इटहरी । ओखलढुङगामा कटपिटका कारण ४५ वर्षीय पुरुषको ज्यान गएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका–१ कुईभीरका ४५ वर्षीय रामकुमार राईको कुटपिटका कारण ज्यान गएको हो । माघ २ गते स्थानीय करिब ६५ वर्षीय टुकराज राई र रामुकार विच भएको विवादका क्रममा टुकराजको कुटाईबाट मरनासन्न अवस्थामा पुगेका राईको उपचारका क्रममा ज्यान गएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताउनुभयो ।ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारको क्रममा राईको ज्यान गएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो । मदिरा सेवनपश्चात भएको विवादका क्रममा भएको कुटपिटबाट राईको ज्यान गएको प्रहरीले अनुमान गरेको छ । घटनामा सङ्लग्न राईलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरी प्रमुख खड्काको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।