इटहरी । झापा, सुनसरी, इलाम र धनकुटाबाट लागुऔषध सहित ६जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २३ गते झापाको मेचीनगर नगरपालिका(६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका ४ का ३१ बर्षीय दिल प्रसाद राई र दमक २ की २९ बर्षीया स्मारिका नेम्बाङलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीलेधरान १२ स्थित डेरा गरि बस्दै आएकी २२ बर्षीया सम्झना लिम्बुलाई निषेधित औषधी १८२ चक्की र गाँजा १००ग्राम सहित पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा १६ किलोग्राम गाँजा बोकेको को। ३३ प ९३०७ नम्बरको मोटरसाईकल सहित मोटरसाईकलमा सवार सहिदभुमि गाँउपालिका ७ का ३९ बर्षीय निकेन्द्र राई र उनको श्रीमती ३० बर्षीया निशा राईलाई पक्राउ गरेको छ भने इलामको देउमाई नगरपालिका ३ का ५० बर्षीय रमेश अधिकारीलाई औषधी ९२ चक्की ब्राउन सुगर १ ग्राम ७४० मिलिग्राम सहित इलाका प्रहरी कार्यालय मंगलबारेले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


