समाज

    Showing ७,७८१-७,७९० of ११,२७९ items.
  • पाथीभराको समस्या वार्ताद्वारा समाधान गरिने

    इटहरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ताप्लेजुङको पाथीभरा ९मुक्कुमलुङ० क्षेत्रमा भएको द्वन्द्वलाई वार्ता र समझदारीबाट समाधान गर्न सकिने बताउनुभएको छ ।  तेह्रथुमको आठराई गाउँपालिकामा निर्मित बगाले सहिद स्मृति पार्कको उद्घाटन  कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुनै पनि समुदायको आस्थामाथि प्रहार गर्न नहुने धारणा व्यक्त गर्नुभयो । पूर्वमा पहिचानको विषयमा अझै पनि छलफल र बहस भइरहेको बताउँदै उहाँले आफू प्रधानमन्त्री भएका बेला नै पाथीभरा क्षेत्रको विषय उठेको र त्यस क्षेत्रमा द्वन्द्वको स्थिति आउन नदिनका लागि संवाद र सहकार्यका माध्यमबाट

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ३३५ पटक पढिएको
  • हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा भोजपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम

    भोजपुर | हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप-शाखा कार्यालय भोजपुरको संयोजनमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपन्न वर्गका व्यक्तिहरूलाई न्यानो ज्याकेट वितरण गरिएको छ। यस कार्यक्रम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका कोशी प्रदेश उप-प्रमुख सुरेन्द्र कुमार कर्णको अध्यक्षतामा सम्पन्न भएको हो।कार्यक्रमको प्रमुख अतिथि पौवादुम्मा गाउँपालिका उपाध्यक्ष  ज्योत्सना राई रहनुभएको थियो भने विशेष उपस्थितिमा उप-शाखा कार्यालय भोजपुरका प्रमुख श्री बिमल रणपहेली रहनुभएको थियो। साथै, धरान शाखाका अपरेशन इन्चार्ज श्री रुद्रमान घिसिङ, गाउँपालिकाका विभिन्न वडाका अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यहरू

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ८४३ पटक पढिएको
  • ग्रीन गार्डेन इङ्गिलस स्कुलको ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

    इटहरी| इटहरीस्थित ग्रीन गार्डेन इङ्गिलस स्कुलले आफ्नो ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले बुधबार एक भव्य समारोहको आयोजना गर्दै विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको सहभागितामा यो महत्त्वपूर्ण दिनलाई उल्लासपूर्वक मनाएको हो।कार्यक्रममा ग्रीन गार्डेन इङ्गिलस स्कुलकी अध्यक्ष दिपा कोइरालाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश) उपस्थित रहेका थिए। विद्यालयले विगत ११ वर्षदेखि इटहरी वडा नम्बर १ मा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ र यो अवसर विद्यालयका लाग

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ७३८ पटक पढिएको
  • झापामा ५५ हजारलाई क्यान्सरविरुद्धको खोप लगाइने

    इटहरी। झापामा एकसाथ ५४ हजार ९९९ जना किशोरीलाई एकसाथ पाठेघरको मुखको क्यान्सर रोग बिरुद्धको एचपीभी खोप लगाइने भएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला स्वास्थ्य कार्यालका प्रमुख रमेश बाह्रकोटीले झापामा आगामी माघ २२ गते विश्व क्यान्सर दिवसका दिनदेखि २९ गतेसम्म झापामा स्कुल जाने उमेरका कक्षा ६ देखि १० सम्म अध्यान गर्ने सबै विद्यार्थी र स्कुल बाहिर रहेका १० देखि १४ बर्षसम्मका कुल ८ हजार ९ सय ८१ ग्रि ५४ हजार ९९९ जना किशोरीलाई उक्त खोप लगाइने जानकारी दिनुभयो । जसमा ७८१ जना स्वास्थ्यकर्मी र १५१५ जना स्वास्थ्य स्वयमसेविका परिचालन गरिन लागेको जनाइएको छ । झा

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ३५४ पटक पढिएको
  • एचपिभी खोपको सम्पूर्ण तयारी पूरा

    इटहरी ।  कोशी प्रदेशमा यही माघ २२ गते शुभारम्भ हुने एचपिभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ । दुई चरणमा लगाइने यो खोप आगामी फागुन ४ गते सम्पन्न हुनेछ । राष्ट्रिय खोप कार्यक्रमअनुसार एचपिभी खोप अभियान सञ्चालन गरिने प्रदेश खोप समन्वय समितिको सचिवालयले जनाएको छ । दश वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई मात्र लगाइने यो खोप कोशी प्रदेशमा दुई लाख २० हजार पाँच सय ८४ जनालाई लगाउने लक्ष्य राखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका सहजकर्ता भरत भण्डारीले जानकारी दिनुभयो । उक्त उमेर समूहका किशोरीहरू प्रायः विद्यालयमा कक्षा ७ देखि १० मा अध्ययनरत हुन्छन् र विद्यालय बाहिर रहेका सो उमेर समूहलाई खोप नछुट्ने उद्द

