इटहरी / इटहरी प्रथम जुत्ता–चप्पल व्यापार महोत्सव २०८० हुने भएको छ। ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यही २०८० फागुन ११ गते देखि चैत २५ गतेसम्म हुने जुत्ता चप्पल महोत्सव ३५ दिनका लागि चल्नेछ । शुभकामना फुटवेयर इन्डस्ट्रिज प्रालि काठमाडौँको आयोजनामा इटहरी पस्चिम लाइनमा हुने महोत्सवले स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उद्देश्य मुख्य राखिएको आयोजक समितिका अध्यक्ष उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसन का नि वर्तमान अध्यक्ष नानि राज घिमिरे ले बताए। 

बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने महोत्सवमा नयाँ नयाँ डिजाइनका आकर्षक जुत्ता–चप्पल सुपथ मूल्यमा उपलब्ध गराइने र महोत्सवभरि २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने छ। महोत्सवमा नेपालका ५ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डको सहभागिता रहने छ। महोत्सवमा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने कार्यक्रम संयोजक होमनाथ उपाध्यायले बताउनुभयो ।

IMG_20240221_163649 1

जसमा उत्पादक कम्पनी र ब्रान्डहरूमा रोयल फटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको बीएफ डियर हिल शुज लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरीड शुज, शुभकामना फुटवेयरको फस्टवाक शुज, डीजे शुज कम्पनीको डिजे शुज रहेको जानकारी गराए।

महोत्सवमा करिब ३ लाखलाई अवलोकन गराउने उद्देश्य राखिएको आयोजकको भनाइ छ। प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ। आर्थिक मन्दी र बैंकहरूमा देखिएको आर्थिक तरलताका कारण उद्योग तथा व्यवसाय धरायशी भइरहेको यस्तो विषम परिस्थितिमा उद्योगधन्दालाई सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनका निमित्त पनि यो महोत्सवको आयोजना गरिएको उनले बताए।