समाज

    Showing ८,०८१-८,०९० of ११,२७९ items.
  • पौस २७ गते इटहरीमा भव्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने

    इटहरी । नेपाल एकीकरणका अभियान्ता राष्ट्र निर्माता  पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै विगतका वर्ष झै यस वर्ष पनि सुनसरीको इटहरीमा  भव्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ ।      राष्ट्र निर्माता  पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्तीको अवसर पारेर सुनसरीको इटहरीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइने वौद्धिक व्यक्तित्वहरुका साथ परिसम्वाद तथा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।    भोलाकाजी बस्नेतको संयोजकत्वमा  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता  दिवस मुल समारोह समिति गठन गरी पृथ्वी जयन्ती मनाउ

    • प्रकाशित मितिः पुस २५, २०८१
    • २४६ पटक पढिएको
  • संघीयता कार्यान्वयनका लागि २४ कानुन संशोधन गर्न कोशी प्रदेशलाई सुझाव

    इटहरी । संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी कार्यदलले कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । बुधबार विराटनगरमा प्रतिवेदन हस्तान्तरण गर्दै कार्यदलले संघियता कार्यान्वयनका लागि तत्काल कोशी प्रदेश सरकारले बनाएका २४ वटा कानुनहरु संसोधन गर्नुपर्ने सुझाव दिएको छ । कोशी प्रदेश सरकारले बनाएको संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदनमा प्रदेशको एकल अधिकारमा रहेका २३ वटा कानुनहरु र संघ र प्रदेशको साझा अधिकारमा रहेका २० वटा कानुनहरु निर्माण गर्नुपर्ने उल्लेख छ । संघीयता कार्यान्वयन तथा प्रदेशलाई थप मजबुत र प्रभावकारी बनाउन कानुन निर्म

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ३२० पटक पढिएको
  • पथरी शनिश्चरे नगरपालिकाका कर्मचारीको सेवाकालीन प्रशिक्षण

    इटहरी । पथरी शनिश्चरे नगरपालिकाका  कर्मचारीहरूको कार्यालय सञ्चालन तथा व्यवस्थापन  सेवाकालीन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा  ३० दिवसीय सेवाकालीन प्रशिक्षण कार्यक्रमको समापन भएको हो । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सम्पन्न भएको ३० कार्य दिनको सेवाकालीन प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तुम्वापोले नगरको समग्र विकासका लागि कानुनी झन्झटलाई हटाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रशिक्षणमा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्दै, कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरू र प्रशिक

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ३०५ पटक पढिएको
  • प्रमुख जिल्ला अधिकारी बास्तोलालाई अभिनन्दन सहित बिदाई

    इटहरी । बिर्तामोड उद्योग बाणिज्य संघ सहित विभिन्न तीन दर्जन बढी संघ संस्थाले झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई सम्मान सहित बिदाई गरेका छन् । गत सोमवार गृहमन्त्रालयले झापा सहित १२ जना प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको थियो । वास्तोलाको सरुवा भएसंगै सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी वास्तोलाको गृहमन्त्रालय सरुवा भएसंगै बिर्तामोड उद्योग वाणिज्य संघ सहित विभिन्न संघ संस्थाले संयुक्त रुपमा अभिनन्दन गर्दै  प्रमुख जिल्ला अधिकारीलाई  बिदाई गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य सं

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ३२८ पटक पढिएको
  • प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण, समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन

    इटहरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस २४ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वाँहाले कार्यलय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालय प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वँहाले समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न तथा आपसी भाईचारा तथा सहयोगी भावनाक

    • प्रकाशित मितिः पुस २४, २०८१
    • २९४ पटक पढिएको
  • लागुऔषध सहित ६ जना पक्राउ

    इटहरी । झापा, सुनसरी, इलाम र धनकुटाबाट लागुऔषध सहित ६जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २३ गते झापाको मेचीनगर नगरपालिका(६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका ४ का ३१ बर्षीय दिल प्रसाद राई र दमक २ की २९ बर्षीया स्मारिका नेम्बाङलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीलेधरान १२ स्थित डेरा गरि बस्दै आएकी २२ बर्षीया सम्झना लिम्बुलाई निषेधित औषधी १८२ चक्की र गाँजा १००ग्राम सहित पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा १६ किलोग्राम गाँजा

    • प्रकाशित मितिः पुस २४, २०८१
    • १८९ पटक पढिएको
  • सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

     इटहरी ।  किमाथाङ्का– जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए । उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र  मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।  

    • प्रकाशित मितिः पुस २४, २०८१
    • २३९ पटक पढिएको
  • ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

    इटहरी। पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही  पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ । नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने गणपति प्रल्हद घलेले जानकारी दिनुभयो । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका

    • प्रकाशित मितिः पुस २४, २०८१
    • २०९ पटक पढिएको
  • निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा अधिकारी

    इटहरी। निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित हुनुभएको छ । मङ्गलबार भएको मतदानमा १६३ मत ल्याई अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गर्नुभयो । त्यस्तै, सहकोषाध्यक्षमा सुरेन्द्र धिमाल निर्वाचित हुनुभयो । सहकोषाध्यक्ष पदका लागि तीन जनाबिच प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये धिमाल १०४ मत ल्याई निर्वाचित हुँदा सोही पदमा एंगल गुरुङले ९९ र सुरेश भट्टराईले ९८ मत प्राप्त गर्नुभयो  । त्यस्तै, सदस्यहरुमा प्रवीण कट्वाल २४६, मनोज उप्रेती २२४, इन्जिनियर विवेक जवेगू २२५, गंगाप्रसाद गौतम २२४, दिनेश मैनाली २२२, ज्ञानबहादुर ताम

    • प्रकाशित मितिः पुस २४, २०८१
    • २१२ पटक पढिएको
  • ताप्लेजुङमा वर्षा र हिमपात

    इटहरी । ताप्लेजुङमा मङ्गलबार राति वर्षा र हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च भेगमा बाक्लो हिमपात भएको हो । ताप्लेजुङमा यो दोस्रो पटक हिमपात भएको हो । जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मुक्कुमलुङ सहित उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मामा सामान्य हिउँ परेको छ । ओलाङ्चुङगोला बस्तीमा सामान्य हिउँ परेको स्थानीय दावाफुटी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार ओलाङ्चुङगोलामा वर्षा भएको छैन । यस्तै, फलेका स्थानीय मिङ्मा शेर्पाका अनुसार फले र घुन्सा बस्तीमा पनि सामान्य मात्र हिउँ परेको छ । उच्च हिमाली क्षेत्

    • प्रकाशित मितिः पुस २४, २०८१
    • १८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]