इटहरी । झापाको मेचीनगर नगरपालिकामा चरा पर्यटनको सम्भावना देखिएको छ । चरा प्रेमीका लागि मेचीनगर ठुलो केन्द्र बन्न सक्ने बताइएको छ । आउँदो वर्षलाई कोशी प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरिसकेको छ । चराको खोज र अनुसन्धान गर्दै आउनुभएका देवेन्द्र खरेलले मेचीनगरमा फेरि एउटा नयाँ चरा फेला परेको बताउनुभयो । उहाँले मेचीनगरमा भेटिएको नयाँ चरा नेपालकै लागि नयाँ रेकर्ड भएको दाबी पनि गर्नुभएको छ । २०८१ फागुन ७ गते बिहान ८ः३० बजे काँकडभिट्टाको एक बगैचामा ‘बैजनी बुङ्गे चरा’ को जोडीको पहिलो तस्बिर र भिडियो खिचेर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाइएको थियो । कमिटीले यसको पुष्टि गर
इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा अवस्थित ब्लुमिङ्ग लोटस इङ्गलिस सेकेन्डरी स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरू भएको छ। शिक्षा क्षेत्रको स्तरोन्नति, विद्यार्थीहरूको प्रतिभा अभिव्यक्त गर्ने अवसर, अभिभावक र विद्यालय प्रशासनबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम दुई दिनसम्म चल्ने भएको छ ।कार्यक्रमको उद्घाटन ब्लुमिङ्ग लोटस इङ्गलिस सेकेन्डरी स्कुलका अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो। सो अवसरमा मन्त्री भण्डारीले शिक्षा नै समाजको समृद्
इटहरी । कोसी प्रदेश सरकारले कडा रोग लागेका बिरामीको उपचारका निम्ति आठ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने भएको छ । शुक्रबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट यो निर्णय गरिएको हो । कोसी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले अर्कोपटकदेखि फरक नीति बनाएर सहयोगबारे निर्णय लिइने बताए । यस्तै, यही फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा गर्ने सम्बोधनको तयारी थाल्न प्रदेशसभा सचिवालयलाई आग्रह गर्ने निर्णय गरिएको छ । प्रदेशमा सरुवा भई आएका सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालय र सचिव पवनकुमार तिम्सिनालाई मुख्यमन्त
इटहरी । सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिङ सेन्टर’ स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ । नेपाल आयल निगमको प्राविधिक टोली र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहितको टोलीले यसका लागि बिहीबार स्थलगत निरीक्षण गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यहाँ ‘रिफ्युलिङ सेन्टर’ सञ्चालनमा आएमा लुक्ला विमानस्थल तथा काठमाडौँ उडान थप सहज हुने अपेक्षा गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको पहलमा नेपाल आयल निगमसँग गरिएको अनुरोधपछि यो परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढेको नगरप्रमुख शेर्पाले जानकारी दिए । फाप्लुलाई हवाई उडानको प्रमुख केन्द्र बनाउने योजनाका साथ काठमाडौँ–
इटहरी । नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेशनको मतगणना अन्तिमतिर पुग्दै गर्दा संस्थापन पक्षको पूरै प्यानलले धक्का ब्यहोर्ने करिब निश्चित भएको छ । अहिलेसम्म ६८० मत गनिसक्दा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन पाएको प्यानलले हार्ने अवस्था आएको छ । ८८८ मत खसेकोमा अब २०८ मात्रै गन्न बाँकी रहेको अवस्थामा अध्यक्षसहित पाँचजना पदाधिकारीमा एमाले कोशी प्रदेश अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले निरन्तर पकड बनाएको छ। अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले ताजा अवस्थामा ३३२ मत पाएका छन् । उता ओली, महासचिव शंकर पोखरेल र स्थायी क
