मोरङ / उर्लाबारी नगरपालिकाले पहिलो चरणमा १५ जना अशक्त अवस्थाका विपन्न परिवारको घर बनाइदिने गृहकार्य गरेको छ । यसको तयारीस्वरुप सोमबार नगर प्रमुख गंगाप्रसाद खरेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला ,अधिकृत मुरारी घिमिरेलगायतको टोलीले उर्लाबारी-४ विशाल टोलका दुष्टिविहिन हेम बयलकोटीको हाल बसोबास रहेको घरको निरीक्षण गरेको छ । अगरबत्ति, धुपलगायतका सामग्री डुलाउदै बेचेर जीविकोपार्जन गर्दै आएका बयलकोटी श्रीमतीसहित घामपानी नछेलिने बाँसको टाँटीको घरमा बस्दै आएका छन् । मौसमअनुसार पानी, हावाहुरी खपेरै उनको परिवारले दु:खजिलो गरी छाप्रामा गुजारा चलाउँदै आएका छन् ।
मोरङ / मोरङको केराबारी गाउँपालिका वडा नम्बर - ७ मा रहेको डाँगी बहुद्देशीय सहकारी संस्थाको ३६ औँ साधारण सभाले चन्द्रबहादुर कार्कीलाई पुनः अध्यक्षमा चयन भएका छन् ।साधारण सभाले कार्कीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा कृष्णमाया गुरागाँई(पौडेल) चयन हुँदा सचिवमा साबित्रा तिम्सिना(घिमिरे) , सहसचिवमा डुगेन्द्र न्यौपाने , कोषाध्यक्षमा पुण्डरी सुबेदी चयन भएका हुन् ।यस्तै संस्थाको सदस्यहरुमा दलबहादुर थापा, शंकर सुबेदी, नारायण गिरी, जमुनादेबी कार्की(भण्डारी), कमलशोभा राई र मिनप्रसाद घिमिरे चयन भएका छन् ।यसैगरी लेखा सुपरिबेक्षण समितिको संयोजक अग्निप्रसाद घिमिरे र सदस्य
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ ले वर्षौदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई निस्सा वितरण गरेको छ । आइतबार वडा कार्यालयमा नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चाैलागाई, भूमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरे सहित सहभागी कार्यक्रमका बिच भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेका छन् । वडा नं. ८ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका मध्ये ४ सय ४३ परिवारलाई निस्सा वितरण गरिने वडाअध्यक्ष खेमप्रसाद न्याैपानेले बताए ।लालपुर्जाको प्रक्रिया सुरु भएकाल
सुन्दरहरैँचा/ माेरङकाे सुन्दरहरैँचा १२ स्थित मेन्छ्याम बचत तथा ऋण सहकारी संस्था लि. काे दाेस्राे बार्षिक साधारणसभा सम्पन्न भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाई थिए ।सहकारीकाे साधारण सभामा प्रगति एवम् प्रस्तावित वार्षिक कार्ययोजना प्रस्तुत गरिएकाे थियाे । साधारणसभामा कार्यसमितिकाे तर्फबाट अध्यक्षकाे प्रतिवेदन कार्यवाहक अध्यक्ष रूपेश श्रेष्ठले प्रस्तुत गरेका थिए । काेषाध्यक्ष कुमार गुरूङले संस्थाकाे वित्तीय अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिकाे तर्फबाट संयाेजक नरबहादुर राईले प्रस्
इटहरी / सिमरवना बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।इटहरी रहेर सञ्चालन हुदै आएको सिमरवना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।साधारणसभा इटहरीको सत्संग भवनमा गरिएको थियोे ।जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीकी सचिव गोमा गिरिको प्रमुख आतिथ्यमा संस्थाको खुलासत्र सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै गिरिले सहकारीहरुले खराब ऋणलाई घटाउन विशेष पहल गर्नुपर्ने बताएकी थिइन् ।कार्यक्रममा अध्यक्ष प्रकाशचन्द्र बस्नेतले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै लेखा समिति संयोजक सालिग्राम काफ्लेले लेखा प्रतिवेदन पेश गरेका थिए ।
