संखुवासभा / सङ्खुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्जमाथि कुटपिट भएको छ ।पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज बैध ज्ञानेन्द्रप्रसाद शाहमाथि कुटपिट भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभाका प्रमुख रामप्रमोद चौधरीले जानकारी दिए ।शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन–२ का भीषण जिमीले कुटपिट गरेको उनले बताए । जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेको आरोपित छ ।घटनालगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो ।जिमीले सोही दिन राति पुनः शाहको कोठामा पुगेर धम
बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित पौराणिक महत्व बोकेको पर्यकीय स्थल सुर्यकुण्ड क्षेत्रमा सरसफाई गरिएको छ ।सुर्यकुण्ड क्षेत्रको प्रर्वद्वन,प्रचारप्रसार तथा कुण्डको संरक्षण गर्ने उदेश्यले नगरपालिकाले सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।प्राचीन महत्व बोकेको उक्त सुर्यकुण्ड क्षेत्र ऐतिहासिक,पुरातात्वबिक,पौराणिक तथा प्राकृतिक क्षेत्रको रुपमा प्रसिद्ध रहेको छ । सुर्यकुण्डमा रहेको आदि वराह मन्दिर क्षेत्र , सुर्यकुण्ड स्थलमा सरसफाई गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।सुर्यकुण्ड क्षेत्रको बिकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र संघिय सरकारसंगको सहयोगमा काम गरिरहेको र
इटहरी / काठमाडौंमा विशेष रूपमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पर्व अब तराईका जिल्लाहरूमा पनि लोकप्रिय हुँदै गएको छ । इटहरीमा नेवार समाजले संयुक्त रूपमा गाईजात्रा पर्व मनाएका छन् , जसमा वडा नम्बर ४, ६, र १६ का नेवार समुदायका सदस्यहरू सहभागी भएका छन् । यो पर्व दिवंगत आफन्तहरूको सम्झनामा मनाइन्छ, जहाँ साना बालक तथा युवालाई विशेष रूपमा सिँगारी, गाई वा मानिसको रूप दिन्छन् र तिनीहरूलाई आ–आफ्ना इलाकामा परिक्रमा गराइन्छ । पहिले यो पर्व काठमाडौंमा मात्र सीमित थियो, तर व्यापार र कामकाजको सिलसिलामा नेवार समुदाय तराई झरेपछि यो पर्व तराईका जिल्लाहरूमा पनि मनाउन थालिएको हो । यस वर्ष गाईजात्
इटहरी / सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो ।यसअघि पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी शुरु भएको सञ्चार मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ ।चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक–पटक विभिन्न तहबाट दबाब दिदै आएको छ । सञ्चार
इटहरी / इटहरी उपमहानगरपालिकाले मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गाईजात्राको अवसरमा भदौ ४ गते मंगलबार पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गाईजात्रा पर्वको अवसरमा उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।सूचनाअनुसार नेवार समुदायले मनाउने गाईजात्रा महत्त्वपूर्ण पर्व रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यहाँका नेवार समुदायको सम्मानको लागि स्थानीय बिदा दिने उपमहानगरले जनाएको छ ।
भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको कृषकहरूको बेमौसमी तरकारी खेतीलाई व्यावसायिक बनाउने उद्देश्यले प्लाष्टिक टनेल वितरण गर्ने कार्यक्रमको सूचना जारी गरेको छ। आवेदन दिनका लागि पेश गर्नुपर्ने कागजातहरू सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, कृषि समूह/फर्मको दर्ता र नविकरण प्रमाणपत्रको प्रतिलिपी, कृषि समूहको निर्णयको प्रतिलिपी,स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपी, निवेदकको नागरिकता वा परिचय प्रमाणपत्रको प्रतिलिपी, खेती गरिने स्थानको लालपुर्जा प्रतिलिपी र कार्यक्रम माग सम्बन्धि निवेदन रहेको छ ।प्रत्येक वडा कार्यालयलाई १०/१० थान प्लाष्टिक टनेल मात्र वितरण गरिन
विराटनगर / कोशी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकीकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो ।कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रादेशिक सडक र अन्य सडक गरेर करिब छ हजार किलोमिटरको सडक सञ्जालको गुरुयोजना बनाउने तयारी गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयद्वारा आइतबार आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्पष्ट नीति तथा कार्यक्रमका साथ प्रदेशस्तरीय सडक सञ्जाल बनाउनुपर्नेमा जोड दिए ।उनले सङ्घ र प्रदेश सरकारको आन्तरिक स्रोत खुम्चिँदै गएको अवस्थामा
संखुवासभा / नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संखुवासभा कांग्रेसका पूर्वसभापति स्वर्गीय गोपालराज पहाडीको १२ औं स्मृति सभा आज भव्य रूपमा सम्पन्न गरेको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ संखुवासभाको आयोजनामा भएको यस कार्यक्रममा पहाडीको योगदानलाई स्मरण गर्दै कांग्रेस नेताहरूले उनको नेतृत्व र संघर्षको खुलेर प्रशंसा गरे ।कार्यक्रमका प्रमुख अतिथि, नेपाली कांग्रेस संखुवासभाका कार्यवाहक सभापति अन्नतकुमार गौलीले स्वर्गीय पहाडीले पञ्चायतकालमा कांग्रेसको संगठनलाई जोगाउन र बलियो बनाउन गरेको संघर्षको विशेष स्मरण गरे। उनले भने, "पञ्चायती व्यवस्थामा कांग्रेसलाई ध्वस्त पार्न खोजिएक
यज्ञ कार्की संखुवासभा / बिहानको झिसमिसे उज्यालोमा जब कुखुराको भाले बास्न थाल्छ, लाक्पा शेर्पा आफ्नो न्यानो ओछ्यान छोड्दै, हातमुख धोएर नजिकैको धना जङ्गलतर्फ लाग्छन्। ताप्लेजुङ जिल्लाको लेलेपमा जन्मिएका लाक्पाले आफ्नो बाल्यकाल गाउँमै बिताए र धरानको महेन्द्र माबीमा आइ.ए.सम्मको पढाइ गरेका थिए। केही समय शिक्षकको पेशामा पनि संलग्न रहेपछि उनी फेरि आफ्नो परम्परागत जीवनतर्फ फर्किए।अहिले ६० वर्ष पार गरिसकेका शेर्पा आफ्नो जन्मथलो छोडेर संखुवासभाको मादी १ चौकी बजारमा बस्दै आएका छन्। उनका पाँच छोरी र दुई छोरा छन्। छोरीहरू विवाहपछि पराई घर गइसकेका छन्, तर छोराहरू सँगै छन्, यद्यपि रोजगारीविहीन छन्
खोटाङ । खोटाङमा तेस्रो संस्करणको अन्तर वडा स्तरीय ७ (ए) साइड पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।प्रतियोगिता यहीँ कात्तिक १ गतेदेखि खोटाङको दिपुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ७, टेम्मामा सुरु हुनेछ । टेम्मा स्पोर्ट्स क्लबले फुटबल सगै सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएकाले स्थानीय खेलप्रेमी, टेम्मावासी तथा समाजसेवीलाई एकत्रित गर्ने उद्देश्य राखिएको छ ।कार्यक्रम आयोजनाले समृद्ध समाज निर्माणमा युवाको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष ग्याबिन किरातीले जानकारी दिनुभयो ।फुटबल प्रतियोगितामा विभिन्न विधागत पुरस्कारसहित आकर्षक पुरस्कारहर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.