इटहरी। नेकपा ९एमाले०को विराटनगर महानगरपालिका–२ कमिटीका १८ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा वडा समितिका उपसंयोजक, उपसचिव र सदस्यहरू छन् । विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनको सन्दर्भ जोड्दै राजीनामा दिएको जनाइएको छ । निर्वाचनमा स्थानीय कमिटीले राम घिमिरेलाई उमदेवारका रूपमा उठाएको थियो । तर, एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापासहितले ‘बागी’ उमेदवारलाई सहयोग गरेको भन्दै कारबाही गरेको थियो । थापाको कारबाहीको सिफारिस प्रदेश कमिटीले पनि अनुमोदन गरेको थियो । मतदानपछिको परिणामका विषयमा उच्च अदालत विराटनगरमा मुद्दा विचाराधीन छ । वडाका अधिकांश पार्टी सदस्यबीच छलफल र सल्लाह
इटहरी । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । कोशी प्रदेशको अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवर्द्धन गरिने महोत्सवमा एक सय ५० सुविधासम्पन्न व्यापारिक प्रर्दशनी कक्ष रहने बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए । मंगलबार देखि माघ १९ गतेसम्म बिर्तामोडको वडा नम्बर ५ मा महोत्सव सञ्चालन हुने भएको हो । जहाँ एक सय १८ प्रर्दशनी कक्ष अट्ने नेपालको सबैभन्दा ठूलो ह्याङ्गर प्रयोगमा ल्याइने भएको छ । हाल ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्
काठमाडौं । प्रहरीले एक युवकलाई निर्घात् कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पावर देखाएको भन्दै गस्तीमा खटिएका प्रहरीले ती युवकलाई मरणासान्न हुनेगरी बुटैबुटले कुटेको भिडियोमा देखिन्छ। यो घटना चिवतनको भरतपुर महानगरपालिका( ११ बसेनी चोकको हो। सडकमा मोटरसाइकल रोकेर केही युवाहरू कुरा गर्दै गरेको अवस्थामा गस्तीमा रहेका एक प्रहरीले सडक पेटीमा उभिएका ती युवकलाई लात्ताले हानेर पेटिमा लडाएर कोलाई फोन गरेको रु पावर देखाएको हो भन्दै कुटपिट गरेको भिडियोमा देखिन्छ । राति गस्ती गर्ने क्रममा उक्त घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सोमबार नेपाल प्रहरीले एक सूचना जारी गर्दै प्रहरील
इटहरी । धरान उपमहानगरपालिका ११ स्थितमा ट्रकको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश १(०१(००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ पैदलयात्री स्थानीय ८६ वर्षीय वीरबहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सवारी साधन र चालक धरान ८ का ४८ वर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
इटहरी । विराटनगर महानगरपालिका १६ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित सुनसरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री सुनसरीको दुहबी नगरपालिका ४ का २५ वर्षीय मोहित यादवलाई १ ग्राम ८१ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ । उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन् । धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । यस वर्ष स
इटहरी। ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ । भोजपुर नगरपालिका–५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास तथा जीविकोपार्जनका लागि प्रशिक्षण सुरु गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले जानकारी दिनुभयो । आधारभूत तहको एक सय ६० घण्टाको सामुदायिक कृषि सहायक सीपमूलक प्रशिक्षण सुरु गरिएको सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठा
इटहरी। ओखलढुङ्गा सदरमुकाममा पर्यटकीय झोलुङ्गे पुल बन्ने भएको छ । हुलाकडाँडादेखि वीरेन्द्रपार्कसम्म ४२५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल बन्न लागेको हो । उक्त पुल निर्माणका लागि सङ्घीय सरकारबाट सात करोड बजेट सुनिश्चितता भएसँगै पुल बन्ने आशा पलाएको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो । ओखलढुङ्गाका सङ्घीय सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पहलमा पुल बन्ने बजेटको स्रोत सुनिश्चितता भएको प्रमुख खनालले जानकारी दिनुभयो । सिद्धिचरण नगरपालिका–११ को हुलाकडाँडादेखि वडा नं। १२ को वीरेन्द्रपार्कसम्म पर्यटकीय पुल बने सँगै नगरपालिका र समग्र जिल्लाको पर्यटन प
इटहरी । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे तथा विधेयक अधिवेशन दिउँसो २ बजेबाट सुरु हुने कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको हो । आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरिसकेको छ । आजको बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गर्नुहुनेछ भने केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ सभामा पेस गर्नुहुनेछ । यस्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदन गर्न सभामा पेस हुनेछ । सोमबारको बैठकमा मुख्य महान्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको सर्तसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको व
इटहरी । सुनसरीका नीजि विद्यालय तथा उच्च शिक्षालयहरूको छाता सङ्गठन हिसान सुनसरीको आयोजनामा माघ १३ गतेबाट इटहरीमा हुने हिसान स्पोर्टस् मिटको तयारी अन्तिम चरणमा पुगेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, हिसान सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीको बौद्धिक विकासका साथसाथै शारीरक, नैतिक र सामाजिक विकासमा सहयोग पुर्याउने उद्देश्यले हिसान स्पोर्टस् मिटको तयारी गरेको जनाएको छ । सुनसरीव्यापी बृहत् खेलकुद सप्ताह सञ्चालन गर्दै आइरहेको हिसानले माघ १३ गतेबाट ११ औं हिसान स्पोर्टस् मिट गर्ने तयारी गरेको हिसानका अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिनुभयो । हिसान स्पोर्टस् मिटमा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.