समाज

    Showing ५,०११-५,०२० of ९,४०५ items.
  • झापाको मेचीनगर नगरपालिकामा सजिवनको व्यावसायिक खेती

    इटहरी । झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन मोरिङ्गाको व्यावसायिक खेती प्रवर्द्धनमा जुटेको छ । स्थानीय थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग मिलेर मेचीनगर–९ मा दुई बिघा क्षेत्रफलमा सजिवनको खेती प्रवर्द्धन गर्न नगरपालिकाले बजेट उपलब्ध गराएको नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताए । स्वास्थ्य र आयआर्जनका दृष्टिले किसानका लागि लाभदायक भएकाले यसको खेतीमा नगरपालिका आर्थिक साझेदारीसहित जुटेको उनको भनाइ छ । खेतीका लागि नगरपालिकाले थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग परियोजना सम्झौता गरिसकेको छ ।  परियोजना सम्झौतामा नगरपालिकाले खेतीको ८० प्रतिशत र सहकारी संस्थाले २०

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ३१० पटक पढिएको
  • इटहरीमा लागू पदार्थ दुर्व्यसनविरुद्धको वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न

    इटहरी | लागू पदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेपाल स्काउट, कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नं. १ मा वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम इटहरी युथ ओपन क्र्युको विशेष सक्रियतामा सफलतापूर्वक सम्पन्न भएको हो।कार्यक्रमका सभापति रास्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक  शरण कुमार बस्नेत थिए भने प्रमुख अतिथिका रूपमा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको उपस्थिति रहेको थियो।विशेष अतिथिमा वडा नं. १ का वडा सदस्य श्री हरिहर चौधरी, रेडक्रस हाँसपोसा

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ६०४ पटक पढिएको
  • धनकुटाको चौबिसे गाउँपालिका द्धारा गुलाफ प्रवर्द्धन कार्यक्रम सुरू

    इटहरी । धनकुटाको चौबिसे गाउँपालिकाले गुलाफ प्रवर्द्धन कार्यक्रम सुरू गरेको छ। गुलाफ पार्कको अवधारणसहित सुरु गरिएको प्रवर्द्धन अभियानका लागि गाउँपालिकाले एक रोपनी जग्गामा मौसमअनुसार फुल्ने विभिन्न १८ प्रजातीका गुलाफ फूल संकलन गरेको छ। गाउँपालिकामा गुलाफ फूलको खेतीलाई अभियानकै रूपमा अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकरी दिनुभयो। आगन्तुक पाहुनाको स्वागत र घरेलु सौन्दर्यका लागि हरेक घरमा गुलाफको बगैँचा अनिवार्य गरिने गाउँपालिकाको योजना छ। गुलाफ पार्क अभियानका लागि कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा गाउँपालिकालाई सात लाख रुपियाँ उपलब्ध गराएको छ। धनकुटा चौबिसे गाउँपालिकाको राज

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • २७३ पटक पढिएको
  • खोटाङमा दोस्रो बृहत हलेसी खेलकुद, साहित्य र पर्यटन महोत्सव सुरु

    इटहरी । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदैछ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरूष हाफ म्याराथनसहित दौड, खुला महिलारपुरूष टेबलटेनिस, खुला पुरूष ब

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ३८० पटक पढिएको
  • बराहक्षेत्र–९ मा निःशुल्क चित्रकला तालिमको समापन, ४१ विद्यार्थीलाई प्रमाणपत्र वितरण

    बराहक्षेत्र | सुनसरीको बराहक्षेत्र नगरपालिका–९ को आयोजना तथा आर्थिक सहयोगमा, र समिर चन्द्रवंशीको संयोजनमा सञ्चालित ‘निःशुल्क चित्रकला सम्बन्धी तालिम’ प्रभावकारी रुपमा सम्पन्न भएको छ।आज आयोजित समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रममा बराहक्षेत्र नगरपालिका–९ का वडा अध्यक्ष निरञ्जन चन्द्रवंशी सभापतिको रूपमा रहनु भयो भने नगर प्रमुख रमेश कार्की प्रमुख अतिथि हुनुहुन्थ्यो।कार्यक्रममा वडा सदस्य भगवती खड्का, चतुरलाल चौधरी, सन्जु साफी, वडा सचिव होम प्रसाद लिम्बू, प्रशिक्षक दिपेन्द्र मेहता, समाजसेवी असिस राई, पालुवा एकेडेमीका संचालक जीवन कार्की लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।बराहक्षे

