समाज

    Showing ७,८६१-७,८७० of ११,२७९ items.
  • चन्दा उठाएर बक्सिङमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै चिरण

    इटहरी  । किक बक्सिङका खेलाडी चिरण राईले चन्दा सङ्कलन गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी गर्नुभएको छ । सुनकोशी गाउँपालिका–४ ओखलढुङ्गाका २४ वर्षीय राईले सन् २०२५ फेब्रुअरी १ देखि ५ तारिखसम्म भारतमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुन आर्थिक सङ्कलन थाल्नुभएको हो । राई नेशनल किक बक्सिङ एसोसिएसन मार्फत सिङ्गो नेपलको प्रतिनिधित्व गर्दै फोर्थ वाको इण्डीया खुला अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा सहभागी हुन लाग्नुभएको छ । प्रतियोगितामा सहभागी हुन लाग्ने खर्च राई आफैँले व्यहोर्नु पर्ने भएको छ । खेलमा सहभागी हुन एक लाख खर्च लाग्ने एसोसिएसनले जनाएको छ । काठमाडौं–दिल्ली–काठमाड

    • प्रकाशित मितिः माघ ९, २०८१
    • २८८ पटक पढिएको
  • आयोजनाको संरचना तोडफोड गरेको आरोपमा युवक पक्राउ

    इटहरी । ताप्लेजुङमा निर्माणाधीन जलविद्युत आयोजनाको संरचना तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मेरिङ्देन गाउँपालिकास्थित सिवाखोला जलविद्युत आयोजना कार्यालयको संरचनामा तोडफोड गरेको आरोपमा स्थानीय २२ वर्षीय बसन्त लिम्बू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार लिम्बूले ९।३ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थल नजिकै रहेको साइड कार्यालय र कर्मचारी आवास गृहमा प्रवेशगरी तोडफोड गरेको आरोप छ । आवास गृहको झ्याल–ढोका फुटाउनुका साथै विद्युत् उपकरण, शौचालय, स्नानगृह सहितका संरचनामा क्षति पुगेको बताइएको छ । आयोजनाको संरचना तोडफोड गर

    • प्रकाशित मितिः माघ ९, २०८१
    • २१७ पटक पढिएको
  • फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

    इटहरी ।  शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिनुभयो । नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले फर्मालिन प्रयोग भएका र मरेका माछा बिक्री वितरण हुन नदिन स्थानीय बजार व्यवस्थापन समिति र स्थानीय प्रहरीसँग मिलेर नगरपालिकाले नियमित बजार अनुगमन गरिरहेको बताउनुभयो । भारतबाट आयातित माछालाई सड्न नदिन फर्मालिनको घोलमा डुबाउने गर

    • प्रकाशित मितिः माघ ९, २०८१
    • १५७ पटक पढिएको
  • विराटनगरस्थित नोबेल अस्पतालमा ४० सेकेण्डमै क्यान्सर उपचार गर्ने अत्याधुनिक प्रविधि सञ्चालन

    इटहरी । विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालले  नेपालमै पहिलो पटक ४० सेकेन्डमा क्यान्सरको उपचार गर्ने प्रविधि भित्र्याएको छ । नोबेल अस्पतालले गत असोजदेखि क्यान्सरको उपचार सेवा दिन थालेको हो ।  नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक एवम् प्रतिनिधि सभाका सदस्य डा। सुनीलकुमार शर्माले यो प्रविधिमा क्यान्सरको उपचार गर्ने नोबेल अस्पताल पहिलो भएको बताउनुभयो । डा। शर्माका अनुसार दक्षिण एसियामा यो प्रविधि भित्र्याउने नोबेल नवौं अस्पताल हो ।  भारतका अस्पतालमध्ये मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा एउटा, म्याक्स अस्पतालमा तीन वटा, नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा २ गर

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ३१९ पटक पढिएको
  • झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

    इटहरी।  चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो । पक्राउ गरिएका अभियुक्तबाट झण्डै गाँजा तीन दशमलव ६७ किलोग्राम, खैरो हिरोइन सात सय २० दशमलव ८० ग्राम, ट्रमाडोल सात हजार दुई सय ३७ ट्याबलेट, एन्टिकफलगायत ट्याबलेट बरामद गरिएको उहाँले जानकारी दिनुभयो । प्रहरीले लागुऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार  छ महिनामा जि

