इटहरी | जनता माध्यमिक विद्यालय, इटहरीको ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथिमा ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन भएको हो । कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले विद्यालयको नव निर्मित १२ कोठे भवनको उद्घाटन समेत गरिन्।
विद्यालयका प्रिन्सिपल पशुपति सिग्देलका विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयको विकासमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र दुई जना पत्रकारलाई सम्मान समेत गरिएको थियोे ।
जनता माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि आमसञ्चार, कानुन, र इन्जिनियरिङ जस्ता विषयहरू पठनपाठनमा समावेश गर्ने योजना बनाएको र उक्त योजना सफलताका लागि शुभकामना दिँदै दिएका थिए । विद्यालय सुधार गर्ने योजना साथ अगाडि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले बताए ।
विद्यालय व्यवस्थापन समिति , विद्यालयका शिक्षकले विद्यालयको शिक्षा सुधारमा राम्रो सँग काम गरेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, पूर्व मन्त्री तथा सांसद भगवती चौधरी, सांसद सपना परियार, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राई, इटहरीका मेयर हेमकर्ण पौडेल, उपमेयर सङ्गीता चौधरी, वडाध्यक्षहरू, शिक्षक, बुद्धिजीवी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले आगामी संसद् अधिवेशनमा शिक्षा सम्बन्धी विधेयक पास हुने आशा व्यक्त गरे। यो विधेयकले शैक्षिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको विश्वास छ । कक्षा १२ सम्म गरेर अहिले विद्यालयमा तीन हजार बढी विद्यार्थी अध्ययनरत छन् ।


