धनकुटा । धनकुटा नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सहकारीलाई समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण बुझाउन निर्देशन दिएको छ । साउन १५ गतेसम्म ऋणी सदस्यको तीन पुस्ते विवरणबुझाउन र नबुझाएमा सञ्चालक समितिलाई कानुन बमोजिम कारबाही हुने जनाएको छ । सहकारी संस्थाका ऋणी सदस्यहरुले सहकारी संस्थालाई सर्त अनुसार बुझाउनु पर्ने रकम नबुझाएको कारण संस्थामा समस्या भएको भन्दै गुनासो आउन थालेपछि सहकारीको समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण सहकारी संस्थासँग माग गरिएको धनकुटा नगरपालिकाले जनाएको छ । ऋणी सदस्यहरको विवरण नबुझाइ आगामी दिनहरुमा सदस्यको बचत फिर्तामा समस्या भएमा सहकारी संस्थाका सञ्चालक समितिलाई कानुन बमोजिम कारबाही हुने धनकुटा नगरपालिकाले जनाएको हो । नगरपालिकाले ऋण तिर्न अटेर गर्ने ऋणी सदस्य लाई नगरपालिकाको सहकारी ऐन वमोजिम कारबाही अघि बढाउन त्यस्ता ऋणी सदस्यको तीन पूस्ते विवरण संस्थाको सञ्चालक समितिबाट निर्णय गरी साउन १५ गते सम्ममा पठाइ सक्नुपर्ने नगरपालिकाको भनाई छ । ६४ जना बचतकर्ताले करिब ५ करोड रकम फिर्ता नपाएको गुनासो गरेपछि सहकारी सञ्चालकले ऋण असुल हुन नसकेपछि बचत फिर्ता गर्न नसकेको जनाएपछि ऋणीको तिन पुस्ते विवरण माग गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिनुभयो । धनकुटा नगरपालिका भित्र सञ्चालनमा रहेका ४ सहकारीले ६४ जना बचतकर्ताको बचत फिर्ता नगरेको धनकुटा नगरपालिकाले जनाएको छ ।