इटहरी / इटहरीमा हिन्दु सन्तहरूले धर्म रक्षाका लागि भन्दै बृहत् जनसभा गरेका छन् ।आइतबार इटहरीमा नेपालमा हिन्दु राष्ट्र कायम गर्नका लागि जनजागरण अभियान आजैबाट सुरु भएको उद्घोष समेत सन्तहरूले गरेका छन् ।नेपालका अग्रज साधुसन्तहरूका अनुसार उनीहरू अहिलेका राजनीतिक दल र नेताहरूको हिन्दु–सनातनविरोधी व्यवहारबाट क्षुब्ध छन् । अब सनातनविरोधी दल र नेताहरूका विरुद्ध कठोर कदम नचाले देश, धर्म, संस्कृति केही बाँकी रहँदैन ।राष्ट्रिय सन्त महासभामातहतको सनातन हिन्दुराष्ट्र अभियान नेपालद्वारा आयोजित जनजागरण सन्तसभामा बोल्ने सबै वक्ताहरूले आमसभा, धर्ना, सडक प्रदर्शन, बल प्रयोग, सत्याग्रह आदि जे गर्नुपर्छ गर्ने तर
इटहरी / इटहरीमा विगत १३ वर्ष देखि सञ्चालनमा रहेको टेवा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।शनिबार इटहरी म्याट्रिक्सको हलमा साधारण सभा गरिएको हो । साधारण सभामा संस्थाका अध्यक्ष इश्वरी प्रसाद पराजुलीले समितिको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार २०७९÷८० को शेयर पुर्जी १ करोड ६० लाख २६ हजार ६ सय रहेको छ भने यस वर्षका संस्थाको कुल ऋण लगानी ३३ करोड ३१ लाख २ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै यस वर्ष संंस्थाको जम्मा कुल बचत नाफा १ करोड ४१ लाख ८ सय ८९ रहेको छ । संस्थाको कुल सम्पती ६ करोड ४
इटहरी / इटहरीको वडा नम्बर ६ मा रहेको मेघा बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।शनिबार इटहरीको लायन्स क्लबको भवनमा भएको साधारण सभामा संस्थाका अध्यक्ष बलराम भण्डारीले समितिको बार्षिका प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार २०७९/ ८० को शेयर पुर्जी १ करोड २१ लाख ९१ हजार ८ सय ३ रहेको छ । चालू आर्थिक वर्ष भित्र संस्थाको शयर पुजी १ करोड ४८ लाख ६८ हजार ९ सय पुर्याउने लक्ष्य लिएको छ ।हाल सम्म संस्थामा जम्मा सेयर सदस्य संख्या ९ सय ९५ जना रहेका छन् । आर्थिक वर्ष भित्र शेयर सदस्य संख्या १५ सय पुर्याउने लक्ष्य लिएको संस्थाका अध्यक्ष भण्डारीले बताए ।आर्थिक
इटहरी / दर्पण क्लब इटहरीले बृहत रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ । इटहरी १७ बालग्राममा भएको कार्यक्रम रूपेश भट्टराईको अध्यक्षता तथा समाजसेवी राजकुमार गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा को सहकार्य तथा जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको कार्यक्रम सम्योजक रूपेश भट्टराईले बताए ।इटहरी क्षेत्रमा सामाजिक कार्यहरूमा सकृय संस्थाको रुपमा रहेको दर्पण क्लब इटहरीले उदाहरणीय कार्यहरुमा लागेको र यस्तै सामाजिक कार्यमा लागिरहनु पर्ने प्रमुख अतिथि गिरीले बताए ।
भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेको छ ।गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री, संविधान सभा सदस्य लोकमणि ढकाल र उपाध्यक्ष विनीता ढकालले एकसाथ नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेका छन् ।गाउँपालिकाको केन्द्र प्याउलीस्थित स्वास्थ्य चौकीसँग जोडिएको जग्गामा पालिकाको १ करोड ९९ हजार ८ सय ४३ रुपियाँ लागतमा भवन निर्माण भएको थियो । गत जेठ २ गतेबाट मिडहिल कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य सुरुगरी गत मङ्सिरमा काम सम्पन्न पश्चात् पालिकालाई चाबी हस्तान्तरण गरेपछि गाउँपालिका प्रशासनिक ट्रस भवन उद्घाटन गरेको गाउँपालिका प्रशासकीय अधिकृत मणीराम खतिवडाले बत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.