समाज

    Showing ८,१९१-८,२०० of ११,२७९ items.
  • इटहरीको मुक्तिनारायण मन्दिरमा श्रीवामन महापुराण सप्ताह ज्ञान महायज्ञ समापन

    इटहरी / इटहरी २ स्थित मुक्तिनारायण मन्दिरमा आयोजित श्रीवामन महापुराण सप्ताह ज्ञान महायज्ञ भव्यताका साथ समापन भएको छ। मंसिर २७ गते बिहीबारदेखि शुरू भएको महायज्ञ पौष ३ गते बुधवारसम्म सव्य र भव्य रुपमा सम्पन्न भयो। मन्दिरको संरक्षण, संवर्द्धन, र बृहत्तर विकासको लक्ष्यले आयोजित यस महायज्ञमा धार्मिक, सांस्कृतिक, र आध्यात्मिक महत्वका विविध कार्यक्रमहरू आयोजना गरिए।महायज्ञको मुख्य आकर्षण कथा वाचन, आध्यात्मिक प्रवचन, झाँकी प्रदर्शन, आरती, र प्रसाद वितरण थिए। श्रद्धेय व्यासाचार्य पण्डित डा. पराङ्कुश प्रप्रन्नाचार्यले कथा वाचन र पण्डित श्री प्रणव कोइरालाले पाठ पारायण गरेका थिए। महायज्ञ अवधिभर दैनिक पूजा

    • प्रकाशित मितिः पुस ३, २०८१
    • ३३५ पटक पढिएको
  • सुन्दरहरैँचामा विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

    इटहरी / मोरङ जिल्लाको सुन्दरहरैँचा–१ स्थित नवजनज्योति आधारभूत विद्यालयका १०० जना विपन्न परिवारका विद्यार्थीले न्यानो कपडा पाएका छन्। पहिलो पाइला नेपाल सुन्दरहरैँचा शाखाले बुधवार विद्यालयमा आयोजित विशेष कार्यक्रममार्फत न्यानो स्विटर वितरण गरेको हो। विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा यो कार्यक्रम गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष टीकाराम घिमिरेले चिसो मौसममा विपन्न परिवारका बालबालिकाहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए। उनले भने, "पहिलो पाइला नेपालले बालबालिकाको भलाइका लागि सञ्चालन गर्ने हरेक अभियानलाई सुन्दरहरैँचा शाखाले

    • प्रकाशित मितिः पुस ३, २०८१
    • ५०४ पटक पढिएको
  • दुहबीमा छाला उद्योगको सार्वजनिक सुनुवाइ बिथोलियो दुर्गन्ध फैलिदा आफ्नो घरमा बस्न नसकेको स्थानीयको गुनासो

     दुहवी/ सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टैनरिज छाला उद्योगले प्रारम्भिक वातावरणिय परिक्षण मुल्यांकन (IEE) पास गर्न आज गरेको सार्वजनिक सुनुवाइ विरुद्ध स्थानीयहरुले बिरोध प्रदर्शन गर्दै कार्यक्रमनै बिथोलीएका छन ।सार्वजनिक सुनुवाइमा उद्योग प्रशासनले एकतर्फी सुनुवाइ गरेको भन्दै स्थानीयहरुले नाराबाजि सहितको बिरोध प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयहरुले सार्वजनिक सुनुवाइ गर्न बनेको माइन्युट समेत च्यातेका थिए । उक्त उद्योगले अत्याधिक दुर्गन्ध र प्रदुषण गरेको भन्दै स्थानीयहरु उद्योग संचालन भएदेखि निरन्तर आन्दोलित भएका हुन । छाला उद्योगले गाउँनै दुर्गन्ध बनाएको कारण बस्तीमा दु

    • प्रकाशित मितिः पुस २, २०८१
    • २४८ पटक पढिएको
  • सञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेश हुन्छ: मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेश हुने बताउनुभएको छ । विधेयकका सबै काम सकिएको भन्दै उहाँले आगमी अधिवेशनमा पेश गर्ने जानकारी दिनुभयो । आज कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोशी प्रदेशका नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै उहाँले पत्रकारका हक हितको संरक्षण र पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास तथा सम्वृद्धिको लागि कृषिमा आधारित उद्योग र पर्यटन नै मुल आधार रहेको भन्दै अब सम्वृद्धिका लागि सबैले सहयोग गर्नु

    • प्रकाशित मितिः पुस २, २०८१
    • २८५ पटक पढिएको
  • बराहक्षेत्रमा महिलाहरूको लागि निःशुल्क आधारभूत कम्प्युटर तालिमको प्रमाण पत्र वितरण

    बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १० मा रहेको न्यू स्टार टेक्निकल इन्स्टिच्युटको आयोजनामा र बराहक्षेत्र नगरपालिका वडा नं ९ को कार्यालयको सहयोगमा विद्यार्थीहरूको ज्ञान सिप क्षमता तथा दक्ष जनशक्ति उत्पादन गराउने उदेश्यले बराहक्षेत्र नगरपालिका ९ भरीका महिलाहरूको लागि निःशुल्क आधारभूत कम्प्युटर तालिमको प्रमाण पत्र वितरण तथा अतिथि गणहरू लाई सम्मान समारोह सम्पन्न भएको छ।उक्त कार्यक्रमना सभापतिको रूपमा रामसेवक कुमार मेहता रहनु भएको थियोे भने प्रमुख अतिथिको रूपमा निरंजन मंडल चन्द्रवंशी रहनुभएको थियो ।कार्यक्रममा अतिथिको रूपमा वडा सचिब होम प्रसाद लिम्बु ,वडा सदस्य चतुरलाल चौधरी, प्रशि

