इटहरी । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि पाँचथरका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन भएको छ । आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेंवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नम्बर ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो । यी दुई खोलामा विगत दुई वर्षमा आएको बाढीले फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका तटीय क्षेत्रमा अत्यधिक क्षति गरेको छ । खोलालाई अप्राकृतिक रूपमा नियन्त्रण गरिएका कारण प्रकृतिमाथि शोषण भएको ठहरका साथ माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोज
इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नबर ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय धेरै घरमा पिउने पानी वितरण गरेको छ । वडाले अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो । पिउने पानीको समस्या रहेका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ । वडाभित्रका सम्पूर्ण चार सय ६८ घरमा धारा जडान भएको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो । यसले स्थानीयको वर्षौँदेखि पानीको समस्या समाधान भएको छ ।
इटहरी । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथांका सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए। शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन
इटहरी । मोरङको सुन्दरहरैचामा गएराति जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । सुन्दरहरैंचा नगरपालिका(८ का ७१ वर्षका हरि प्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । केही महिना यतादेखी सुन्दरहरैंचाका उत्तरी क्षेत्रमा हात्ती आउने गरेका छन् । गएराति १ बज्न लाग्दा घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । बच्चासहित आएको माउ हात्तीले घिमिरेमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमै ज्यान गएको थियो । घिमिरेको शव पोष्टमार्टमका ल
इटहरी । धरानमा शनिवार बिहानै २ बजेर ४० मिनेटको समयमा एक युवक माथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि विराटनगर स्थित विराट नर्सिङ अस्पतालमा पुर्याइएको छ । इलाका प्रहरीका धरानका अनुसार बिहानको समयमा रितेश राई माथि धरानको सदन रोडमा खुकुरी प्रहार भएको हो । घाइते राईको अवस्था जटिल रहेकोले बिपी प्रतिष्ठानबाट विराट नर्सिङ लगिएको डिएसपी प्रकाश जवेगुले बताए । घटना लगत्तै धरानमा पटक(पटक हुने खुकुरी आतङ्कले असुरक्षा बढेको भन्दै स्थानियबासीहरुले सामाजिक सञ्जालहरूमा चिन्ता जनाएका छन् । डिएसपी जवेगुले आक्रमण गर्नेको पहिचान भए पनि उनीहरूको तीव्र अनुसन्धान भई खोजीक
इटहरी। चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सिमाना टिपतालासम्म नेपाली सवारीसाधन पुग्न थालेका छन् । हाल कच्ची सडक भए पनि तमोर कोरिडोर मर्मत गरिएसँगै टिपतालासम्म सवारीसाधन पुग्न थालेका हुन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि ओलाङचुङ्गोला हुँदै द्विदेशीय सिमाना टिपतालासम्म नेपाली सवारीसाधन पुग्न थालेको हो । वर्षायाममा बाढीपहिरोले ठाउँ ठाउँमा क्षति गरेको तमोर कोरिडोर मर्मत गरिएपछि सवारीसाधन सञ्चालनमा ल्याउन सम्भव भएको हो । अहिले यात्रुवाहक जिप, ट्याक्टरलगायतका साधन टिपतालासम्म पुग्न थालेका हुन् । हिजोआज टिपताला क्षेत्रको भ्रमणमा जानेहरू सवारीसाधन चढेरै सिमानासम्म पुग्न थालेका ओलाङचुङ्गोलाका स्थ
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल, २ दिनदेखि ५ दिनभित्र टुंग्याउन निर्देशन दिनुभएको छ । उहाँले प्रदेश सरकारको अर्थिक वर्ष २०८१ ८२ को अर्धवार्षिक समिक्षा कार्यक्रममा निर्देशन दिँदै सहमतिका लागि गएको फाइलहरु अड्किँदा काम ढिलो भएको बताउनुभयो । समिक्षा कार्यक्रममा उहाँले जेठ १५ गते भित्र अन्र्तक्रिया गोष्ठी जस्ता कार्यक्रमहरु सक्नका लागि पनि निर्देशन दिनुभयो । 'जेठको अन्तिम लागेपछि कार्यक्रममा जानको लागि हैरान हुन्छ, दिनमा तीन चारवटा कार्यक्रम हुन्छन्, त्यसले नतिजा पनि दिएको छैन र जनताले पनि पचाएका छैनन'
इटहरी । ओखलढुङगामा कटपिटका कारण ४५ वर्षीय पुरुषको ज्यान गएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका–१ कुईभीरका ४५ वर्षीय रामकुमार राईको कुटपिटका कारण ज्यान गएको हो । माघ २ गते स्थानीय करिब ६५ वर्षीय टुकराज राई र रामुकार विच भएको विवादका क्रममा टुकराजको कुटाईबाट मरनासन्न अवस्थामा पुगेका राईको उपचारका क्रममा ज्यान गएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताउनुभयो ।ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारको क्रममा राईको ज्यान गएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो । मदिरा सेवनपश्चात भएको विवादका क्रममा भएको कुटपिटबाट राईको ज्यान गएको प्रहरीले अनुमान गरेको छ । घटनामा सङ्लग
इटहरी । मोरङको पथरी(शनिश्चरे वडा नम्बर १० मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। कक्षा १ देखि ८ कक्षासम्मका १२० विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमकाबीच न्यानो कपडा वितरण गरिएको हो । तराईमा हुस्सुरकुहिरोका कारण चिसो बढिरहेका बेला विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । देवराज थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेल, डाँस(मोरङ्गी सामुदायिक वनका अध्यक्ष हरि निरौला, अमेरिका निवासी प्रदीप कट्वाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पाख्रिन, नरेन्द्र गुरुङ, खगेन्द्रबहादुर थापा, सन्तोष कठायत, नवीन श्र
काठमाडौं । कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई ९जीबी० को राहदानी रद्द गर्न सरकारलाई आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमाल बेलबासेको एकल इजलासले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ । उनी मलेसियामा छन् । राहदानी रद्द नभएकै कारण उनलाई मलेसियाबाट नेपाल ल्याउन नसकिएको बताइन्छ । पाँच सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.