सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा दुई समूह बिच कुटाकुट भएको छ । सोमबार दिउँसो ४ बजे सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित त्रिवेणीमा रहेको फुटबल मैदानमा दुई समूह बिच कुटाकुट भएको हो ।दुई समूह बिच झगडा हुँदा सुन्दरहरैंचा नगरपालिका वडा नं ९ बस्ने वर्ष २० का प्रतीक पोखरेल घाइते भएका छन । घाइते पोखरेललाई विराटचौक स्थित सुकुना सामुदायिक हस्पिटलमा उपचारको लागि लगिएको छ ।प्रहरीले घटनामा संलग्न रहेका एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य व्यक्तीहरु भने भागेका छन। प्रहरीले एकजनालाई पक्राउ गरेर थप अनुसन्धान गर्दै अन्यको खोजी कार्य गरिरहेको छ ।
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ३ ले युवाहरूलाई आत्मनिर्भर बनाउन कफि सम्बन्धि तालिम दिइरहेको छ । इटहरी उपमहानगरपालिका वडा नं. ३ को आर्थिक सहयोग तथा संगम कोशी टेक्निकल ईन्च्टियुट प्रा. लि. को प्रविधिक सहयोगमा १५ दिने कफी मेकिङ्ग ( बारिष्ता) तालिम सञ्चालन गरीएको छ । इटहरीको संगित चोकमा अवस्थित संगम कोशी टेक्निकलको कार्यालयमा कफी मेकिङ्ग सम्बन्धि तालिममा इटहरी ३ का १० जना युवाहरूलाई सहभागी गराइएको छ । इटहरी ३ का सबै युवाहरूले तालिम प्राप्त गरेपछि स्वरोजगार भइ भविष्यमा तालिमले महत्त्वपूर्ण सहयोग पुग्ने तालिममा सहभागी उश्व तामाङले बताउनुभयो । वडाले युवाहरूलाई लक्षित गरे
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर - १९ मा रहेको लिटल पिस हेभन इङ्गलिस एकेडेमिले विद्यालय परिसका अग्रज अभिभावकहरुलाई धरानमा रहेको बुढाशुब्बा, दन्तकाली र पिण्डेश्वरी मन्दीरमा तिर्थयात्रा लगेको छ । पढाइ सँगसगै विधार्थीहरुलाइ अतिरिक्त क्रियाकलापहरुमा अब्ल बनाउने साथै आफ्ना छोरा छोरिले विद्यालयमा कस्तो पढिरहेका छन भन्ने कुरा अभिभावकहरुलाई जानकारी गराउने उदेश्यले सो कार्यक्रमको आयोजना गरेको विद्यालयका शिक्षा निर्देशक नविन सुवेदीले बताउनु भयो । तिर्थयात्रामा सहभागी अग्रज अभिभावकहरुलाई विद्यालयले खादा तथा रुदाक्षको माला लगाएर सम्मान गरेको छ । यसरी अग्रज अभिभावकहरुलाइ
भोजपुर / भोजपुरमा जारी प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका पुरुष भलिबलको उपाधि दमक नगरपालिका झापाले जितेको छ। दमकले भोजपुरको षडानन्द नगरपालिकालाई ३-० को सोझो सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो। भोजपुर टुँडिखेलस्थित प्रतिस्पर्धात्मक फाईनल खेलमा दमकले षडानन्दलाई २५-१७, २५-२२ र २५-२३ को सेट हराएको थियो। उपाधिसँगै दमकले एकलाख रुपैयाँ हात पार्यो भने दोस्रो हुने षडानन्दले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।गत माघ १० बाट सुरु प्रतियोगिताको उत्कृष्ट खेलाडी दमकका समिप श्रेष्ठ घोषित भए। त्यस्तै प्रतियोगिताबाट बेस्ट स्पाईकर दमकका प्रदिप कट्टेल, बेस्ट सेटर दमककै मुस्कान लिम्बु, बेस्ट ब्लकर दमककै प
इटहरी / इटहरी -६ स्थित जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई अंग्रेजी भाषाको क्षमता अभिवृद्वि गर्न एकदिने कार्यशाला गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले शनिबार क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गर्दै अंग्रेजी भाषाको क्षमता अभिवृद्वि गर्नका निम्ति सहजीकरण गरेको हो । कार्यक्रममा प्राधापकत्रय विष्णु कार्की, उषाकिरण वाग्ले र पर्शुराम श्रेष्ठले सहजीकरण गरेका थिए ।बिएड, एमएड र बिएमा अंग्रेजी ऐच्छिक विषय लिएर पढ्ने विद्यार्थीहरूको अंग्रेजी भाषागत सीप क्षमता अभिवृद्धि गर्न गोष्ठी आयोजना गरिएको स्ववियु जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेले
