समाज

    Showing ८,४०१-८,४१० of ११,२९७ items.
  • जसपा नेपाल कोल्याप्स, राप्रपा र नेपाली कांग्रेसमा पहिरो

    सुबास घिमिरे /  इटहरी / सुनसरी। जसपा नेपाल दुहबी नगर कमिटी पूर्कोण रुपमा कोल्याप्स यानिकी बिलय भएको छ। आज दुहबीमा आयोजित एक कार्यक्रममा दुहबी नगर कमिटीका अध्यक्ष हकिम मियाको नेतृत्वमा दीपक ढकाल, सन्तोष बराल लगायत ३०० जना अगुवा कार्यकर्ता नेकपा एमाले प्रवेस गरेपछी दुहबी नगरपालिका जसपा कमिटि बिहिन भएको छ। दुहबी नगरपालिकाका विभिन्न वडाबाट विभिन्न पार्टी परित्याग गरी ५५० जना बढी नेता, कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । दुहबी वडा नं ४ बाट जसपा दुहबी नगर कमिटीका अध्यक्ष हकिम मियाको नेतृत्वमा दीपक ढकाल, सन्तोष बराल लगायत ३०० जना, त्यसै गरी दुहबी वडा नं ६ का पूर्व वडा अध्यक्

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • १९४ पटक पढिएको
  • त्रियुगा नगरपालिकाद्वारा राष्ट्रिय महिला खेलाडी अमिषालाई सम्मान

    उदयपुर । त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिषा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पियनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत देश विदेश सम्म चिनाउन सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबलको सदस्य हुँदै रास्ट्रीय टिममा परेकी हुन् । हालै सम्पन्न साफ महिला च्याम्पियनसीपमा कार्कीले अन्तिम फाइनल खेल बंगलादेश बिरुद्ध १ सहित ४ गोल गरेकी थिइन् । कार्कीलाई नगद सहित सम्मान पत्र हस्तान्तरण गर्दै त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले अमिषा नगरपालिकाको गहना मात्र नभएर यो देशकै उदाउँदो त

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • २२७ पटक पढिएको
  • संविधान संशोधन गरेर प्रदेशको अधिकार बढाऊँ मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले संविधान संशोधन गर्ने कार्य तत्काल सम्पन्न गरेर प्रदेशको अधिकार र प्रभावकारिता वृद्धि गर्न सकिने बताउनुभएको छ ।  बिहीबारबाट विराटनगरमा सुरु मुख्यन्यायाधिवक्ताहरुको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेका अधिकारहरु नदिदा प्रदेश सरकारहरुले कामै गर्न नसक्ने अवस्था आएको र जनतामा प्रदेश संरचना प्रति वितृष्णा उत्पन्न हुने गरेको उल्लेख गर्नुभयो । यसका लागि तत्काल संविधान संशोधन गर्नुपर्ने उहाले बताउनुभयो । मुख्यमन्त्री कार्कीले संविधानमा रहेको त्रुटी तथा कमजोरीहरु सच्याएर तीन तहको संरचना आवश्य

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • २०८ पटक पढिएको
  • सरकारी जग्गा अतिक्रमण गरी बनेको फनपार्क बन्द

    इटहरी । इलामको माई नगरपालिका–२ मा सरकारी र सामुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ । वन डिभिजन कार्यालय इलामले सो फनपार्क अदालतको आदेशपछि निर्माणकर्ता आफैँले बन्द गरेको कागज बुझाएको जनाएको छ । कार्यालयले आज आयोजना गरेको एक पत्रकार सम्मेलनमा फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले फनपार्क बन्द गरिएको हस्ताक्षरसहितको पत्र कार्यालयलाई बुझाएको कार्यालय प्रमुख दानबहादुर श्रेष्ठले बताउनुभयो । एकसय ३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सरस्वती सामुदायिक वनको जग्गा अतिक्रमण गरी कूल दुईसय १८ रोपनी जग्गामा हेप्पी ड्रिम्प्स चेप्टी प्राल

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • १६८ पटक पढिएको
  • साफ प्रतियोगितामा खेल्ने उदयपुरका खेलाडीहरुलाई सम्मान

