इटहरी / दर्पण क्लब इटहरीले बृहत रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ । इटहरी १७ बालग्राममा भएको कार्यक्रम रूपेश भट्टराईको अध्यक्षता तथा समाजसेवी राजकुमार गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

Screenshot_2024_0106_152808

नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा को सहकार्य तथा जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक सहयोगमा सम्पन्न क्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको कार्यक्रम सम्योजक रूपेश भट्टराईले बताए ।

Screenshot_2024_0106_152852

इटहरी क्षेत्रमा सामाजिक कार्यहरूमा सकृय संस्थाको रुपमा रहेको दर्पण क्लब इटहरीले उदाहरणीय कार्यहरुमा लागेको र यस्तै सामाजिक कार्यमा लागिरहनु पर्ने प्रमुख अतिथि गिरीले बताए ।

Screenshot_2024_0106_152912Screenshot_2024_0106_153122

Screenshot_2024_0106_153041