इटहरी / किरात राई यायोक्खा इटहरी वडा कार्यसमिति वडा नं १,१९ र २० ले किरात मुन्दुम प्रवचन कार्यक्रम सम्पन्न गरेको छ । शनिवार तरहराको भुपु सैनिकको भवनमा किरात राई समुदायलाई मुन्दुम प्रवचन गराईएको छ । मुन्दुमको बारेमा जानाकारी गराउदै, अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि किरात मुन्दुम अध्ययन केन्द्र नेपालका अध्यक्ष वरिष्ठ गायक सस्कृती विद जितेन राईले गर्नु भएको हो । सो क्रममा जितेन राई, डा. शान्तिदेवि राईलाई सम्मान पनि गरिएको थियो । प्रमुख अतिथि राईले कार्यक्रममा बोल्ने क्रममा आउने पुस्तालाई मुन्दुमको बारेमा जानकारी गराउनु पर्ने कुराको जिकिर गर्
सुनसरी / दुहबी नगरपालिका वडा- ८ मा सन्तकवीर गुरु रविदास आश्रम शिलान्यास गरिएको छ ।सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ को रानीगाउँमा सन्तवीर गुरु रविदास मन्दिर प्रतिनिधि सभा सदस्य, पुर्व मन्त्री भगवती चौधरी तथा साधु संघ सुनसरी जिल्ला अध्यक्ष श्री श्री १०८ महन्त जेवल साहेवको अध्यक्षतामा शिलान्यास गरिएको थियोे ।२०७९ सालमा जिल्ला प्रसासन कार्यालयमा दर्ता भएको संस्थाले समाजलाई राम्रो संस्कार दिलाई हत्या हिंसा मुक्त समाज बनाउन लागि पर्ने संस्थाका अध्यक्ष जेवल साहेवले बताउनुभयो । करिब ५० लाखको लागतमा आश्रम निर्माण हुने मन्दिरको निर्माण क्रमागत बजेटबाट सम्पन्न गर्ने जेवल साहेवले बताउन
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ७ स्तित भवानी मार्गको ड्रेन निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् ।वर्खाको समयमा बाटो डुबान हुने भएकाले इटहरी ७ स्थित भवानी मार्गको ड्रेन निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् । बर्सो देखि बाटोको समस्याले स्थानीयहरूलाई आवज जावज गर्न समेत अप्ठ्यारो परेकाले वडा स्थरीय योजना अन्तर्गत आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत १० लाखको लागत र उपभोक्ताबाट १ लाख ९७ हजारको लागतमा बाटोको ड्रेन निर्माण कार्य तिव्र पारिएको छ । डुबानले गर्दा निकै समस्या भएकाले अहिले बाटो निर्मा गर्दा खुसि भएको स्थानीय कुमार पौडेलले बताउनुभयो । बाटोको निकास सुकुमारी खोलामा जाने भएका
इटहरी / अघिल्ला शनिबार जस्तै गत शनिबार इटहरी तालतलैयामा थुप्रै समूह बनभोजमा रमाई रहेका थिए । तर एउटा समूहले बनभोजमै रक्तदान गरिरहेको थियो । १८ औं वार्षिक साधारणसभा र रक्तदान, वनभोज कार्यक्रम लेखिएको ब्यानर मुनि मानिसहरु रगत दान गर्न लामवद्ध थिए । कार्यक्रम शहिद टोल बिकास संस्था इटहरी ८ द्वारा गरिएको थियो । कार्यक्रममा भानुभक्त कटवालको अध्यक्षता तथा जेष्ठ नागरिक सम्सेर बहादुर खड्का प्रमुख अतिथि रहेको कार्यक्रममा सल्लाहकार संयोजक रेवती प्रसाद घिमिरे, लेखा समिति संयोजक रोहिणी प्रसाद आचार्य लगायत विशेष अतिथिको रुपमा सहभागी थिए ।‘बनभोज कार्यक्रममा विशेषत रमाइलोमै केन्द्रीत हु
इटहरी / इटहरी उपमहानगरपालिका - ७ निवासी ९३ बर्षिय त्रिलोचन गुरागाईं तथा ८४ बर्षिय कृष्ण माया गुरागाईं द्वारा इटहरी २ मा अवस्थित माया घरमा आश्रय लिरहेका १४२ जना आश्रित नागरिक लाई एक छाक खान वितरण गर्नु भएको छ ।इटहरी उप-महानगरपालिका वडा नं २ मा रहेको निर्माणाधिन माया घरको "एक इट्टा अभियान " कार्यक्रमलाई सहयोग पुर्याउन इटहरी उप-महानगरपालिका वडा न. ७ का जनप्रतिनिधि एवम् समाजसेवी नेत्र प्रसाद गुरागाईं को अगुवाईमा हामी सुमंगल टोल बासीहरुले एकमुस्ट रु १०१०५ रुपैया सहयोग रकम उपलब्ध हस्तान्तरण गरेको त्रिलोचन गुरागाईंले जानकारी दिए ।कार्यकममा इटहरी ७ का जनप्रतिनिधि हरु नेत्र प्रसाद गुर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.