समाज

    Showing ९,५२१-९,५३० of ११,३०१ items.
  • जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पुनः तेजबहादुर पुरीको अध्यक्ष

    इटहरी / जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको प्रथम साधरणसभा तथा अधिवेशनले पुनः तेजबहादुर पुरीको अध्यक्षतामा नयाँ कार्य समिती बनेको छ । इटहरीको तालतलैयामा भएको प्रथम साधरणसभा तथा वनभोज सहितको अधिवेशनले,बरिष्ठ उपाध्यक्षमा बाशुदेव बराल, उपाध्यक्षहरुमा सुनिल भुषाल,कृष्ण पराजुली,महासचिवमा माधव दाहाल ,सचिवमा भोगेन्द्र , कोषाध्यक्षमा दुर्गा थापा ,सह कोषाध्यक्ष प्रकाश महतो चयन भएका छन् । सदस्यहरुमा केशव गिरी,बासुदेव खरेल, भेषराज बराल,सिताराम राई,बाबुराम गिरी, राजु श्रेष्ठ,गोपाल पुरी,बेल बहादुर थापा, रामकाजी गिरी,कुनाल सान्दुप लामा,रविन अधिकारी,रमेश श्रेष्ठ,शसी चौधरी,कुल बहादुर कार्की

    • प्रकाशित मितिः पुस १४, २०८०
    • १३९ पटक पढिएको
  • माइती नेपाल सुनसरी द्धारा सिलाई कटाई तालिम लिएकाहरुलाई सिलाई मेशिन हस्तान्तरण

    सुनसरी / हाम्रो आवज चेलिबेटि बेचविखनबाट मुक्ति समााज भन्ने मुल नाराका साथ माइती नेपाल तथा पुर्नस्थापना गृह इटहरी सुनसरीको आयोजना तथा प्रोफिलाको सहयोगमा  मानव वेचविखन विरुद्धको जोखिममा रहेका तथा प्रभावितहरुलाई जीवन उपयोगी सिप विकास कार्यक्रम अन्र्तगत माइती नेपाल सुनसरीबाट सिलाई कटाई तालिम लिएकाहरुलाई सिलाई मेशिन हस्तान्तरण गरिएको छ । माइती नेपाल सुनसरीले ६ महिने सिप विकास कार्यक्रम अन्तर्गत सिलाई कटाई तालिममा सहभागिता जनाएका ५ जनालाई लुगा सिलाउने मेशिन हस्तान्तरण गरेको हो । मानव वेचविखनको जोखिममा परेकाहरुलाई तालिम प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमहरु सञ्चालन गर्दै आएको माइती नेपा

    • प्रकाशित मितिः पुस १४, २०८०
    • १६२ पटक पढिएको
  • इटहरीमा पुस २१ गते राष्ट्रव्यापी धर्मसभा हुने

    इटहरी / नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पुस २१ गते शनिबार सुनसरीको इटहरीमा राष्ट्रव्यापी धर्मसभा आयोजना गरिने उदघोष गरेका छन् ।‘धर्म–संस्कृति सन्देश’ इटहरीद्वारा राधाकृष्ण शिव मन्दिर परिसरमा आज आयोजित ऊँकार परिवारको भेलामा जगद्गुरु देवाचार्यले उक्त उदघोष गरेका हुन् ।नेपालमा हिन्दु सनातन धर्मसहित ऊँकार परिवारप्रति चौतर्फी आक्रमण भइरहेकोले त्यसको सङ्गठित प्रतिकार गर्नुपर्ने भएको उल्लेख गर्दै जगद्गुरु देवाचार्यले भनेको उनले बताए ।जगद्गुरु देवाचार्यका अनुसार इटहरीमा हुने धर्मसभामा स्वर्गद्वावारी, मुक्तिनाथ, देवघाट, जनकपुर, पशुपतिनाथलगायतका सन्त–महन्तलाई निमन्त्रणा भएको छ । सभामा ऊँकार

    • प्रकाशित मितिः पुस १३, २०८०
    • २१४ पटक पढिएको
  • इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले लगाएको आरोपको एमाले जनप्रतिनिधिले खण्डन गरे

