इटहरी | नेपाल एकीकरणका अभियान्ता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विगतका वर्ष झै यस वर्ष पनि सुनसरीको इटहरीमा भव्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्तीको अवसर पारेर सुनसरीको इटहरीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइएको छ ।
भोलाकाजी बस्नेतको संयोजकत्वमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समिति गठन गरी यस वर्ष पनि नेपाल एकीकरणमा पृथ्वि नारायण शाहले पुर्याएको योगदान , त्यस समय नेपालको सामाजिक ,आर्थिक अवस्थाका साथै शासन शैलीका विषयमा वक्ताहरुले चर्चा भएको पृथ्वि जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह संयोजक भोलाकाजी वस्नेतले बताउनुभयो ।
नेपाल एकीकरणका अभियान्ता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान महत्त्वपूर्ण रहेको कार्यक्रममा प्रमुख वक्ताका रुपमा कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख गोविन्द वहादुर तुम्वाहाम्फेले बताउनुभयो ।
केही वर्ष यता देखि इटहरीमा राष्ट्र निर्माता पृथ्वीनारायणको स्वरुपमा मानिसलाई सजाएर घोडामा सवार गराउदै मुख्य चौक क्षेत्रमा परिक्रमा समेत गराउदै आएकोमा यस पटक पनि निरन्तरता दिएको हो ।
सप्ताह व्यापी रुपमा मनाइने पृथ्वि जयन्तीका अवसरमा वौद्धिक व्यक्तित्वहरुका साथमा पृथ्विनारायण शाहका विविध आयामका विषयमा वहस , नेपाल एकिकरणमा पृथ्वि नारायण शाहको योगदान शिर्षकमा अन्तर विद्यालय तथा अन्तरकलेज वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
मुल कार्यक्रममा विभिन्न संघ संस्था , जातजातिय संघसंस्थाहरुको तर्फबाट जातिय भेषभुषामा सजियर झाँकी सहित र्याली निकाली कार्यक्रम स्थलमा पुगेर विधिवत रुपमा कार्यक्रम सञ्चालन भएको थियोे ।
कार्यक्रममा पुर्व मन्त्री रामकुमार सुब्बा, पृथ्वी जयन्ती तथा नेपाल एकीकरण का विषयमा प्रा डा बद्री विशाल पोखरेल, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समिति इटहरीकापुर्व संयोजकहरू, इटहरीका सामाजिक व्यक्तित्व ,राजनीतिक व्यक्तित्व , नेपाल प्रहरी लगाएतको सहभागीता गरेको थियो


