इटहरी । मोरङ्गको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद डा.शर्माले जेसीजको आस्था र मर्म जस्तै हालका राजनीतिक दलहरूले काम गरेको भए मुलुक चाँडै सुध्रिने विचार राख्नुभएको छ । शुक्रबार पथरी शनिश्चरे –०२ को हरियाली सामुदायिक वनको सभाहलमा पथरी जेसीजको १३ औ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा उहाँले उक्त कुरा बताउनुभएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पथरी जेसीजको वर्ष २०२४ को टिमले उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्नुहुँदै आगामी दिनहरुमा पनि नवनिर्वाचित जेसीज पदाधिकारीहरूले अझै राम्रो कार्यहरू गर्न शुभक
इटहरी । नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको अध्यक्षमा मोहनलाल महतो निर्विरोध निर्र्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले महतोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको प्रदेश उपाध्यक्षमा भवानी केरुङ, दिनेशचन्द्र गिरी (मनोनित), महामन्त्रीमा विकास पराजुली, रेवन्तमणि नेपाल (मनोनित) सहमहामन्त्रीमा चक्रविक्रम निरौला र प्रवक्तामा कुमार योङहाङ चयन भएका छन् । त्यस्तै प्रा. सुशील झा, पन्छी कुवर वाइवा, प्रकाशनारायण चौधरी, सहदेव मेहता, तीर्थराज खड्का, भक्तबहादुर कार्की, ओमसिंह कार्की, सल्यन नेपाली, विना तिम्सिना दाहाल, सानुबाबु खड्का, सीता राई, भीमकुमार हिङमाङ, कुमार योङहाङ, ज
इटहरी। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धरानबाट धनकुटासम्म एकिकरण पद मार्गमा पदयात्रा गरिएको छ । नेपाली सेनाको आयोजनामा धरानस्थित फुस्रेबाट धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित साँगुरीगढीसम्म पदयात्रा गरिएको हो । साँगुरीगढी एउटा त्यो थलो हो जो नेपाल एकिकरण ताका एकिकरणका नायक राजा पृथ्वीनारायण शाहका सेनाका कमाण्डर अभिमानसिंह बस्नेतले वि।सं १८३१ मा साँगुरीगढीमा गोर्खाली फौज पठाई नियन्त्रणमा लिएर त्यहिबाट उत्तर र पूर्वतर्फ एकीकरण अभियानको सुरुवात गरिएको थियो । त्यस्तै कोशी राजमार्ग वन्नु अघिसम्म पहाडी क्षेत्रका नागरिकको नुनतेल लिनलाई धरान जाने मुख्य नाका पनि हो । यसैलाई आधार मानेर भि
इटहरी । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा कपडा पसल र होटेलमा आगलागी भएको छ । गाउँपालिकाको वडा नं।५ खिजिफलाटे बजारको बसपार्क क्षेत्रमा हरेको लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त घरमा सञ्चालन गरिएको कपडा पसल र होटेल पूर्ण रूपमा जलेर नष्ट भएको हो । काठ र जस्ताले बनेको तामाङको एक तले घरमा खिजिदेम्बा गाउँपालिका–३ का विनोद सुनुवारको कपडा पसल र वडा नं।५ का दशरथ सुनुवारले सञ्चालन गर्नु भएको होटेल पसल पूर्ण रूपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो । प्रारम्भिक अनुसन्धान अनुसार आगलागी बाट करिब २२ लाख १० हजार क्षति भएको प्रहरी निरीक्षक कार्कीले जानका
इटहरी । गाईघाट–दिक्तेल सडकखण्डकोे सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सम्पन्न भएको छ । पचास मिटर लम्बाइको अस्थायी बेलिब्रिज निर्माण भएपछि शुव्रmबारदेखि यातायात सञ्चालनमा आएको हो । उदयपुरको रौतामाई गाउँपालिका–५ र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने गाईघाट–दिक्तेल–सगरमाथा लोकमार्ग अन्तर्गतको सो पुल गत असोज १२ गते आएको कोशीको बाढीले भत्काएको थियो । सडक आयोजनाका प्रमुख डिई पशुपति ज्ञवालीले बाढीले भत्काएको फोक्सिङटारको सुनकोशी नदीको पक्की पुल पुनर्निर्माण नभएसम्म यातायात सञ्चालनका लागि बेलिब्रिज जडान गरिएको स्पष्ट पार्नुभयो । दुई वर्षअघि मात्रै सञ्चालनमा आएको आर्क डिजाइनको प
