समाज

    Showing ८,४८१-८,४९० of ११,२९७ items.
  • हर्क साम्पाङले कार्यवाहक तोकेका वडाध्यक्षलाई कार्यवाहकको काम नगर्न उच्च अदालतको आदेश

    धरानका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । धरानका उप मेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएको हो । । न्यायधिस ध्रुवराज नन्दको इजलासले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो। मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । उन

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • ३९९ पटक पढिएको
  • रवि लामिछानेलाई आज अदालतमा पेश गरिदै

    काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेश गरिदै छ । शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुदै शनिबार विहान ३ बजे पोखरा पुर्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो । लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो ।   अ

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • २९१ पटक पढिएको
  • बसको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

    इटहरी । झापामा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । झापा कमल गाउँपालिका ५ स्थित रबि पेट्रोलपम्प अगाडि पश्चिमबाट पूर्ब तर्फ जाँदै गरेको प्र– १–०१–००१ ख ३४३५ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशीत स्थानियले बसमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । घटनापछि मृतकको शव सडकमै राखेर स्थानियले बिरोध जनाएका थिए जसका कारण पूर्ब पश्चिम राजमार्ग केहिबेर अबरुद्ध भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८१
    • ३०२ पटक पढिएको
  • बर्जु ताल विकास व्यवस्थापन समितीलाई टिकट काट्ने आधुनिक मेसिन हस्तान्तरण

    इटहरी । सुनसरीको बर्जु गाउँपालिका द्वारा बर्जु ताल विकास व्यवस्थापन समितीलाई टिकट काट्ने आधुनिक मेसिन हस्तान्तरण  गरेको छ । तालमा घुम्न आउने पर्यटकहरूको संख्यामा वृद्धि भएसँगै, पर्यटकहरूसँग लिइएको रकमलाई पारदर्शी बनाउन गाउँपालिकाले टिकट काट्ने आधुनिक मेसिन हस्तान्तरण गरेको हो । बर्जु गाउँपालिकाको नामकरण नै बर्जु तालबाट भएको बताइन्छ । यस ऐतिहासिक तालको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिकाले महत्त्वपूर्ण कार्य गर्दै आएको छ । टिकट मेशीनले भर्पाईमा पारदर्शिता ल्याउनुका साथै, पर्यटकहरूको आवागमनमा सहजता प्रदान गर्ने छ  । ५७ साल देखि ब्रर्जु तालको व्यवस्थापन व्यवस्थापन समितीले गर्दै आएको

    • प्रकाशित मितिः कार्तिक ३, २०८१
    • ४३५ पटक पढिएको
  • नेपाल तरुण दल सुनसरी अध्यक्ष गुरुङकाे जन्मदिनबाट बृक्षारोपण अभियान सुरू

    इटहरी | नेपाल तरुण दल सुनसरीका अध्यक्ष सीजन गुरुङले आफ्नो जन्मदिनलाई विशेष र सामाजिक रूपमा महत्त्वपूर्ण बनाउन एक उदाहरणीय कार्य गरेरे तरहराको पानी पियामा बृक्षारोपण अभियानको सुरुवात गरेका छन् । गुरुङले समाजमा चेतनामूलक कार्यक्रमहरू जस्तै आपदविपद्‌को बेलामा निःशुल्क स्वास्थ्य सेवा, राहत वितरणजस्ता मानवीय सेवामा सक्रिय रहँदै आएका छन्। यस पटक भने उनले वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न आफ्नो जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रमको आयोजना गरे। सो अवसरमा १ सय बढी बृक्षारोपण गरेका हुन् ।उक्त कार्यक्रममा सयौं तरुण युवाहरुको सहभागिता रहेको थियो, जसले "तरुण १० विरुवा" भन्ने अभियानलाई थप प्रोत्साहन

    • प्रकाशित मितिः कार्तिक ३, २०८१
    • ३६७ पटक पढिएको
  • कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्रीलाई हस्तान्तरण

