समाज

    Showing ७,९८१-७,९९० of ११,२७९ items.
  • झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन

    इटहरी ।  झापा गोल्डकपको अध्यक्षमा  केदार गिरी  सर्वसम्मत चयन हुनुभएको छ । बुधवार  अध्यक्ष गिरीसँगै  अन्य पदहरुमा पनि सर्वसम्मत नेतृत्व चयन भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिनुभएको थियो  । कार्कीले उम्मेद्वारी फिर्ता लिएपछि गिरी सर्वसम्मत हुनुभएको हो । यसैगरि वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की पर्वत सचिवमा बुद्ध तामाङ, सहसचिवमा विष्णु सिग्देल र  कोषाध्यक्षमा  चन्द्रमणि कट्टेल सर्वसम्मत हुनुभएको छ  । त्यस्तै सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थ

    • प्रकाशित मितिः माघ २, २०८१
    • ३३२ पटक पढिएको
  • रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका कर्मचारीले जानकारी दिए । यसअघि, कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

    • प्रकाशित मितिः माघ २, २०८१
    • ३०५ पटक पढिएको
  • भूकम्पबाट हुनसक्ने मानवीय क्षति कम गर्न भवन निर्माण ऐन कार्यान्वयनमा जोड

    इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भूकम्पबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न भवन निर्माण ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज विराटनगरमा २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले भवन निर्माण ऐन ल्याउने तयारी गरिरहेको बताएका छन् । उक्त ऐनमा मन्त्रालयका प्राविधिकद्वारा अनुगमन गरी नक्सापासको स्वीकृति दिने प्रावधान रहेको मन्त्री भण्डारीले जानकारी दिए। उनले सरकारले सुरक्षा निकायलाई साधन सम्पन्न बनाएर विपद्को जोखिममा क्षति न्यूनीकरणका लागि कार्य गरिर

    • प्रकाशित मितिः माघ २, २०८१
    • २७३ पटक पढिएको
  • चन्द्रगढीमा मनाइयो भूकम्प सुरक्षा दिवस

    इटहरी । जिल्ला विपद् व्यवस्थापन समिति झापाले सदरमुकाम चन्द्रगढीमा २७ औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। आज ‘भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो। जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले भूकम्पका जोखिम न्यूनीकरण गर्न घर, विद्यालयलगायत भौतिक संरचना निर्माण गर्दा सचेतना अपनाउनुपर्नेमा जोड दिए। भूकम्पजस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सुरुमा नै सतर्कता अपनाउनुपर्ने भन्दै उनले सर्तकता अपनाउँदा ठूलो जनधनको क्षति हुनबाट जोगिन सकिने धारणा राखे। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भूकम्प नियन्त्रण गर्नु हाम्

    • प्रकाशित मितिः माघ २, २०८१
    • २०३ पटक पढिएको
  • सहकारी पीडितका वकिल त्रिपाठीमाथि रवि समर्थक रास्वपा कार्यकर्ताले अदालत परिसरमा गरे कुटपिट प्रयास

    काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट   प्रयास गरेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको हो । ‘धक्काधक्की भएको र कसले गरेको भन्ने पहिचान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेव

    • प्रकाशित मितिः माघ २, २०८१
    • २६३ पटक पढिएको
  • ७० वर्षमाथिका खोटाङका पत्रकारलाई पेन्सनको व्यवस्था हुँदै

    इटहरी । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।शाखाको जिल्ला कार्यसमितिको मङ्गलवारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो । जिल्लामा क्रियाशील पत्रकारहरूलाई पत्रकारिता पेसामा टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारहरूलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय भएको महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताए । पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासङ्घ खोटाङ शाखाका तीन पूर्वअध्यक्षहरुलाई जिम्मेवारी दिने निर

    • प्रकाशित मितिः माघ २, २०८१
    • २११ पटक पढिएको
  • बूढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–२ मा बुधवार बिहानका राति दुर्घटना भएको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार प्रदेश १–०२–०४५ प ९३५७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–४ का २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको जोशीले बताए । दुर्घटनामा परेर गम्भीर घाइते भएका गडेरीलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ बिहान १ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको जानकारी जोशीले दिए ।

    • प्रकाशित मितिः माघ २, २०८१
    • १७४ पटक पढिएको
  • झापाको बिर्तामोडस्थित एक ग्यारेजमा आगलागी हुँदा तीन वटा बसमा क्षति

    इटहरी  । झापाको बिर्तामोडस्थित एक ग्यारेजमा आगलागी हुँदा तीन वटा बसमा क्षति भएको छ । आगलागीबाट ग्यारेजमा मर्मतका लागि राखिएका तीन वटा बसमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधवार बिहान साढे १० बजेतिर बिर्तामोड–५ स्थित पश्चिम बस स्टेसननजिक रहेको ग्यारेजमा निधि क्याम्पसको मे १ ख ३३४५ नम्बरको बसमा मर्मत गर्ने क्रममा अचानक विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट क्याम्पसको बस जलेर नष्ट भएको छ । त्यस्तै, सोही ग्यारेजमा बनाउन ल्याइएको मे १ ख२२१५ नम्बरको मातृ भाग्य रेखा बसको अगाडिको भाग र प्र १–०१–००१ख ४१२६ नम्बरको बसको पेन्टिङ जलेर क्षति पुगेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः माघ २, २०८१
    • १७८ पटक पढिएको
  • सात हजारलाई एचपिभी खोप लगाइँदै

    इटहरी । ताप्लेजुङमा करिब सात हजार जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप किशोरीहरुलाई लगाइने भएको हो । नौ स्थानीय तह रहेको जिल्लामा दुई चरणमा किशोरीहरुलाई एचपिभी खोप लगाउन लागिएको हो । दुई चरणमा गरी करिब छ हजार ७८० जना किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत दिनेश रायका अनुसार पहिलो चरण माघ २२ देखि २६ गतेसम्म फुङ्लिङ नगरपालिकासहित चारवटा स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ । फुङ्लिङसँगै पाथीभरा याङ्वरक गाउँपालिका, सिदिङ्वा गाउँपालि

    • प्रकाशित मितिः माघ २, २०८१
    • २१४ पटक पढिएको
  • रवि लामिछानेको मुद्दामा आजै आदेश आउने

    काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाका निलम्बित सभापति रवि लामिछानेमाथिको थुनछेक बहस बुधबार सकिएको छ । बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो । सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै यो मुद्दामा फैसला हुने भएको हो । यो मुद्दामा मंगलबार सरकारी वकिलको कार्यालयका तर्फबाट बहस सकिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न

    • प्रकाशित मितिः माघ २, २०८१
    • २५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]