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ११७ पटक पढिएको
  • सीमा सुरक्षा र शान्ति स्थापनामा सशस्त्र प्रहरीको उल्लेखनीय योगदान : मुख्यमन्त्री कार्की

    इटहरी।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा आज इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरू नहुँदा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेख्य रहेको उहाँले बताउनुभयो । उहाँले सीमि

    • प्रकाशित मितिः माघ ९, २०८१
    • २३४ पटक पढिएको
  • विपन्न परिवारका लागि त्रियुगा नगरपालिकाद्वारा ८० आवास गृह निर्माण सम्पन्न

     इटहरी । उदयपुरको त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ । त्रियुगा–२ खैजनपुर, वडा नं ३ को मोतिगडा, वडा नं ४ को बगाहा, वडा नं ५ को देउरी र जलजले, वडा नं ७ को चुहाडेसहितका स्थानमा विपन्न परिवारका लागि ८० घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार तत्कालका लागि ८० घर तथा आवास भवन निर्माण सम्पन्न गरिसकिएको र बाँकी पनि निर्माणकार्य धमाधम भइरहेका छन् । करीब एक भवन बराबर रु। पाँच लाख मूल्यको लागानीमा स्थानीय बाँस प्रयोग गरेर ‘केमिकल’ प्रयोग गरी भूकम्प प्रतिरोधात्मक भवन तथा आवास गृह निर्माण गरिएको प्रमु

    • प्रकाशित मितिः माघ ९, २०८१
    • १२० पटक पढिएको
  • उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान

    इटहरी । ताप्लेजुङमा कार्यरत उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ। सशस्त्र प्रहरीको २४ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई बुधबार सम्मान गरिएको हो। जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीसहितका कर्मचारीलाई सम्मान गरेको हो। यस्तै सम्मानित हुनेमा सशस्त्र प्रहरी नायव निरीक्षक जीवन पतङ्वा, सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णदेव यादव,  सशस्त्र प्रहरी हवल्दार डिकबहादुर तामाङ र सशस्त्र प्रहरी परिचर दिनेश थापा मगर रहनुभएको छ। सशस्त्र प्रहरी जवानमा आदिम गुरुङ, रामकुमार खंग

    • प्रकाशित मितिः माघ ९, २०८१
    • १०३ पटक पढिएको
  • कोशीका कानुनमन्त्री भण्डारीसँग अल्टिट्युड क्लबको अन्तरक्रिया : फागुन ९ देखि दोस्रो अल्टिट्युड रनिङ कप फुटबल हुने

    इटहरी। सुनसरीको इटहरीमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीसँग अल्टिट्युड क्लबले शान्ति सुरक्षा सम्बन्धी एक दिने अन्तरक्रिया तथा दोस्रो अल्टिट्युड रनिङ कप फुटबल सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न गरेको छ।कोशी प्रदेशमा पछिल्लो समय लागुऔषध दुर्व्यसन बढेको र संगसंगै सवारी दुर्घटनाहरू पनि बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री भण्डारीले तीनै तहका  सरकार र सम्बन्धित सुरक्षा निकायहरूले यसबारे चासो राख्नुपर्ने सुझाव दिए।उनले सडक दुर्घटना न्यूनीकरण र लागुऔषध निर्मूलिकरणतर्फ यही फागुन १ गतेदेखि कोशी सरकारले बेग्लाबेग्लै कार्ययोजना बनाएर त्यसलाई कडाइका साथ पालना गराउने

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ४०८ पटक पढिएको
  • सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान

    इटहरी। सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गुल्म हेडक्वाटर म्याङलुङ तेह्रथुमले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा तेह्रथुममा रक्तदान कार्यक्रम गरेको छ। सुरक्षा निकायले सुरक्षाको साथसाथै सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिँदै दिवसको अवसरमा सशस्त्र प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो। जिल्ला रेडक्रस सोसाइटी तेह्रथुमको समन्वयमा आयोजना भएको रक्तदान कार्यक्रममा  ६४ जना सहभागी भएका छन्। रगतको अभावलाई परिपूर्ति गर्न आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत सङ्कलन भएको सशस्त्र प्रहरी नायब उपरीक्षक किरण प्रकाश खत्रीले जानकारी दिनुभयो। 

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ३३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]