समाज

    Showing ६,१५१-६,१६० of ११,२७८ items.
  • सोलुदूधकुण्डमा प्राविधिक शिक्षालयका लागि सवा ११ करोडको सम्झौता

    इटहरी । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र फ्रान्सस्थित सोलु–च्याम संस्थाबिच नुम्बुर बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न पाँच वर्षका लागि ११ करोड २३ लाख ७५ हजार रुपियाँको सहयोग सम्झौता भएको छ । नगरपालिकाकोतर्फबाट नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पा र सोलु–च्यामकोतर्फबाट नेपाल प्रतिनिधि निमा शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौता पश्चात नगरप्रमुख शेर्पाले नुम्बुर बहुप्राविधिक शिक्षालयको दिगो सञ्चालनको भरपर्दो आधार तयार भएको भन्दै यसले सोलुदूधकुण्ड नगरपालिका मात्रै नभइ सिङ्गो सोलुखुम्बुमानै प्राविधिक शिक्षामा नयाँ सम्भावनाको ढोका खोलेको बताउनुभयो । प्राविधिक जनशक्ति

    • प्रकाशित मितिः असार १४, २०८२
    • २९४ पटक पढिएको
  • विराटनगरमा बिहेघरमा करेन्ट लागेर १७ वर्षीय किशोरको मृत्यु

    इटहरी । विराटनगरमा एक विवाह समारोहको दौरान करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। मोरङको विराटनगर–१८ झटियाहीका १७ वर्षीय अमित यादवको शनिवार बिहान करेन्ट लागेर ज्यान गएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार कनैया यादवको छोरीको बिहेमा डिजे सङ्गीतमा नाच्ने क्रममा बिहान करिब १ः३० बजेको समयमा किशोर यादव करेन्टको चपेटामा परेका थिए। प्रारम्भिक अनुसन्धानमा नाच्ने क्रममा डिजे सेटको तारमा लडेका अमितलाई सोही क्रममा करेन्ट लागेको खुलेको छ। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल कोशी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी

    • प्रकाशित मितिः असार १४, २०८२
    • २६७ पटक पढिएको
  • महिलाको पीडा सुुन्ने निकाय नभएको गुनासो

    इटहरी । महिला तथा बालबालिका कार्यालय जिल्लाबाट हटेसँगै हिंसापीडित महिलाको गुनासो सुन्न राज्यको निकाय नभएको इलामका अधिकारवादी महिलाले बताएका छन् । जिल्लाको अवस्था बुुझ्ने क्रममा इलाम आईपुग्नु भएकी राष्ट्रिय महिला आयोग सदस्य विद्या सिन्हासँग जिल्ला प्रशासन कार्यालयमा भेला भएका अधिकारवादी महिलाले यस्तो गुनासो गरेका हुन् । महिला तथा बालबालिका कार्यालय स्थानीय तहमा गाभिएपछि त्यस कार्यालयमा आउने विषेश गरी जबरजस्ती करणीसम्बन्धी घटना इलाम अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा पुुग्ने गरेका छन् । यस वर्ष जबरजस्ती करणीसम्बन्धी घटनामा ४० जना पीडित यो केन्द्रमा आइपुुगेको केन्द्रकी

    • प्रकाशित मितिः असार १४, २०८२
    • २८५ पटक पढिएको
  • निजामती विद्यालयलाई प्रदेशकै उत्कृष्ट बनाउनु पर्ने जोड

    इटहरी । धनकुटामा अवस्थित कोशी प्रदेशको एकमात्र निजामती आवासीय विद्यालयलाई प्रदेशकै उत्कृष्ट बनाउनुपर्ने सरकोकारवालाहरुले बताएका छन् । शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाको संयोजनमा र त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सिइआरआइडी) काठमाडौँले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि मार्गचित्र ९डिपिआर०सहितको प्रतिवेद तयारी गर्ने सम्बन्धमा प्रारम्भिक प्रतिवेदन तथा छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । छलफलका क्रममा कोशी प्रदेशमा एकमात्रै निजामती आवासीय विद्यालय रहेकाले प्रदेशकै एक उत्कृष्ट एवम् नमूना विद्यालय बनाउनु पर्नेमा जोड दिइएका थिए । विद्यालयको

    • प्रकाशित मितिः असार १४, २०८२
    • ३०५ पटक पढिएको
  • छ महिनामा १८ वटा मानव अधिकार उल्लङ्घनका घटना

    इटहरी । पाँचथरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सन २०२५ सुरु भएदेखि ६ महिनाको अवधिमा जिल्लामा मानव अधिकार उल्लङ्घनका १८ वटा घटना भएका छन् । जस्मा १८ जना महिला बालबालिका पीडित भएको इन्सेक पाँचथर प्रतिनिधि इवारा जवेगूले जानकारी दिनुभयो । यस अवधिमा जिल्लामा दुई हत्या, पाँच बलात्कार, तीन हत्या प्रयास, पाँच अभद्र व्यवहार, दुई यौन दुर्व्यवहार र एक साइबर अपराध गरी १८ वटा घटनाको अभिलेख गरिएको छ । ती घटनामध्ये चार जना बालिका पीडित भएका छन् । कार्

