इटहरी । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुदर्शी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले आगामी मङ्सिर ८ देखि १५ गतेसम्म महायज्ञ हुने जानकारी दिनुभयो । विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी सो पर्यटक भित्र्याउने लक्ष्य राखेको हो । विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ । उहाँले धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक महायज्ञ गरिने जानकारी दिनुभयो । बाला चतुर्दशीमा समापन हुने गरी आयोजना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा दर्ता गराएका हुन् । यो मुद्दामा मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ । उक्त निवेदन सुरुमा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । कात्तिक १४ गते सर्वोच्च प्रशासनले उक्त निवेदन दरपिठ गरेको थियो । सह रजि
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङक लाइनबाट विद्युत लिएका उपभोक्तालाई १५ दिनभित्र बक्यौता महसूल बुझाउन अनुरोध गरेको छ । गएको आइतवार बसेको मन्त्रिपरिषद्को बैठक र मङ्गलवार बसेको प्राधिकरणको सञ्चालन समितिको बैठकले बक्यौता महसूल १५ दिनभित्र असुलउपर गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार वितरण केन्द्रबाट सम्बन्धीत उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू, टी थ्री टाइम इन्टरभल मा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको बिल छुट दिएको छ । बिलअनुसार बक्यौता महसूल १५ दिनभित्र अर्थात् आउँदो मङ्सिर १२ गतेभित्र सम्बन्धीत वितरण के
इटहरी । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई बंगालादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । आफ्नो परिचय खुल्ने कुनै कागतपत्र नभएका उनीहरुको साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं। गणका सूचना अधिकारी महेशराज बिष्टले बताए । उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएपछि संसदीय समितिले बैठक आह्वान गरेको छ ।प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बोलाएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणालाई समेत बोलाउने समितिको तयारी छ । चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ ९२, डिसेम्बर० गते चीनको राजधानी बेइजिङ जान लागेका हुन् । प्रधानमन्त्र
इटहरी। नेकपा एमाले इलामको ११ औँ जिल्ला अधिवेशन आज इलाम सदरमुकाममा हुँदै छ । सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा दिउसो १२ बजे सुरु हुने अधिवेशनको एमाले पाटी उपाध्यक्ष गुरु बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला सचिव उमेश गुरुङले बताउनुभयो । अधिवेशनका लागि सबै तयारी पूरा भएको र अधिवेशन प्रतिनिधिहरू सदरमुकाम आउन थालेको जिल्ला उप–सचिव रवीन्द्र सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार भोलिसम्म हुने अधिवेशनमा पाँच सय ८७ प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उप–सचिव सहित १२५ सदस्य समिति चयन हुने बताइएको छ ।
इटहरी। सुनसरीको गढी गाउँपालिका ६ मा मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । स्थानीय तहको शक्ति परीक्षणको सोचमा स्थानीय दलहरू रहेकाले उपनिर्वाचनको सरगर्मी बढ्दै गएको हो । विगतका दुई स्थानीय तहको निर्वाचनमध्ये पहिलो निर्वाचन २०७४ मा नेपाली काग्रेंस र दोस्रो निर्वाचन २०७९ मा नेकपा एमालेले जितेको गढी गाउँपालिका ६ मा मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । पछिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित वडा अध्यक्ष सदानन्द झाँगडको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ । यस वडामा चुनावी प्रतिस्पर्धाका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात राजनीतिक दल
दोहा – प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपमहासचिव चानक पोखरेलले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचार, मानवतस्कर, जनता ठगी वा अन्य कुनै गतिबिधि गरेर कमाउ धन्दामा लाग्ने मन्त्री हुन्, पार्टीका नेता हुन् कार्यकर्ता हुन् कि कर्मचारी कसैलाई नछाड्न आग्रह गरेका छन्। नेपाल सरकार र सम्माननीय प्रधानमन्त्रीज्यू प्रवासी भूमिमा बसेका हामीलाई तपाईको इमान र निष्ठा प्रति बिश्वास छ । तपाईलाई कमाउनु छैन, तपाईमा लोभ छैन लालसा छैन तर तपाईसंगको निकटता दुरुपयोग गरेर, तपाईंको नामको दुरुपयोग गरेर कसैले त्यसमा लाभ लिन खोज्छ भने चाहे वरिष्ठ नेता हुन्। चाहे सल्लाह चाहे सल्लाहकार परिषद्का नेता हुन् चाहे जिल्ल
इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न आङ्खोप कप फुटबल प्रतियोगिताको उपाधि खेवाङ रिपोर्टिङ क्लब र आयोजक आङ्खोप युवा समाजले जितेको छ । आङ्खोप कपको पुरुषतर्फ सिरिजङ्घा गाउँपालिका–७ खेवाङ र महिलातर्फ सिदिङ्वा गाउँपालिका–३ आङ्खोपले उपाधि जितेको हो । फाइनल खेलमा पाँचथर, फाल्गुनन्द गाउँपालिकाको टु स्टार सिर्जनशील क्लबलाई २–१ को गोलअन्तरले हराउँदै खेवाङ रिपोर्टिङ क्लबले उपाधि जितेको हो । उपाधि जितसँगै खेवाङले एक लाख रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । यस्तै उपविजेता बनेको टु स्टार सिर्जनशील क्लबले ५१ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुप
काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो । सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो । मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्नेसहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल समेत जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्यय
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.