सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा २मा रहेको सरस्वती आधारभुत विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ। सो विद्यालयमा रहेका ५५ जना विद्यार्थीलाई निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याबसन) नगर कार्यसमिति सुन्दरहरैंचाले ३३ औं प्याबसन दिवसको अवसर पारेर न्यानो कपडा बितरण गरेको हो।
नगरलाई शिक्षा हवको रुपमा बिकास गर्न सबै पक्षको आवश्यकता अपरिहार्यता रहेको नगर शिक्षा शाखा प्रमुख लिलादेवी ओझाले बताउनुभयो । साथै संस्थागत बिधालयको ब्यबस्थापकीय क्षमता र गुणस्तरीय शिक्षाको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा वडा २ का अध्यक्ष बिबस प्रधानले सामाजिक उतरदायित्व निर्वाह गरेको प्रति प्रशंसा गर्नुभयो ।

उक्त अवसर प्याबसन सुन्दरहरैंचाले दिप प्रज्वलन समेत कार्यक्रम गरेको थियो भने नगरपालिकाकै २०७९ को एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई सम्मान समेत गरेको थियो । छात्र तर्फ सिद्धार्थ माद्यामिक विद्यालयका ३.९० जिपिए ल्याउने सौरभ बुढाथोकी र छात्रा तर्फ ज्ञान ज्योति इंग्लिस स्कुलबाट ३.९५ जिपिए ल्याउने संस्कृति दाहाललाई दोसल्ला ओढाएर नगद सहित सम्मान पत्रले सम्मान गरेको हो।
दिवसको अवसरमा प्याब्सन केन्द्रिय सचिव हेमन्त कार्की लगायत बक्ताले कार्यक्रमको उच्च मुल्याङकन गर्नुभयो । प्याब्सन अध्यक्ष दिपेन राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्याबसन सुन्दरहरैंचा सचिव टिका पराजुलीले कार्यक्रम संचालन गर्नुभयो ।



