सफलता पूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको आयोजनामा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि. र सुन्दरहरैंचा नगरपालिका कार्यालयको महत्वपूर्ण सहकार्य रहेको थियो। कार्यक्रमको उद्देश्य उपभोक्ताहरूलाई आफ्नो अधिकार र कानुनी सुरक्षा सम्बन्धी जानकारी दिनु र व्यावसायिक जीवनमा उपभोक्ता बन्ने क्रममा अपनाउनुपर्ने सजगता र नैतिकता सम्बन्धी शिक्षा प्रदान गर्नु थियो।कार्यक्रमको उद्घाटन प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षतामा भएको थियो। यस कार्यक्रममा प्रमुख अतिथि स

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ३५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]