समाज

    Showing ८,२९१-८,३०० of ११,२७९ items.
  • उदयपुरमा कारको ठक्करबाट एकजनाको मृत्यु

    इटहरी । उदयपुरको चौडण्डीगढी नगरपालिका–९ स्थित भिमामा घरमै बसेकालाई कारले ठक्कर दिंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४५ बर्षिया कमलादेबी चौधरी रहेकी छन्। मदनभण्डारी राजमार्गको गाईघाट–चतरा सडकखण्डको भिमामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०४००१ च १३८६ नम्बरको कार अनियन्त्रित भइ सडक नजिकमा रहेको घरमै बसिरहेकी चौधरीलाई ठक्कर दिएको थियो। कारका चालक र एक सवारसमेत घाईते रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाएको इलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक बबिन राईले जानकारी दिए। घुमाउरो सडकमा तीव्रगतिको कार अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • २९५ पटक पढिएको
  • भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णोद्धार गरिँदै

    इटहरी । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको भोजपुरको धार्मिक तथा पर्यटकीय स्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णोद्धार गरिने भएको छ । कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णोद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मन्दिरको पुरानो स्वरूपलाई यथावत् राख्दै जीर्णोद्धार गरिने अध्यक्ष बस्नेतको भनाइ छ । यस मन्दिरमा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट दर्शानार्थी आउने गरेका छन् । यहाँ दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मन्दिरमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई प

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • २६० पटक पढिएको
  • रामधुनीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८१ हुने

    रामधुनि / रामधुनीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ। रामधुनी नगरपालिका ९  को  रङ्गशालामा २०८१ मङ्सिर २९ गतेदेखि पौष ६ गते सम्म आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी  गराइएको छ । उदियमान युवा नेपाल रामधुनी ९ को आयोजना तथा रामधुनी नगरपालिका झुम्का सुनसरीको संयोजनमा हुने प्रतियोगितामा सहभागी हुने टिम हरू च्यातयसा फुटबल क्लब दमक झापा, गाईघाट फुटबल क्लब उदयपुर, आयोजक उदियमान युवा नेपाल रामधुनी, तालतलैया फुटबल टिम इटहरी, एपीएफ फुटबल टिम पकली, साइनो स्पोर्टिङ क्लब मिलसेरिया मोरङ, मेघ फुटबल क्लब विराटनगर मोरङ स्टार एकेडेमी भरौल बराहक्षेत्र रहेको उदियमान युवा नेपाल

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ८२८ पटक पढिएको
  • रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।प्रहरीले आइतबार पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ । सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर प्रहरीले लामिछानेलाई पोखरा पुर्‍याएपछि आज पाँचौं पटक म्याद थ

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • २११ पटक पढिएको
  • अनावश्यक खर्चलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने मुख्यमन्त्री कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन्  । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आज आयोजना गरेको छलफलमा मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्ने बताए । राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख गरे । स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउँदै उनले प्रदेश र स

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • २४६ पटक पढिएको
  • इटहरीमा म्याजिकको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु

    ईटहरी । इटहरीमा म्याजिकको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक धर्मदेबी नगरपालिका ३ बस्ने ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिचान खुलिनसकेको सवारी साधनको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार भ्याजिक भ्यान र टिपर ओभरटेक गर्नेक्रममा मोटरसाइकल उ

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ३२९ पटक पढिएको
  • मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध

    काठमाडौं । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने सहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामा आयोजित एक कार्यक्रममा मिनामिताने टाउनका प्रमुख हिरोयासु कोजोनो र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईको उपस्थितिमा सो सम्बन्ध सुरुआतको घोषणा गरिएको हो । जापानका पूर्वव्यवसायी एवं नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापाको समन्वयमा यी दुई पालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो । उक्त सम्बन्ध स्थापना गर्न शनिबार आयोजित कार्यक्रममा जापानका तर्फबाट खागोसीमा प्रान्तका गभर्नर कोइची सिओता, सभामुख सुन्लो सिओगामा र जापान एयरोस्पे

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • २२१ पटक पढिएको
  • क्यानडाबाट फर्किएका दुहबीका माझी दम्पत्ति होटलमा मृत भेटिए

    दुहबी / सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ । मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले बताए ।उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।त्यसपछि जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरी

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • १४२ पटक पढिएको
  • जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा २५६ कुपोषित बालबालिकाको उपचार

    इटहरी। जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा २५६ कुपोषित बालबालिकाको उपचार गरिएको छ । चार वर्षको अवधिमा उक्त सङ्ख्याको कुपोषणबाट ग्रसित बालबालिकाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल अन्तर्गत सञ्चालित पोषण पुनःस्थापना गृहबाट बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपाङ्गताको सिकारबाट बचाउन सेवा प्रदान भइरहेको रुम्जाटार अस्पतालका डा। साजन दुवालले बताउनुभयो । आवासीय पोषण पुनःस्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्य उपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको डा दुवालले जानकारी दिनुभयो । बालबालिक

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • १६५ पटक पढिएको
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइतेको मृत्यु

    सुनसरी —साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय फुलेश्वर मेहताको उपचारका क्रममा मृत्यु भएको छ ।सुनसरी प्रहरीका अनुसार प्रसाईं सवार वागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले गत कात्तिक २५ गते कोशी गाउँपालिका–३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । कोशी ब्यारेजतर्फ गइरहेको प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय ६० वर्षीय मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।दुर्घटनालगत्तै दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई उपचारका लागि सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । मेहताको

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • २४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]