    इटहरी । नेकपा एमाले जिल्ला कमिटी उदयपुरले साफ महिला फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट खेल्ने उदयपुरका खेलाडीहरुलाई सम्मान गरेको छ । एमाले जिल्ला कमिटीले बिहीबार साफ प्रतियोगितामा खेल्ने उदयपुरका दुई खेलाडीलाई नागरिक अभिनन्दन सहित सम्मान गरेको हो । फुटवल खेलाडीहरु अमिसा कार्की र सविता थापा मगरलाई बाजा गाजा सहित सदरमुकाम गाईघाट बजार परिक्रमा सहित अभिन्दन र सम्मान गरिएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिनु भयो । उदयपुर गृहजिल्ला भएका खेलाडीहरु अमिसा कार्की त्रियुगा नगरपालिका ५,  सविता थापा मगर रौतामाई गाउँपालिका ५ र हिरा भुजेल कटारी नगरपालिका ५ का स्थायी बासिन्दा भएका

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • २०३ पटक पढिएको
  • विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदै

    काठमाण्डौ । १९ वर्षमुनि नेपाली महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदैछ । नेपाल क्रिकेट सङ्घ ९क्यान० का अनुसार नेपाली महिला टोली बेलुका सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछ । विश्वकप छनोटको हिजो भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले हराउँदै १९ वर्षमुनिको नेपाली महिला टोली पहिलो पटक विश्वकपमा पुग्न सफल भएको छ । १९ वर्षमुनिको महिला विश्वकप आउँदो जनवरी १८ देखि मलेसियामा हुँदैछ । नेपाल समूह ुडीु मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्डसँगै परेको छ । पहिलो खेल नेपालले जनवरी १८ मा बङ्गलादेशसँग खेल्नेछ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • १९९ पटक पढिएको
  • अर्जुनधारा धाममा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

    इटहरी । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुदर्शी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले आगामी मङ्सिर ८ देखि १५ गतेसम्म महायज्ञ हुने जानकारी दिनुभयो । विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी सो पर्यटक भित्र्याउने लक्ष्य राखेको हो । विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ । उहाँले धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक महायज्ञ गरिने जानकारी दिनुभयो । बाला चतुर्दशीमा समापन हुने गरी आयोजना

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • १४३ पटक पढिएको
  • रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मङ्सिर तीन गतेलाई पेसी

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै  अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा दर्ता गराएका हुन् । यो मुद्दामा मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ । उक्त निवेदन सुरुमा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । कात्तिक १४ गते सर्वोच्च प्रशासनले उक्त निवेदन दरपिठ गरेको थियो । सह रजि

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • १७७ पटक पढिएको
  • डेडिकेटेड र ट्रङक लाइनको बक्यौता १५ दिनभित्र बुझाउन उपभोक्तालाई प्राधिकरणको अनुरोध

    काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङक लाइनबाट विद्युत लिएका उपभोक्तालाई १५ दिनभित्र बक्यौता महसूल बुझाउन अनुरोध गरेको छ । गएको आइतवार बसेको मन्त्रिपरिषद्को बैठक र मङ्गलवार बसेको प्राधिकरणको सञ्चालन समितिको बैठकले बक्यौता महसूल १५ दिनभित्र असुलउपर गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार वितरण केन्द्रबाट सम्बन्धीत उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू, टी थ्री टाइम इन्टरभल मा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको बिल छुट दिएको छ । बिलअनुसार बक्यौता महसूल १५ दिनभित्र अर्थात् आउँदो मङ्सिर १२ गतेभित्र सम्बन्धीत वितरण के

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • ११६ पटक पढिएको
  • प्रवेशाज्ञाबिना प्रवेश गरेको अभियोगमा पक्राउ

    इटहरी । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई बंगालादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । आफ्नो परिचय खुल्ने कुनै कागतपत्र नभएका उनीहरुको साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं। गणका सूचना अधिकारी महेशराज बिष्टले बताए । उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • १०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]