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ६४८ पटक पढिएको
  • सुनसरीमा करेन्ट लागेर डेढ वर्षीय बालकको मृत्यु

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका १० स्थितमा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ । स्थानीय उमेश राईका छोरा डेढ वर्षीय उपदेश राई छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा करेन्ट लागेको हो । प्रहरीका अनुसार मोबाइल चार्ज गर्ने बोर्डमा अचानक छुदाँ करेन्ट लागेर गम्भीर घाइते भएका उनको तत्काल उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हुन् । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३९३ पटक पढिएको
  • भारत र पाकिस्तानबीच उत्पन्न द्वन्द्वमा नेपालले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ : पुर्व मन्त्री चौधरी

    सुबास घिमिरे।  काठमाडौं।  पुर्ब महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पाकिस्तानबीचको सम्भावित द्वन्द्वको सन्दर्भमा नेपालको तटस्थ भूमिका खेल्नु पर्ने बताउनु भएको छ । आज प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै पुर्ब मन्त्री चौधरीले त्यस्तो बताउनु भएको हो ।पुर्ब मन्त्री चौधरीले भन्नुभयो:- भारत र पाकिस्तानबीच उत्पन्न हुन सक्ने कुनै पनि प्रकारको सैन्य द्वन्द्वको सन्दर्भमा नेपालले आफ्नो दीर्घकालीन स्वतन्त्र, स्वतन्त्रतापूर्ण र तटस्थ परराष्ट्र नीतिको पालना गर्दै संयमित तथा तटस्थ भूमिका निर्वाह गर्न आवश्यक छ। शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र मित्रव

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३३४ पटक पढिएको
  • धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट दस केजी गाँजा सहित एक जना पक्राउ

    इटहरी  । धनकुटाको साँगुरीगढी गाउँपालिकामा टाटा विङ्गर माइक्रोबाट १० केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान ७ः४० बजे धनकुटा साँगुरीगढी गाउँपालिका ६ भेडेटार चोकमा इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको कमाण्डमा खटिएको टोलीले धनकुटा शहिदभुमी गाउँपालिका ५ खोकुका ३१ वर्षीय उद्धव राईलाई नियन्त्रणमा लिएको हो । धनकुटाको हिलेदेखि ईटहरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ४३२६ नं। को टाटा विङगर माइक्रोलाई जाँच गर्ने क्रममा माइक्रोको पछाडि डिक्कीमा रहेको जेब्रा झोलाबाट १० केजी गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओम प्र

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३८१ पटक पढिएको
  • झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता

    इटहरी । झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् । सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् । झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३४३ पटक पढिएको
  • सुनसरीमा प्रहरीको नक्कली परिचयपत्र र ह्यान्डसेटसहित एक पुरुष नियन्त्रणमा

    इटहरी । सुनसरीमा प्रहरीको नक्कली परिचयपत्र र ह्यान्डसेटसहित एक पुरुषलाई नियन्त्रणमा लिइएको छ । जिल्लाको कोशी गाउँपालिका–१, भन्सार रोडस्थित सडकखण्डमा प्रहरीको नक्कली परिचयपत्र र ह्यान्डसेटसहित इनरुवा नगरपालिका–८, कन्समडानका ३५ वर्षीय जाबिर हुसेन मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारततर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प १५४९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँच गर्दा फिदा हुसेन नाम लेखिएको नेपाल प्रहरीको परिचयपत्र एक थान, मोहम्मद सहमद मियाँ नाम लेखिएको मतदाता परिचयपत्र एक थान र सुरक्षा निकायले प्रयोग गर्ने ह्यान्डसेट एक था

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]