झापा, ७ कात्तिक । झापाको दमकमा जग्गा विवादका कारण भएको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा दमक नगरपालिका वडा नं. ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।मंगलबार साँझ दमक नगरपालिका वडा नं. ३ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा ढुङ्गा लागेर गम्भीर घाइते भएका निरौलालाई तत्काल उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय दमकका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । प्रहरीले केही शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइसकेको र
काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको १०० दिनको उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।गत ३० असारमा चौथो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा सरकारका महत्वपूर्ण कार्य र उपलब्धिहरू सार्वजनिक गर्न लागेका हुन् ।यसैबीच, उपलब्धि सार्वजनिकीकरण कार्यक्रम अघि प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलहरूसँग छलफल गर्न बिहान बैठक बोलाएका छन् । बैठक केहीबेरम
इटहरी । नेकोस राष्ट्रिय एथलेटिक्स संघ सुनसरीले हरिनगरा गाउँपालिकामा सर्वसम्मत रूपमा मिराज अन्सारीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । नेकोस सुनसरीका उपाध्यक्ष देवराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ३५ सदस्यीय कमिटी गठन भएको हो । नवनिर्वाचित कमिटीमा सजिद अन्सारी उपाध्यक्ष, ईमराम अन्सारी सचीव, र दिल साद अन्सारी कोषाध्यक्षको रूपमा चयन भएका छन् । उक्त कमिटीले आगामी दिनमा हरिनगरा क्षेत्रमा एथलेटिक्स तथा खेलकुदको क्षेत्रमा विशेष योगदान दिने प्रतिबद्धता जनाएको छ । अध्यक्ष मिराज अन्सारीले सबै सदस्यहरूलाई खेलकुदको विकास र संघको लक्ष्य प्राप्तिमा जुट्न आह्वान गर्दै, खेलकुदको माध्यमबाट युवाहरूलाई
इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत इटहरी र पूर्वीगैसार सेवा केन्द्र एकाईको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार नेवा पार्टी प्यलेसमा भएको कार्यक्रमको सभाको अध्यक्षता संस्थाका अध्यक्ष शालिकराम ढकालले गर्नुभएको थियो । शुरुवातमा ३४ जना व्यक्ति र रु १७ सयको पुँजीबाट सुरु भएको यो संस्था अहिले २३ हजार ३ सय ६८ जना सदस्यता विस्तार भएको छ । सभामा प्रस्तुत प्रतिवेदन अनुसार, १३ करोड ९७ लाख ५८ हजार रुपैयाँको सेयर पुंजी रहेको छ । संस्थाले १ करोड ३१ लाख १२ सय ५२ रुपैयाँ ऋण लगानी गरेको छ भने कुल आम्दानी १८ करोड ६० लाख ७९ हजार १ सय ६६ रुपैयाँ रहेको प्रतिवेदनमा उल
इटहरी । पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिले दुई जना विपन्न श्रमिकलाई आर्थिक सहयोग गरेको छ । सोमबार पथरी शनिश्चरे वडा नं. ४ का घाइते श्रमिक प्रदिप कुमार राई र वडा नं. १ का विपन्न मृतक् श्रमिक एन बहादुर तामाङकी श्रीमती गोपी वलोन तामाङलाई आर्थिक सहयोग प्रदान गरिएको हो । अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिका संयोजक एवं वडा नं. १ का अध्यक्ष भीमकुमार राईले प्रदिप कुमार राईलाई १५ हजारको चेक र गोपी वलोन तामाङलाई १० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लोकनाथ न्यौपाने, समितिका सदस्यहरु हरिकुमार सुवेदी, दोर्
