इटहरी / कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक सुरू भएको छ ।बिहीबारबार देखि सूरू इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन बिक्रि वितरण गर्न इन्फोटेक फागुन १४ गते सम्म हुने भएको छ ।इन्फोटेकको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रदर्शनीले कोशी प्रदेशलाई सुचना प्रविधिको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने प्रतिवद्दता रहेको मन्त्री कार्कीले बताउनुभयो । प्रदर्शनीनले देश तर्फ पनि एउटा महत्त्वपूर्ण योगदान पुर्याउने उहाको भनाइ थियोे । सुचना तथा सञ्चा
इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकप्रति उपप्रमुख संगिता चौधरीले आपत्ति जनाएकी छिन् । आफू नभएको बेला बैठक डाकेको भन्दै उनले बैठक अवैधानिक भएको समेत जनाएकी छिन् । कर्मचारी स्तरवृद्धि, टेंग्रा खोला विस्तार लगायतका महत्वपूर्ण विषयमा छलफल हुने योजना रहेको कार्यपालिका बैठक आफू भ्रमणमा रहेको समयमा बोलाइएको भन्दै यसलाई सुनियोजित षड्यन्त्रपूर्ण भनेकी छिन् ।उपमेयर चौधरीसँगै उपमहानगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष दिवस पोख्रेल पनि सँगै छन् । नगरप्रमुख हेमकर्ण पौडेलको भ्रमण आदेशमा आफूहरु भ्रमणमा गएकै समयमा बैठक बस्नु गलत भएको बताएकी छिन् ।कार्यपालिका बैठक बस्दा ७२ घण्टा अगाडि जानकारी गरा
मोरङ / मोरङको सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ मा पहिचान नखुलेको सवारीसाधनले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । तत्काल नम्बर प्लेट नखुलेको सवारीसाधनले मोरङको बेलबारीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको को २० प २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का ४५ वर्षीय खुलानाथ दाहालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भ
इटहरी / इटहरी प्रथम जुत्ता–चप्पल व्यापार महोत्सव २०८० हुने भएको छ। ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यही २०८० फागुन ११ गते देखि चैत २५ गतेसम्म हुने जुत्ता चप्पल महोत्सव ३५ दिनका लागि चल्नेछ । शुभकामना फुटवेयर इन्डस्ट्रिज प्रालि काठमाडौँको आयोजनामा इटहरी पस्चिम लाइनमा हुने महोत्सवले स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उद्देश्य मुख्य राखिएको आयोजक समितिका अध्यक्ष उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसन का नि वर्तमान अध्यक्ष नानि राज घिमिरे ले बताए। बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने महोत्सवमा नयाँ नयाँ ड
इटहरी / इटहरीमा यहीँ १० गतेदेखि क्यान इन्फोटेक हुने भएको छ ।आउँदो फाल्गुण १० देखि १४ गतेसम्म इटहरीमा ६ औं संस्करणको 'क्यान इन्फोटेक २०२४ आयोजना हुने भएको मङ्गलवार पत्रकार सम्मेलन गर्दै कम्प्युटर एसोसिएसन नेपाल सुनसरी शाखाका अध्यक्ष सन्देश राईले तयारीबारे जानकारी दिए । इन्फोटेकको सम्पुर्णको तयारी भएको अध्यक्ष राईले बताए ।सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नया-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तकिया गर्ने उदेश्यले हरेक दुई वयं मा क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यान महासंघ सुनसरीले जनाएको छ । इन्फोटेकमा सुचना प्रविधि
इटहरी / इटहरी लेडि जेसीजले प्रजातन्त्र दिवसको अवसर पारेर इटहरी जुनियर लेडि जेसिजको पदस्थापना सम्पन्न गरेको छ ।इटहरी लेडि जेसीजका अध्यक्ष ईन्दिरा काफ्लेको अध्यक्षतामा भएको इटहरी जुनियर लेडि जेसीजको पदस्थापना कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिभिजन इटहरीका प्रमुख राजेन्द्रराज तिमिल्सिना हुनुहुन्थ्यो । कार्यक्रमका अतिथिहरु नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल, जुनियर जेसीजका क्षेत्र क संयोजक जेसी रिकेश भण्डारी, इटहरी जुनियर जेसीज अध्यक्ष. जेसी पवन बिष्ट, इटहरी लेडि जेसीजका संस्थापक अध्यक्ष जेसी मिना भण्डारी लगायत पुर्व अध्यक्षज हरुको सहभागिता रहेको थियो । त्यस्
सुन्दरहरैंचा / न्यायिक समिति सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा “हाम्रो समस्या हाम्रै समाधानः मेलमिलाप” भन्ने नाराका साथ सुन्दरहरैँचा नगरपालिकामा मेलमिलाप सम्बन्धि भएको आठ दिवसीय आधारभूत तालिम सम्पन्न भएको छ ।न्यायिक समिति संयोजक तथा नगरउपप्रमुख अकली चौधरीको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सुरु भएको कार्यक्रम नगरप्रमुख केदारप्रसाद गुरागाईको उपस्थितिमा तालिम समापन भएको थियो । तालिममा ३२ जनालाई प्रमाण पत्र वितरण समेत गरिएको थियोे । प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईले तालिमबाट मेलमिलाप समबन्धि कला र सिप हासिल गरेर समाजमा दुवै पक्षलाई बिषयको अनुभूति दिएर भूमिका निर्वाह गर्न र मेल
इटहरी / हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले देश व्यापी रुपमा ७७ वटा जिल्लामा आयोजना गरिरहेको बीमा जागरण अभियानको मेचीदेखि सुरू भएको इटहरीमा पनि गरेको छ ।कोशी प्रदेश सभासद, सुनसरी निर्वाचन क्षेत्र नं ३ ( क )का रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख(सिओ) मनोज कुमार लाल कर्णको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।बिमाले जीवन स्थतर चलाउन नसक्ने ,समस्यामा परेका व्यक्तिलाई पनि बिमा गरेर राहत दिन कोशी प्रदेश सभासद रोहित बहादुर कार्कीले बताउनुभयो ।बिमाले गर्ने इन्स्योरेन्सलाई पारदर्शी तथा बिमा कर्तालाई फाइदा हुने बिमा गर्न कार्यक्रमका विशिष्ट अतिथि रहेका
काठमाडौं / नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेश गरिने भएको छ।मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ।oमहामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा देखिएको विवाद समाधानको प्रयास भइरहेको छ। सोमबार सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ। पेश
सुनसरी / स्थानीय वान्तावा राई भाषालाइ जीवन्तता एवं पुस्ता हस्तान्तरण गर्ने उदेश्यसहित किरात राई वान्तावाखिम केन्द्रिय कार्यसमितीको आयोजनामा एक दिवसीय स्थानीय वान्तावा राई भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण कार्यशाला सम्पन्न गरिएको छ।शनिबार ओसियन पार्कको सभाहलमा पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक कार्यशाला गोष्ठीमा किरात राई वान्तावा खिम केन्द्रिय कार्यसमिति अध्यक्ष ज्ञान किरातीको अध्यक्षता तथा केन्द्रिय सदस्य भक्तबहादुर राइको संयोजकत्वमा कार्यक्रमको आयोजना गरिएको हो । वान्तावा राइ भाषाविद शिक्षक लगाएत विज्ञहरुको संयुक्त संयोजनमा विद्यार्थी एवं शिक्षकलाई अध्ययन तथा अध्यापन गराउने उदेश्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.