समाज

    Showing ७,२७१-७,२८० of ११,२७९ items.
  • कोशी प्रदेशमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न

    इटहरी । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएको छ । बैठकमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी र प्रदेश सचिव रामप्रसाद आचार्यको उपस्थितिमा विपद् व्यवस्थापनका विभिन्न विषयमा छलफल गरिएको थियो । बैठकमा विपद् न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापना सम्बन्धी योजनाहरूलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो । मन्त्री भण्डारीले विपद् व्यवस्थापनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै सबै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रदेश सचिव

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ५८३ पटक पढिएको
  • पाँचथरको फालेलुङ म्याराथनमा ताप्लेजुङका रमेश तावाहाङ प्रथम

    इटहरी । पाँचथरको फालेलुङमा आयोजित ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार राशीको म्याराथन प्रतियोगितामा ताप्लेजुङका रमेश तावाहाङ प्रथम हुनुभएको छ। उहाँले निर्धारित ४४ किलोमिटर दुरी तीन घण्टा २३ मिनेट, ५८ सेकेन्डमा दुरी पार गर्नुभयो। यसैगरी पाँचथर फिदिमका विशाल राई तीन घण्टा २९ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा विभागीय क्लब त्रिभुवन आर्मीका राजन मेयोङवा तीन घण्टा ३८ मिनेट ३० निर्धारित दुरी पार गरेर तेस्रो हुनुभयो। प्रतियोगितामा सहभागी ४६ जना धावकलाई पछि पार्दै उहाँ पुरस्कृत हुनुभएको हो। प्रतियोगिताका विजेताले ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २७ हजार २ सय २७ र तेस्रो हुनेले १२ हजार दुई सय १२ रुपियाँ नगद

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ४१५ पटक पढिएको
  • ताप्लेजुङमा राष्ट्रिय परिचयपत्रका लागि ७४ हजारको आवेदन

    इटहरी ।  १ लाख २० हजार जनसंख्या भएको ताप्लेजुङमा ७३ हजार ८ सय ८२ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । अघिल्लो आर्थिक वर्ष ६९ हजार ५ सय ९ जनाले दर्ता गराएका थिए । यस अर्थिक वर्षको फागुन मसान्तसम्ममा ४ हजार २ सय ८४ जनाले दर्ता गराएको जिल्ला प्रशसन कार्यालयले जनाएको छ । सरकारले सामाजिक सुरक्षा भत्तादेखि हरेक काममा यसको प्रयोग अनिवार्य गर्ने भएपछि सेवाग्राही उल्लेख्य संख्यामा बढेका हुन् । प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार अहिले पनि सबैभन्दा बढी सेवाग्राहीको भीड यही शाखामा हुने गरेको छ । वसन्त निरौलाले अनलाइन रजिस्ट्रेसनको काम

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३२५ पटक पढिएको
  • सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न समिति गठन

    काठमाडौँ । नेपाल पत्रकार महासंघले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ। महासंघको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिमा महासंघका सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य छन्। पूर्वराजा समर्थित समूहहरुले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए। प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ४२२ पटक पढिएको
  • लागूऔषधसहित इटहरीका एक युवक पक्राउ

    इटहरी । लागूऔषधसहित इटहरीका एक युवक पक्राउ परेका छन् । विराटनगर १५ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी ५ का ३४ वर्षीय कुमार दाहाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदलयात्री रहेका दाहालको साथबाट १ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर फेला पारेसँगै पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३४१ पटक पढिएको
  • झापाको दमकमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु

    इटहरी ।  झापाको दमकमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । शनिबार  बिहान आफ्नै घरको छतबाट खसेर एक जना वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा दमक ५ स्थित दिपिनी मार्गका ८१ वर्षीय टेकबहादुर गुरुङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी आफ्नै तीन तले घरको छतबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०८१
    • २३८ पटक पढिएको
  • ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

    इटहरी  । ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजङ्घा गाउँपालिका ५ खेसेवाका स्थानीय ताराहाङ माबोको छोरी ईतुङना माबो रहेका छन् । सिमेन्ट प्लास्टर गरेको पानी ट्याङ्कीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार बालिकाको शुक्रबार घरदेखि नजिकै रहेको ट्याङ्कीमा डुबी रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । उपचारका लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निर

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३४२ पटक पढिएको
  • आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ

    काठमाण्डौ । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पनि पक्राउ परेका छन । हिजो भएको तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुङ्गामुढा गर्ने खतिवडालाई आज बिहान ललितपुरको इमाडोलबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आन्दोलनको नेतृत्वकर्ता भनिएका दुर्गा प्रसाईं फरार छन् । यसअघि हिजो एक सय जनाभन्दा धेरै पक्राउ परेका थिए । उनीहरुमाथि आवश्यक अनुसन्धान र सोधपुछ चलिरहेको प्रहरीको भनाइ छ । 

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३५६ पटक पढिएको
  • काठमाण्डौ तीनकुनेमा भएको घटनाको निन्दासहित क्षतिपूर्ति माग

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग तथा व्यवसाय महासङ्घले तीनकुनेमा भएको घटनाको निन्दासहित क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन् । दुवै महासङ्घले बेग्लाबेग्लै विज्ञप्ति निकालेर आन्दोलन तथा प्रदर्शनबाट सर्वसाधारण एवम् उद्यमी व्यवसायीको पेशा व्यवसाय, निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनीहरुले दोषीमाथि कारबाही हुनुपर्ने मागसहित यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । महासङ्घले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबै उद्योगी व्यवसायीलाई सक्रिय रहन अनुरोध पनि गरेको छ

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ४११ पटक पढिएको
  • पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनीविरुद्ध विरोध सभा

    काठमाडौं । पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा विरोध सभा गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध महासङ्घले बनेपामा सभा गरेको हो । विरोध र्‍याली बनेपाको चारदोबाटो हुँदै चाँदनीचोक पुगेर सभामा परिणत भएको थियो । सभामा महासंघका पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्

    • प्रकाशित मितिः चैत १६, २०८१
    • ३६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]