इटहरी / इटहरीमा क्षयरोगका नेपाल सरकारले क्षयरोग न्युनिकरण गर्ने उद्देश्यका साथ क्षयरोग भएर औषधी खादै गरेका क्षयरोगीलाई पोषण युक्ति खानेकुरा वितरण गर्दै आएको छ । त्यसै अन्तरगत बुधबार इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा मार्फत एकम्बा स्वास्थ चौकी इटहरी १६ मा ५ जना क्षयरोगका बिरामीलाई पोषण युक्ति खानेकुरा वितरण गरेको हो । इटहरी उपमहानगरपालिकामा १ सय जना क्षयरोगका बिरामी रहेका छन् । जनता स्वास्थ भए देश स्वास्थ हुन्छ भन्ने निति अन्तरगर्त क्षयरोग नियन्त्रण गर्न तर्फ सरकार अघि बढेको छ । मासिक रूपमा औषधी खाई रहेकालाई खाद्यान्न वितरण गरिएको इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाकाका क्ष
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङता भएका नागरिकहरुका लागि अपाङता परिचयपत्र बितरण तथा स्वास्थ्य शिविर संचालन गरेको छ ।गाउँपालिकाले अपाङता रोकथाम तथा पुनस्थापना समितिको निर्णय अनुसार पालिका भित्रका ६ वटै वडामा परिचय पत्र बितरण तथा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णय अनुसार वडा नम्वर १ श्यामशिलामा मंगलवार परिचय पत्र बितरणका साथै स्वास्थ्य शिविर संचालन गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङका अनुसार शिविरमा ११ वटा नयाँ अपाङता परिचय पत्र बितरण गरिनुका साथै ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । पालिकाले अपाङता भएका नागरिकहर
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा २मा रहेको सरस्वती आधारभुत विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ। सो विद्यालयमा रहेका ५५ जना विद्यार्थीलाई निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याबसन) नगर कार्यसमिति सुन्दरहरैंचाले ३३ औं प्याबसन दिवसको अवसर पारेर न्यानो कपडा बितरण गरेको हो। नगरलाई शिक्षा हवको रुपमा बिकास गर्न सबै पक्षको आवश्यकता अपरिहार्यता रहेको नगर शिक्षा शाखा प्रमुख लिलादेवी ओझाले बताउनुभयो । साथै संस्थागत बिधालयको ब्यबस्थापकीय क्षमता र गुणस्तरीय शिक्षाको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा वडा २ का अध्यक्ष बिबस प्रधानले सामाजिक उतरदायित्व न
सुनसरी / भोजपुरको पर्यटन प्रर्वद्धन तथा कला संस्कृति र व्यावसायको प्रचारप्रसार गर्ने उद्धेश्यका साथ यहि यहि यहीँ पुस २७ गते बाट भोजपुरको स्थानीय टुडिखेलमा डवली मेला लाग्ने भएको छ ।सामाजिक विकास संस्था भोजपुरको आयोजनामा मेला संचालनको लागि उप समिति गठन गरी मेला आयोजना गर्न लागिएको हो मेला संयोजक दिपक जोशीले जानकारी दिए ।मेलामा कृषि जन्य मेता तथा कृषि उत्पादन स्टल, घरेलु (राडिपाखी, डालानाङ्ला,ठेकी कठुवा) लगायतका सामग्री प्रदर्शन, ड्रागन रेल, डट गेम, टिटि टेवल, लालपिल्ला, सोनो घिर्नी, ठुलो घिर्नी, हात खाली नजाने चिठ्ठा, पिङ, कोलम्वस, मिकि माउस संगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती
विराटनगर / कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । कोशीले मंगलबार नयाँ सभामुखका रूपमा विष्टलाई प्राप्त गरेको हो । तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते राजीनामा दिएपछि कोशी प्रदेशमा सभामुख खाली थियो । करिब ६ महिना सभामुखविहीन बनेको प्रदेशमा अन्ततः राप्रपाका विष्ट सभामुख बनेका छन् । सभामुख बन्ने क्रममा उनले सत्तारुढ गठबन्धन र प्रतिपक्षी नेकपा (एमाले)को समेत साथ पाएका थिए ।