    • प्रकाशित मितिः पुस २, २०८१
    • ४७१ पटक पढिएको
  • नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशन इटहरीमा: प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

    इटहरी / नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशन यही पुस ६, ७, र ८ गते इटहरीमा आयोजना हुँदैछ। यो महाधिवेशन इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुने र पुस ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट औपचारिक रूपमा उद्घाटन गरिनेछ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन विभिन्न पक्षहरूसँग समन्वय गरिएको महाधिवेशन निर्देशक दीपक ढकालले बताएका छन्।महाधिवेशनमा नेपालभरका १७८ शाखाबाट करिब ५,००० सदस्यहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। महाधिवेशनले सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन गर्नेछ। महाधिवेशनको मुख्य उद्देश्य सामाजिक नेतृत्व विका

    • प्रकाशित मितिः पुस २, २०८१
    • २७३ पटक पढिएको
  • कोशी प्रदेशमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दो, पाँच महिनामा १८२ को मृत्यु

    समीर दुलालइटहरी | कोशी प्रदेशमा चालु आर्थिक वर्षको पाँच महिनामा मात्र सडक दुर्घटनामा परी १८२ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय, इटहरीको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१/८२ को श्रावणदेखि मंसिर २९ गतेसम्म २३०६ वटा सडक दुर्घटना भएका छन्।यी दुर्घटनामा श्रावण महिनामा ४५३ दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने भदौमा ४६५ दुर्घटनामा २७ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी असोजमा ४८४ दुर्घटनामा ३५ जनाको मृत्यु, कात्तिकमा ४७८ दुर्घटनामा ३८ जनाको मृत्यु र मंसिर महिनाको २९ गतेसम्म ४२६ दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कले देखाएको छ।दुर्घटनाका मुख्य

    • प्रकाशित मितिः पुस २, २०८१
    • २६१ पटक पढिएको
  • इटहरीमा यहीँ माघ १९ गतेदेखि दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप हुने

    इटहरी / इटहरीमा दोस्रो पटक स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ। द योङ ब्रदर्स क्लब, इटहरीको आयोजनामा र इटहरी उप-महानगरपालिकाको संयोजनमा माघ १९ गतेदेखि माघ २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। कोशी प्रदेश खेलकुद विकास बोर्डको संरक्षकत्वमा हुने यस प्रतियोगिता जनता बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो २ बजेबाट सुरु हुनेछ।प्रतियोगिताका बारेमा क्लबका अध्यक्ष विजय सुब्बाले फुटबलको विकास र स्थानीय युवा प्रतिभालाई प्रोत्साहन गर्न यो प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार यस प्रतियोगिताले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै उनीहरूलाई दु

    • प्रकाशित मितिः पुस २, २०८१
    • ६०१ पटक पढिएको
  • किरियापुत्री बसे छोरी

    बिराटनगर/ छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई यहाँका दुई दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् ।धनकुटा जिल्लाको सान्ने घर भइ हाल मोरङ बिराटनगर महानगरपालिका वडा न. १४ मा गेस्ट हाउस सन्चालन गर्दै आएका  बर्ष ४१ का नेत्र बहादुर पान्डेको असामयिक निधनपछि उनकी छोरीहरू डेनिसा पाण्डे र चेल्सिया पान्डे किरियामा बसेका हुन् । ४१ वर्षीय व्यवसायी पाण्डेको मिर्गौलामा समस्या देखिएर शनिबार निधन भएको थियो ।आमा मैयाँ पान्डेसँगै दुई छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन् । दुवैले घाटमै पुगेर बाबुलाइ दागबत्ती दिएका

    • प्रकाशित मितिः पुस २, २०८१
    • १,३१७ पटक पढिएको
  • इटहरी उपमहानगरले सामुदायिक विद्यालयमा अत्याधुनिक डेक्स बेन्च वितरण गर्‍यो

    इटहरी | इटहरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूको भौतिक संरचना सुधार र शैक्षिक वातावरण उकास्न ऐतिहासिक कदम चालेको छ। शिक्षा सुधार कार्यक्रम अन्तर्गत उपमहानगरले ३६ वटा सामुदायिक विद्यालयमा ३,८६० थान अत्याधुनिक डेक्स बेन्च वितरण गरेको हो।इटहरीको राष्ट्रिय माविमा आयोजित एक विशेष कार्यक्रममार्फत विद्यालयका प्रधानाध्यापकहरूलाई डेक्स बेन्च हस्तान्तरण गरियो। कार्यक्रममा मेयर हेमकर्ण पौडेलले पुराना र थोत्रा डेक्स बेन्चका कारण विद्यार्थीले भोग्नुपरेका समस्याहरू समाधान गर्नका लागि यो पहल गरिएको बताउनुभयो। उहाँका अनुसार आधुनिक डेक्स बेन्चहरूले विद्यार्थीहरूको पठन–पाठनलाई सहज बनाउनुका साथै विद्यालयप्

    • प्रकाशित मितिः पुस १, २०८१
    • २९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]