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ३२८ पटक पढिएको
  • सोलुखुम्बुमा जापानी लगानी,माउन्ट फुजी स्प्रिङले हिमाली पानी निर्यात गर्ने

    इटहरी। जापानको माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख शेर्पा र जापानी लगानीकर्ता ‘माउन्ट फुजी स्प्रिङ’ कम्पनीका अध्यक्ष अवाइ हिडेरो बिच सहमति भएको हो । जापान भ्रमणमा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाको पहलमा वैदेशिक लगानीमार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी विदेशमा निर्यात गर्न लगानी गर्ने सहमति भएको हो । जापानलगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको सो कम्पनीसँग सिङ्गापुर, मलेसिया, युएई, साउदी र कतारलगायतका देशमा पानी प्रशोधन ग

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ३१३ पटक पढिएको
  • बाढीले भत्काएको पाइपलाइन मर्मत नहुँदा इलाममा खानेपानीको संकट

    इटहरी। इलाम सदरमुकामलाई खानेपानी पु(याउनुपर्ने जिम्मेवारी रहेको इलाम नगरपालिका यतिबेला पानी आपूर्ति हुुँदै गरेको क्षतिग्रस्त पाइपलाइन कसरी मर्मत गर्ने भन्ने विषयमा पिरोलिन थालेको छ ।  आगामी वैशाखपछि इलाम सदरमुकामले खानेपानीको ठुलो समस्या झेल्नुपर्ने बाध्यता छ । गत असोजमा आएको भेलबाढीले सदरमुकाम ल्याइएको सहरी खानेपानी आयोजनाको पाइपलाइनमा क्षति पु(याएपछि नगरपालिकाले अझैसम्म दीर्घकालीन रूपमा मर्मत गर्न सकेको छैन । आयोजनाका विभिन्न स्थानमा बाढीपहिरोले पाइपलाइन बगाएको छ । कतिपय स्थानमा आयोजनाको पाइपलाइन नै भेटिने अवस्था छैन । यो आयोजनाको करिब तीन करोड रुपियाँको संरचना क्षति भएको र त्यसलाई प्रा

    • प्रकाशित मितिः माघ १६, २०८१
    • २१६ पटक पढिएको
  • पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

    इटहरी । झापाको शिवसताक्षी नगरपालिका  ११ झरना पुलनजिक पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार  दिउँसो साढे २ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र विपरीत तर्फबाट आउँदै गरेको प्र १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर ठक्कर खाँदा दुर्घटना भएको हो।  दुर्घटनामा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने १९ वर्षीय सुजल अधिकारी घाइते हुनुभएको थियो। घाइते अधिकारीलाई  उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोडमा लैजानसाथ चिकित्सकले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ।  ठक्कर दिने पिकअप र  चालकलाई  इलाका प्रहरी कार्यालय स

    • प्रकाशित मितिः माघ १६, २०८१
    • १६१ पटक पढिएको
  • लागुऔषध गाँजा र औषधी सहित ३ जना पक्राउ

     इटहरी । सुनसरीको २ छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको देवानगंज गाउँपालिका(३ का ४० बर्षीय अर्बिन कुमार यादवको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा माघ १५ गते  दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह  र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यादवको  घरको कम्पाउण्ड खानतलाशी गर्दा खाल्टो खनेर ड्रम भित्र प्लाष्टिकले प्याक गरेर साथै घर भित्र जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थाको ३९ किलो २९० ग्राम लागुऔषध गाँजा बरामद गरी यादवको  ३५ बर्षीया श्रीमती

    • प्रकाशित मितिः माघ १६, २०८१
    • १६० पटक पढिएको
  • जनता माध्यमिक विद्यालय, इटहरीको ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन

    इटहरी | जनता माध्यमिक विद्यालय, इटहरीको  ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन भएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथिमा ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन भएको हो । कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले विद्यालयको नव निर्मित १२ कोठे भवनको उद्घाटन समेत गरिन्। विद्यालयका प्रिन्सिपल पशुपति सिग्देलका विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयको विकासमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र दुई जना पत्रकारलाई सम्मान समेत गरिएको थियोे ।जनता माध्यमिक विद्यालयले आगा

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ७०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]