समाज

    Showing ८,८११-८,८२० of ११,२९७ items.
  • विराटनगरको होटलमा मृत भेटिए मेनपावर सञ्चालक

    विराटनगर । एक जना मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् ।होटेलको १०८ नम्बर कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि पुगेको छ ।मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको बुझिएको छ । उनले बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर विराटनगर लिएर आएका थिए । उनी विराटनगरको नयाँ गुद्री अगाडि बसेका थिए भने विदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए ।ब

    • प्रकाशित मितिः साउन १०, २०८१
    • १६७ पटक पढिएको
  • सौर्य एअर विमान दुर्घटना : सरकारले बनायो ५ सदस्यीय जाँचबुझ आयोग

    काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहनुभएको छ । मन्त्री गुरुङका अनुसार आयोगको सदस्यसचिवमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल तोकिनुभएको छ ।आयोगलाई ४५ दिन म्याद दिइएको छ । सौर्य एअरको

    • प्रकाशित मितिः साउन १०, २०८१
    • २१८ पटक पढिएको
  • मोरङको सुन्दरहरैचा ५ को वडा कार्यालय भवन उद्घाटन

    मोरङ /  मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ। नगर प्रमुख केदार प्रसाद गुरागाई  र उप–प्रमुख अंकली चौधरीले भवनको उद्घाटन गरेका हुन्। नगरप्रमुख गुरागाईले १२ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेको बताए। ७ र १० नम्बर वडाको भवन बन्न बाँकी रहेको र ती वडाको पनि चांडै बन्ने बताएका थिए।‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख गुरागाईले भने, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौंबाँकी दुई वडाको पनि चांडै बन्छ।’ उनले वडा कार्यालय भवन निर्माण गर्न बाँकी रहे

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ३३४ पटक पढिएको
  • इटहरीको तरहरामा शनिबार कोरा साइक्लिङ हुने , तयारी पूरा

    इटहरी / इटहरी २० तरहरामा शनिबार हुन लागेको कोरा साइक्लिङको तयारी पूरा भएको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोजक तरहरा साइक्लिङले तयारी पूरा भएको जनाएको हो । कार्यक्रम संयोजक बहादुर तामाङका अनुसार साइक्लिङमा कोशी प्रदेशका पाँच सय बढी साइक्लिस्टहरूको सहभागिता हुनेछन् । शिक्षामा लगानी, बालबालिकालाई भोलिको सुनौलो बिहानी भन्ने सन्देशका साथ कोरा आयोजना गर्न लागिएको उनले बताए । कोरा च्यालेन्ज नेपालका विभिन्न स्थानमा वार्षिक रूपमा आयोजना हुने र यसले स्थानीय धार्मिक स्थलहरूको प्रचार गर्ने बताइएको छ । साइक्लिङका अध्यक्ष खड्ग भण्डारी (रमेश)ले धार्मिक स्थलको वरिपरी घडीको दिशामा घुम्दै परिक्रमा ग

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ४९३ पटक पढिएको
  • जहाजका पाइलटको जीवित उद्धार, यात्रुहरूको शव निकालिँदै

    काठमाडौं/ त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।यात्रुहरू भने अधिकांश हताहति भएको स्रोतले बतायो । उद्धार टोलीले मृतक यात्रुहरूको शव दुर्घटनास्थलबाट धमाधम निकालिरहेको छ । कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी गराइएको छैन ।जहाजमा १९ जना यात्रु सवार थिए । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए । जहाजमा सर्वसाधारण यात्रु थिएनन् ।रन वे ०२ बाट टेक अफ लिने क्रममा पूर्वतर्फ रन वे २० मा जहाज दुर्घटना भएको हो ।ग

    • प्रकाशित मितिः साउन ९, २०८१
    • २९१ पटक पढिएको
  • जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार

    ९ साउन, काठमाडौं । सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः साउन ९, २०८१
    • २५३ पटक पढिएको
  • सौर्यको ९ एन एएमई जहाज दुर्घटनामा, धावनमार्ग छोड्ना साथ बजारियो

    ९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन । अहिले उद्दारको काम चलिरहेको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ३४९ पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको हो। दुर्घटनापछि विमानमा आगो लागेको र विमानस्थल क्षेत्रमा धुवाँ फैलिएको छ। घटनास्थलमा अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली तत्काल परिचालन गरिएको छ र उनीहरू आगो नियन्त्रणको प्रयासमा जुटेका छन्।यस दुर्घटनाको विस्तृत विवरण अझै प्राप्त भएको छैन।

    • प्रकाशित मितिः साउन ९, २०८१
    • ३६३ पटक पढिएको
  • बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

    हेटौंडा / बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामा नियुक्त भएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन्। उनी नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आज दिउँसो एमालेको समर्थनमा प्रदेश प्रमुख शर्मा समक्ष मुख्यमन्त्रीमा दावी पेस गरेका थिए। त्यसलगत्तै मंगलबार साँझ प्रदेश प्रमुख शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। १२ वटा मन्त्रालय रहेको बागमतीमा मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालयमा कांग्रेसले प्राप्त गरेको छ। यद्यपि हालसम्म कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे भने टुंगो लागेको छैन।

    • प्रकाशित मितिः साउन ८, २०८१
    • २७८ पटक पढिएको
  • ऋणीको तीन पुस्ते विवरण बुझाउन नगरपालिकाको निर्देशन

    धनकुटा । धनकुटा नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सहकारीलाई समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण बुझाउन निर्देशन दिएको छ । साउन १५ गतेसम्म ऋणी सदस्यको तीन पुस्ते विवरणबुझाउन र नबुझाएमा सञ्चालक समितिलाई कानुन बमोजिम कारबाही हुने जनाएको छ । सहकारी संस्थाका ऋणी सदस्यहरुले सहकारी संस्थालाई सर्त अनुसार बुझाउनु पर्ने रकम नबुझाएको कारण संस्थामा समस्या भएको भन्दै गुनासो आउन थालेपछि सहकारीको समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण सहकारी संस्थासँग माग गरिएको धनकुटा नगरपालिकाले जनाएको छ । ऋणी सदस्यहरको विवरण नबुझाइ आगामी दिनहरुमा सदस्यको बचत फिर्तामा समस्या भएमा सहकारी संस्थाका सञ्चालक

    • प्रकाशित मितिः साउन ८, २०८१
    • ३०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]