    विराटनगर / कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ। गत असोज ६ गते गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन बिहीबार (असोज ३०) मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरिएको हो। यस कार्यक्रमले प्रदेशको विकास र समृद्धिका लागि क्षेत्रगत प्राथमिकता निर्धारण गर्दै समग्र कार्ययोजना प्रस्तुत गरेको छ।कार्यक्रमको मुख्य उद्देश्य प्रदेशका महत्वपूर्ण क्षेत्रहरूमा विकास योजना तय गर्दै जनताको आयस्तर वृद्धि गर्न योगदान पुर्‍याउनु हो। ८ पृष्ठ लामो यस मस्यौदामा यातायात, कृषि, स्वास्थ्य, शिक्षा, र औद्योगिक विकासजस्ता विभिन्न क्षेत्रका प्राथमिकताहरू समेटिएका छन्।कोशी प्रदेशको भौगोलिक संरचना

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • २७७ पटक पढिएको
  • कोशी प्रदेशमा ३४ करोड बराबरको अन्नबालीमा क्षति

    विराटनगर / अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा दीपा दियालीले बताए । प्रदेशम

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • ३१२ पटक पढिएको
  • साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आमचोक आसिङ थर्पु काराले प्रथम स्थान हासिल

    भोजपुर – जनजागृति सामाजिक संस्था, टेम्केमैयुङ-९ लेखर्कको आयोजनामा सम्पन्न साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आमचोक आसिङ थर्पु कारा टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पारेको छ। सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा असोज २८ देखि ३० गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा गोगने टिमले दोस्रो स्थान र मातिम टिमले तेस्रो स्थान हासिल गरेको हो।प्रतियोगिताको समापन कार्यक्रममा प्रथम हुने आमचोक आसिङ थर्पु कारा टिमलाई नगद रु ५१,१११ पुरस्कारसहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। दोस्रो स्थान प्राप्त गोगने टिमले रु ३१,१११ नगद पुरस्कार र तेस्रो स्थान हासिल गरेको मातिम टिमले रु २१,१११ नगद

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • ४२९ पटक पढिएको
  • धरानमा कानुन विपरीत कार्यवाहक मेयर तोकेको भन्दै ६ दलको विरोध

    धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कानुनको उल्लंघन गर्दै कार्यवाहक मेयर तोकेको भन्दै ६ राजनीतिक दलहरूले कडा विरोध जनाएका छन्। मेयर राई हाल बेलायत भ्रमणमा छन्, र उनले धरान-११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन्। यसप्रति ती दलहरूले असन्तोष जनाउँदै यो निर्णयलाई अवैध र कानुनी प्रक्रिया उल्लंघन भएको दाबी गरेका छन्।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (क) मा स्पष्ट व्यवस्था गरिएको छ कि, यदि मेयर वा गाउँपालिका अध्यक्ष सात दिनभन्दा बढी समयसम्म अनुपस्थित हुने भएमा उपमेयर वा उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्छ। उपमेयर वा उपाध्यक्ष पनि

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • २८९ पटक पढिएको
  • जनताको पहिलो सरकार बर्दिवाला प्रहरी : मुख्यमन्त्री कार्की

    विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताएका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९ औँ प्रहरी दिवसका–२०८१’ का अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले अपराधीलाई कानुनको दायराभित्र ल्याउनसक्ने नेपाल प्रहरी अन्तर्राष्ट्रियस्तरमा पनि ख्याति कमाएको प्रसङ्ग उल्लेख गरे । उनले आफूलाई सबल र सक्षम साबित गर्न प्रहरी सङ्गठन समयानुकूल बढ्नुपर्ने धारणा राखे ।उनले प्रहरी समायोजन भएमा कोशी प्रदेश प्रहरी सङ्गठनलाई दुई वर्षभित्र साधन र स्रोतले सम्पत्र बनाउने प्रतिबद्धता व्यक्त गर

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • ३२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]