    • प्रकाशित मितिः असार १४, २०८२
    • १५० पटक पढिएको
  • मकालु स्कुलकि मिसू प्रधानले एसइईमा ल्याइन ४.० जिपिए

    इटहरी /  इटहरी–५ स्थित मकालु इङ्लिस बोर्डिङ स्कुलकी मेधावी छात्रा मिसू प्रधानले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जिपिए ल्याउँदै विद्यालयमै उत्कृष्ट नतिजा हासिल गरेकी छन्। स्कुलका ३१ जना सहभागी विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन् भने प्रधान सबैभन्दा उच्च नतिजा ल्याउने विद्यार्थी बनेकी हुन्।विद्यालयका प्रिन्सिपल थानेस्वर ढकालका अनुसार मिसू प्रधान एक अनुशासित, परिश्रमी र बहुप्रतिभाशाली विद्यार्थी हुन्। उनले शैक्षिक सफलता मात्र होइन, अतिरिक्त क्रियाकलापहरूमा समेत उल्लेखनीय उपलब्धि हासिल गर्दै विद्यालयको प्रतिष्ठा बढाएकी हुन्।यसअघि प्रधानले फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित

    • प्रकाशित मितिः असार १४, २०८२
    • ५३८ पटक पढिएको
  • इटहरीमा मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इटहरी | नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालीन महासचिव एवं विचारक मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।"नेपाली समाजको रूपान्तरणमा जनताको बहुदलीय जनवाद (जबज) को भूमिका र जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण" शीर्षकमा आयोजित उक्त कार्यक्रम शुक्रवार इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो।कार्यक्रमको आयोजना मदन भण्डारी फाउण्डेसन इटहरी उपमहानगरपालिका कार्यसमितिले गरेको हो। कार्यक्रमका अध्यक्षता फाउण्डेसनका अध्यक्ष उमेश पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बराल उपस्थित रहनुभएको थियो।कार्

    • प्रकाशित मितिः असार १३, २०८२
    • ७८२ पटक पढिएको
  • कोसी प्रदेशको ३५ अर्ब ८८ करोड रुपैयाँको बजेट सर्वसम्मतिले पारित

    इटहरी । कोसी सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याएको बजेट पारित भएको छ । सरकारले प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट बिहीबार प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको हो । सरकारले असार १ गते बजेट पेस गरेको थियो । बजेटमाथि भएको छलफलमा ३८ जना सांसदले भाग लिएका थिए । छलफलपछि पारितका लागि आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनसमक्ष प्रस्ताव पेस गरेका थिए । सरकारले चालु खर्चका लागि १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । आय स्रोतको अनुमान अनुसार, आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ क

    • प्रकाशित मितिः असार १३, २०८२
    • ३३१ पटक पढिएको
  • विराटनगरमा वृद्धको झोलाबाट तीन लाख चोरेको आरोपमा भारतीय महिलाको गिरोह पक्राउ

    इटहरी । सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने वृद्ध र असहाय व्यक्तिहरूको नगद तथा गरगहना चोरी गर्दै आएको भारतीय महिलाको एक गिरोह विराटनगरमा पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विशेष सूचनाका आधारमा कटहरी गाउँपालिका–१, बुधहाटबाट तीनजना भारतीय महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पूर्णिया जिल्ला घर भएकी २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी छन् । बिहीबार दिउँसो सिटी सफारीमा बसेर विराटनगरबाट कटहरी जाँदै गर्दा शंकास्पद लागेर प्रहरीले चेकजाँच गरेको थियो । उनीहरूको साथमा तीन लाख रुपैयाँ भेटिएको थियो । अनुसन्धानका क्रममा उनीहरूले कटहरी–४ का

    • प्रकाशित मितिः असार १३, २०८२
    • ३८६ पटक पढिएको
  • विराटनगरमा जीवित व्यक्तिलाई मृत घोषणा गरेर जग्गा हडप्ने, वडाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा

    इटहरी । विराटनगरमा जीवित व्यक्तिलाई मृत घोषणा गरेर नक्कली कागजातमार्फत जग्गा हडपिएको घटना सार्वजनिक भएको छ । विराटनगर–११, पिचरा टोलका ७० वर्षीय केदारबहादुर बस्नेतको नाममा झुटो सर्जिमिन मुचुल्का तयार पारेर २०५८ सालमै उनको मृत्यु भएको देखाइएको पाइएको हो । त्यसकै आधारमा उनका नाममा रहेको जग्गा गैरकानुनीरूपमा नामसारी गरिएको थियो । यस प्रकरणमा विराटनगर महानगरपालिकाका वडाध्यक्षको समेत मिलेमतो देखिएको छ । पीडित बस्नेतले मोरङ जिल्ला अदालतमा तत्कालीन वडाध्यक्ष, वडासचिवसहित १० जनाविरुद्ध मुद्दा दायर गरेका छन् । विराटनगर–२ का तत्कालीन वडाध्यक्ष कुमार पोखरेल, वडासचिव सूर्यबहादुर थापा र उनका आफ्नै दाजु भरतब

    • प्रकाशित मितिः असार १३, २०८२
    • ३७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]