भोजपुर / भोजपुरको हतुवागडीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय वढिले स्वास्थ्य परीक्षण गराएका छन् ।नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पताल विराटनगरको प्राविधिक सहयोगमा भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा भएको एक दिने शिविरमा ७ सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएको शिविरका संयोजक जनक घलेले बताए । शिविरमा ४ सय २८ र महिला ३ सय ६६ जना गरि ७ सय ९३ जनाले स्वास्थ्य शिविरमा सेवा लिएका छन् ।भोजपुर क्षेत्र नंन (ख) का सांसद विनोद वान्तावाको पहल तथा संंघीय सांसद तथा कलेजका संचालक सुनिल शर्मासँगको समन्वयमा शिविर आयोजना गरी स्वास्थ्य परिक्षण गरिएको प्रदेश सांसद विनोद बान्तवाले बताए ।नोवेल मेडिकल कले
मोरङ / उर्लाबारी नगरपालिकाले पहिलो चरणमा १५ जना अशक्त अवस्थाका विपन्न परिवारको घर बनाइदिने गृहकार्य गरेको छ । यसको तयारीस्वरुप सोमबार नगर प्रमुख गंगाप्रसाद खरेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला ,अधिकृत मुरारी घिमिरेलगायतको टोलीले उर्लाबारी-४ विशाल टोलका दुष्टिविहिन हेम बयलकोटीको हाल बसोबास रहेको घरको निरीक्षण गरेको छ । अगरबत्ति, धुपलगायतका सामग्री डुलाउदै बेचेर जीविकोपार्जन गर्दै आएका बयलकोटी श्रीमतीसहित घामपानी नछेलिने बाँसको टाँटीको घरमा बस्दै आएका छन् । मौसमअनुसार पानी, हावाहुरी खपेरै उनको परिवारले दु:खजिलो गरी छाप्रामा गुजारा चलाउँदै आएका छन् ।
मोरङ / मोरङको केराबारी गाउँपालिका वडा नम्बर - ७ मा रहेको डाँगी बहुद्देशीय सहकारी संस्थाको ३६ औँ साधारण सभाले चन्द्रबहादुर कार्कीलाई पुनः अध्यक्षमा चयन भएका छन् ।साधारण सभाले कार्कीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा कृष्णमाया गुरागाँई(पौडेल) चयन हुँदा सचिवमा साबित्रा तिम्सिना(घिमिरे) , सहसचिवमा डुगेन्द्र न्यौपाने , कोषाध्यक्षमा पुण्डरी सुबेदी चयन भएका हुन् ।यस्तै संस्थाको सदस्यहरुमा दलबहादुर थापा, शंकर सुबेदी, नारायण गिरी, जमुनादेबी कार्की(भण्डारी), कमलशोभा राई र मिनप्रसाद घिमिरे चयन भएका छन् ।यसैगरी लेखा सुपरिबेक्षण समितिको संयोजक अग्निप्रसाद घिमिरे र सदस्य
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ ले वर्षौदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई निस्सा वितरण गरेको छ । आइतबार वडा कार्यालयमा नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चाैलागाई, भूमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरे सहित सहभागी कार्यक्रमका बिच भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेका छन् । वडा नं. ८ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका मध्ये ४ सय ४३ परिवारलाई निस्सा वितरण गरिने वडाअध्यक्ष खेमप्रसाद न्याैपानेले बताए ।लालपुर्जाको प्रक्रिया सुरु भएकाल
सुन्दरहरैँचा/ माेरङकाे सुन्दरहरैँचा १२ स्थित मेन्छ्याम बचत तथा ऋण सहकारी संस्था लि. काे दाेस्राे बार्षिक साधारणसभा सम्पन्न भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाई थिए ।सहकारीकाे साधारण सभामा प्रगति एवम् प्रस्तावित वार्षिक कार्ययोजना प्रस्तुत गरिएकाे थियाे । साधारणसभामा कार्यसमितिकाे तर्फबाट अध्यक्षकाे प्रतिवेदन कार्यवाहक अध्यक्ष रूपेश श्रेष्ठले प्रस्तुत गरेका थिए । काेषाध्यक्ष कुमार गुरूङले संस्थाकाे वित्तीय अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिकाे तर्फबाट संयाेजक नरबहादुर राईले प्रस्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.