इटहरी । भारतको बथनाहा रेलवे स्टेसनबाट मोरङको कटहरी ९महेशपुर० सम्मको रेलमार्गमध्ये नेपालतर्फको निर्माण तयारी थालिएको छ । बथनाहादेखि कटहरीसम्मको १८।६ किलोमिटर रेलमार्गको नेपालतर्फ जग्गा मुआब्जासम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर रिट खारेज भएपछि रेलमार्ग निर्माण कार्य आरम्भ हुने भएको हो । कटहरी गाउँपालिकाका २२ जना स्थानीयले मुआब्जा निर्धारणमा असन्तुष्टि व्यक्त गर्दै पुनरवलोकनको मागसहित सर्वोच्चमा दायर गरेको रिट खारेज भएको हो । भारतले निर्माण गर्ने बथनाहा–कटहरी रेलवेका लागि जम्मा २१ बिघा क्षेत्रफल जग्गाको मुआब्जा विवाद टुङ्गिएपछि यसको जानकारी रेलवे विभागले भारतीय पक्षलाई पनि गराएको छ । रे
इटहरी। छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो । चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताउनुभयो । उहाँका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफ
इटहरी । विराटनगरबाट–रङ्गेली हुँदै झापाको भद्रपुर जोड्ने हुलाकी राजमार्ग अन्तर्गत रतुवा खोलामा पुल बनेपछि ४६ किलोमिटर सडक छोट्टिएको छ । यसअघि झापाको गौरीगन्जबाट मोरङको आम्बारी बजार आउन दमक हुँदै उर्लाबारी आएर दक्षिण लाग्नु पथ्र्यो । रतुवामा पुल निर्माण भएपछि उक्त बाटो सात किलोमिटर यात्रा तय गरेपछि पार गर्न सकिन्छ । मोरङको आम्बारीबाट महादेवा हुँदै झापाको खजुरगाछी–गौरीगन्ज पुग्न विराटनगर हाटखोलाबाट बस छुट्न थालेका छन् । रङ्गेली, डाइनिया आम्बारी हुँदै झापाको गौरीगन्जसम्मका लागि सार्वजनिक यातायात सञ्चालनमा आएपछि दक्षिणी मोरङका ग्रामीण बजारसँग झापाका बजारको सिधा सम्पर्क स्थापित भएको छ । विराटन
इटहरी । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम सुरु भएको छ । बिहीबार सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले शिलान्यास गरेसँगै कालोपत्रेको काम सुरु भएको हो । सडक डिभिजन हर्कपुर ओखलढुङ्गाको लागत र सोलुदूधकुण्ड नगरपालिकाको पहलमा निर्माण सुरु भएको उक्त सडकको लागत भ्याटसहित एक करोड ८१ लाख चार हजार ७५० रुपियाँ छ । भुजेल निर्माण सेवा ओखलढुङ्गाले निर्माणको जिम्मा पाएको सडकको कालोपत्रेको काम गएको माघबाट सुरु गरी आगामी असार २० गतेभित्र सम्पन्न गरिने सझौता पत्रमा उल्लेख छ । सडकको शिलान्यास गर्दै सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रम
इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको छ । सिदिङ्वाका किसानलाई पहिलोपटक किसान परिचयपत्र वितरण गर्न थालिएको हो । किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका किसानलाई हाल परिचयपत्र वितरण गर्दै आएको सिदिङ्वा गाउँपालिका कृषि विकास शाखाले जनाएको छ । कृषि विकास शाखा प्रमुख विकास थेबेका अनुसार किसान सूचीकृत भई परिचयपत्र छपाई अर्थात बनेर आएका किसानलाई धमाधम परिचयपत्र वितरण गर्न थालिएको हो । गाउँपालिकाका सबै वडामा गरी हालसम्म किसान सूचीकरण प्रणालीमा एक हजार ८५० घर परिवार सूचीकृत भइसकेका छन् । सूचीकृत भएकामध्ये एक हजार ३०० किसान परिवारको परिचयपत्र छपाई भएर आए
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.