इटहरी । रामधुनी नगरपालिकामा क्षयरोग नियन्त्रण कार्यक्रमको वार्षिक समीक्षा तथा कोहोर्ट विश्लेषण सम्पन्न भएको छ । आइतबार रामधुनी स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा नगरपालिकाका ९ वटा वडाका स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । गत वर्ष रामधुनीमा ८७ जना क्षयरोगका बिरामी पहिचान गरिएको थियो । नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि विभिन्न संघसंस्थासँग सहकार्य गर्दै उपचार, सचेतना र रोकथामका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । बागमती सेवा समाजको विशेष सहयोगमा गरिएको यस वार्षिक समीक्षा कार्यक्रममा क्षयरोग रोकथाम र व्यवस्थापनमा नगरका प्रयासलाई थप सशक्त बनाउन आवश
इटहरी । थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको प्रथम अधिवेशन रामधुनी ५ स्थित कल्प वृक्ष पार्टी प्यालेशमा सम्पन्न भएको छ । अधिवेशनले विनोद चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा प्रदीप बास्मैत चौधरी निर्वाचित हुनुभएको छ । कार्यसमितिमा उपाध्यक्ष करण चौधरी, महिला उपाध्यक्ष वन्दना चौधरी, महासचिव सुनिल चौधरी, सचिव अभिराम चौधरी, कोषाध्यक्ष सीत वसन्त चौधरी, र सहकोषाध्यक्षमा पन्नालाल चौधरी चयन भएका छन् । सदस्यहरूमा नेहा चौधरी, तुलाराम चौधरी, सानेकुमार चौधरी, सरोज चौधरी, र पूष्पलाल चौधरी निर्वाचित भएका छन् । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष प्रदीप बास्मैत चौ
इटहरी । एसियन हाइवे अन्तर्गतको पथरी शनिश्चरे सडक खण्डमा पक्की ढल सहितको फुटपाथ र विभिन्न स्थानमा ओभरहेड ब्रिज ( आकाशेपुल ) सहित ६ लेनको सडक निर्माण गर्न माग गरिएको छ । आईतबार पथरी शनिश्चरे नगरपालिकाको संयोजकत्वमा विभिन्न सरोकारवालाहरूको उपस्थितिमा एक सर्वपक्षीय तथा सर्वदलीय बैंठक भएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षतामा भएको सो छलफल सहितको बैंठकमा सडक डिभिजनका प्रतिनिधि तथा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना राय– सुझावहरू दिनु भएको थियो । सो बैठकका क्रममा अधिकांश सरोकारवालाहरूले पथरिशनिश्चरे नगरपालिकाको बढ्दो जनघनत्व तथा बजारीकरणलाई मध्येंनजर
इटहरी । कार्तिक १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पुर्ण बहादुरको सारंगी’ को प्रचार प्रसारात्मक साङ्गीतिक कार्यक्रम इटहरी र धरानमा शनिबार सम्पन्न गरिएको छ । फिल्मका प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल र अन्जना बराइली सहित गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको थियो । मन्डला नाटकघरको जुनकिरी ट्रकको स्टेजमा इटहरीको संगीत चोकमा साङ्गीतिक कार्यक्रम सहित फिल्मको प्रचारप्रसार गरिएको थियो । प्रचारप्रसार कार्यक्रममा फिल्मका गायक प्रशान्त सिवाकोटीले फिल्मका गीतहरू प्रस्तुत गरे भने सारंगी बाधक बिराजले सारंगीमा र्याप प्रस्तुत गर्नुभय
इटहरी । कसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत रामधुनी सेवा केन्द्र एकाईको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अध्यक्षता संस्थाका अध्यक्ष शालिकराम ढकालले गर्नुभएको थियो । शुरुवातमा ३४ जना व्यक्ति र रु १७ सयको पुँजीबाट सुरु भएको यो संस्था अहिले २३ हजार ३ सय ६८ जना सदस्यता विस्तार भएको छ । सभामा प्रस्तुत प्रतिवेदन अनुसार, १३ करोड ९७ लाख ५८ हजार रुपैयाँको सेयर पुंजी रहेको छ । संस्थाले १ करोड ३१ लाख १२ सय ५२ रुपैयाँ ऋण लगानी गरेको छ भने कुल आम्दानी १८ करोड ६० लाख ७९ हजार १ सय ६६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । “संस्था स्थापनाको २९ वर्ष पूरा भए पनि कानुन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.