इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–२ मा बुधवार बिहानका राति दुर्घटना भएको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार प्रदेश १–०२–०४५ प ९३५७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–४ का २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको जोशीले बताए । दुर्घटनामा परेर गम्भीर घाइते भएका गडेरीलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ बिहान १ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको जानकारी जोशीले दिए ।