इटहरी । नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ ९फोनिज०सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित हुनुभएको छ । इटहरीमा सम्पन्न फोनिज सुनसरीको पाँचौँ अधिवेशनमा चौधरी सर्वसहमतिमा अध्यक्ष निर्वाचित हुनुभएको हो । महासङ्घको उपाध्यक्षमा हिमाल राई, सचिवमा प्रमिला राई, सहसचिवमा रश्मी प्रधान, कोषाध्यक्षमा स्वर्णीम राई सर्वसम्मत निर्वाचित हनुभएको छ । संस्थागत सदस्यद्वयमा वुद्धहाङ लिम्बू, सचिन राई, महिला सदस्यद्वयमा स्मारिका राई, टिना चोङबाङ, अल्पसङ्ख्यक कमानसिंह याम्फु राई, खुला सदस्यहरू शैलेन्द्र चौधरी, धनराज राई, सरिता चौधरी चयन भएका छन् । प्रदेश परिषद सदस्यमा कमला चौधरी, श्रवण चौधरी, मनुका बम्जन, नव
इटहरी । धरानमा सम्पन्न भएको प्रेस सेन्टर नेपाल सुनसरीको पाँचौँ जिल्ला सम्मेलनले पुनः तीर्थ कार्कीलाई अध्यक्ष चयन गरेको छ । यसअघि पनि अध्यक्ष रहनुभएका कार्कीलाई आगामी तीन वर्षका लागि अध्यक्ष चयन गरेको हो । शुक्रबार सम्पन्न भएको अधिवेशनले ९ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको जनाएको छ । सेन्टरको उपाध्यक्षद्धयमा दिलबहादुर राई र लेखनाथ दङ्गाल, सचिवमा विनोद विश्वकर्मा, सहसचिवद्धयमा रश्मी प्रधान र सुबास खत्री, कोषाध्यक्षमा गणेश तिम्सिना चयन हुनुभएको छ । सदस्यहरूमा अनिश बस्नेत र सुमित थापा चयन भएका छन् । सङ्गठनका केन्द्रिय उपाध्यक्ष विवेक गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा अध्यक्ष कार्क
इटहरी | नेपाल एकीकरणका अभियान्ता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विगतका वर्ष झै यस वर्ष पनि सुनसरीको इटहरीमा भव्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्तीको अवसर पारेर सुनसरीको इटहरीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइएको छ ।भोलाकाजी बस्नेतको संयोजकत्वमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समिति गठन गरी यस वर्ष पनि नेपाल एकीकरणमा पृथ्वि नारायण शाहले पुर्याएको योगदान , त्यस समय नेपालको सामाजिक ,आर्थिक अवस्थाका साथै शासन शैलीका विषयमा वक्ताहरुले चर्
भोजपुर | नेपाल सरकारले घोषणा गरेको उत्कृष्ट १०० गन्तव्यहरूमध्ये पर्ने टेम्केमैयुङ गाउँपालिकाको मुन्दुम पदमार्गलाई प्रोत्साहन गर्नका लागि "मुन्दुम भ्रमण वर्ष २०२५" अन्तर्गत धनुष वाण प्रतियोगिता आयोजना हुने भएको छ।गाउँपालिकाको वडा नम्बर ४, चखेवा नागीमा माघ ४ गते बिहान ९ बजे प्रतियोगिता सुरु हुनेछ। यो प्रतियोगिता किराँत समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्दै पर्यटन, कृषि र सांस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विजेताहरूलाई क्रमशः रु ७,०००, रु ४,०००, र रु २,००० का नगद पुरस्कार प्रदान गरिनेछ। इच्छुक प्रतिस्प
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित प्रतिष्ठित फुटबल प्रतियोगिता मुन्दुम कप २०८१ को उपाधि हिले फुटबल एशोसिएशन, धनकुटाले जितेको छ। फाइनल खेलमा धनकुटाको टोलीले नयाँ श्रीनाप गण भोजपुरलाई हराउँदै उपाधि जितेको हो । उपाधि जितेसँगै हिले फुटबल एशोसिएशनले नगद १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।फाइनलमा पराजित श्री नयाँ श्रीनाप गण भोजपुरले उपविजेताको स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ पुरस्कार जित्यो। यसैगरी, सेमिफाइनलसम्म पुगेका टोलीहरू भोजपुरको कोदार फुटबल क्लब र सुनसरीको सिर्जनशील युवा क्लब, दुहबीले समान दश-दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।यो प्रतियोगिता टेम्केमैयुङ गाउँप
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.