इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने बिषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप लगाउनुभएको छ ।
नगरप्रमुख पौडेलले विहिवार आफ्नो कार्यकक्षामा पत्रकार सम्मेलन गर्दै एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाउनु भएको छ । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मञ्चन गरिरहेको मेयर पौडेलको आरोप छ । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक बिशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको पत्रकार सममेलनमा जानकारी गराउनु भयो ।
इटहरीको बिकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन छिनमा कुरा फेरेर एमालेले कर घटाउने बिषयलाई फण्डाको रुपमा मात्र बजारमा ल्याएको बताउनुभयो । नगरप्रमुख पौडेलले कार्यपालिकामा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनुचित दबाबले काम गर्न नसकिएको आरोप लगाउँदै राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बुधवारको नगर सभामा सो बिषयमा छलफल हुने कार्यतालिका थियो । तर पार्टीको ह्विपमा उनीहरूले नगर सभा बैठक अवरुद्ध गर्न खोजेको नगरप्रमुख पौडेलले आरोप लगाउनुभयो ।
कार्यपालिका र नगर सभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको बिषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाई छ ।" एमाले २०८४ को चुनाव मात्र केन्द्रित छ’ । हिजो स्रोत र साधानको दुरुपयोग गर्ने मान्छे छट्पट्टाका कारण पनि सरकार चलाउन गरो भयो एमालेले सानो सानो कुरामा भाग वण्डा गर्न खोजेको" समेत नगरप्रमुख पौडेलले आरोप लगाउनु भयो ।

इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली कांग्रेसबाट निर्वाचित सदस्य छन्। यस्तै १०४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित छन् भने २१ जना मात्र नेपाली कांग्रेसबाट निर्वाचित सदस्य छन् ।