    सुनसरी / नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर सभा बैठक स्थगित गरेको विषयलाई लिएर नगरप्रमुखले लगाएको आरोपको खण्डन गरेका छन् । नगरप्रमुख हेमकर्ण पौडेलले हिजो बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कामै गर्न नदिएको भन्दै विभिन्न आरोप लगाएका थिए ।  पौडेलले बुधवार बोलाइएको चौधौँ नगर सभा बैठक तयारी नपुगेको भन्दै सहमतीयै स्थगित गरिए पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले एकलौटी ढङ्गले स्थगित गरेको भन्दै भ्रम फैल्याएको आरोप लगाएका थिए । त्यसको एक दिन बित्न नपाउँदै उपप्रमुख सहितका जनप्रतिनिधिहरूले आज पत्रकार सम्मेलन गर्दै नगरप्रमुख पौडेलले लगाएको आरोप

    • प्रकाशित मितिः पुस १३, २०८०
    • ३२७ पटक पढिएको
  • महिला बचत ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा सम्पन्न

    इटहरी / इटहरीमा रहेर विगत २३ वर्ष देखि सञ्चालन हुदै आएको महिला बचत ऋण सहकारी  संस्थाले आफ्नो २६ औं स्थापना दिवस मनाएको छ । साधारणसभाले अध्यक्षमा मुना प्रसाइ तिम्सीनालाई दिएको छ भने उपाध्यक्ष पद्मादेवी पन्धाक, सचिव जानुकला तामाङ, कोषाध्यक्ष पुनम थापामगर , सदस्य ओमप्रसाद दंगाल,रुद्रमाया भट्टराइ , शोभिता पुरी, कमला निरौलाले निर्वाचित भएका छन् ।निर्वाचित भएकालाई प्रमाण पत्र गरिएको  थियो । सुनसरी र मोरङमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको र १० हजार बढी सदस्य रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले २६ औं वार्षिक साधारणसभा इटहरीमा सम्पन्न भएको हो ।कार्यक्रममा ज्येष्ठ नागरिक समाज नेपा

    • प्रकाशित मितिः पुस १३, २०८०
    • १५२ पटक पढिएको
  • बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

    काठमाडौं । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् ।

    • प्रकाशित मितिः पुस १३, २०८०
    • ११५ पटक पढिएको
  • जनयुद्ध दिवस मनाउने निर्णय बदर

    १३ पुस, काठमाडौं । सर्वोच्च अदालतले  फागुन १ मा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ ।न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।

    • प्रकाशित मितिः पुस १३, २०८०
    • २६० पटक पढिएको
  • अनुसन्धान थाल्न अख्तियारलाई लेखा समितिको निर्देशन

    काठमाडौं/दुरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।समितिको  बैठकले टेरामक्स खरिद अध्ययन प्रारम्भ गरी ३० दिनभित्र कार्यप्रगति विवरण समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिएको छ । “यो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म भएका कामको विश्लेषण तथा अनुसन्धान गरी शीघ्र निष्कर्षमा पुग्न र अधिकारको दुरुपयोग गरी राज्यलाई हानिनोक्सानी हुनेगरी कार्यसम्पादन गरे,

    • प्रकाशित मितिः पुस १२, २०८०
    • २५४ पटक पढिएको
  • १४ औँ नगरसभा बैठक स्थगित भएसँगै नगर प्रमुख पौडेलले पत्रकार सम्मेलन गरे

    इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने बिषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप लगाउनुभएको छ । नगरप्रमुख पौडेलले विहिवार आफ्नो कार्यकक्षामा  पत्रकार सम्मेलन गर्दै एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाउनु भएको छ । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मञ्चन गरिरहेको मेयर पौडेलको आरोप छ । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक बिशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको पत्रकार सममेलनमा जानकारी गराउनु भयो । इटहरीको बिकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौड

    • प्रकाशित मितिः पुस १२, २०८०
    • १९५ पटक पढिएको
  • मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्री हटाएर ‘यलम्बर’को फोटो

    धरान : धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा राखिएको नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर नगर प्रमुख हर्क साम्पाङले ‘यलम्बर’को फोटो राखेका छन् ।आज बिहीबार उनी कार्यालयमा आएपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहालको तस्बिर हटाउने पहिलो काम गरेका हुन् ।दुवै तस्बिर हटाएर उनले ‘यलम्बर’को तस्बिर टाँगेका छन् । यसअघि उनले सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने स्ट्याटस राखेका थिए ।

    • प्रकाशित मितिः पुस १२, २०८०
    • ११३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]