दुहबि । फाेरवार्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । २०८० मंसिर २४ गते आइतबार दिनेश चौधरी स्मृति प्रतिष्ठानको भवनमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य पुर्व मन्त्रि भगवती चौधरी थिइन्। कार्यक्रमलाई संवोधन गर्दै चौधरीले संस्थाले सहकारिताको माध्यमबाट यस क्षेत्रका विपन्न परिवारको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको बताइन् । उनले राज्यले गरिबी निवारण र मुलुकको विकासमा सहकाीलाई सँगसँगै लिएर जानुपर्ने औल्याइन् ।साधारण सभाले द्रब्यराज चौधरीको अध्यक्षतामा सर्बस
विराटनगर । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो जहाजको ढोकाको सिसा खसेको छ । लुक्ला उडेको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा बिच बाटोमै खसेको हो । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा थियो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो ।तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन । जहाजमा दुई जना प्यासेन्जर पनि थिए । जहाज सकुसल अवतरण गरिएको छ । अवस्था सामान्य रहेको त्रिभुवन अन्त
इटहरी । बालाचतुदर्शी अवसरमा रामधुनी नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ । सतविज छर्ने दिन अर्थात बालाचतुदर्शी दिनको अवसरमा भोली मंसिर २५ सोमबार नगर क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । बालाचतुर्दशी पर्वको अवसरमा रामधुनी ४ स्थित रामधुनी मन्दिरमा सतविज छर्ने तथा भव्य मेला लाग्ने भएकाले आज बसेको नगर कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको हो । रामधुनी नगरपालिका भित्र रहेको सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था विदा हुने तर स्वास्थ्य संस्थाहरुमा भने यथावत रहने निर्णयमा भनिएको छ ।
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटको एक ग्यारेजमा आगलागी भएको छ। आइतबार साँझ राज अटोबाट आगलागी सुरु भएको थियो। नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। आगो नियन्त्रण बाहिर छ। आगलागीकोे कारण नखुलेको भएपनि आगो नियन्त्रणको प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। बजार क्षेत्रमा भएकोले आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप विवरण आउनु बाँकी छ ।
सुनसरी / भ्वाईस अफ चिल्ड्रेन सुनसरीद्वारा लैङ्गकि हिंसा विरूद्वको १६ अभियानको उपलक्ष्यमा आत्म -निर्भर समूह स्थापना दिवस कार्यक्रम गरेको छ । स्थानीय व्यक्तिलाई जनचेतना जगाउने उदेश्यले लैङ्गकि हिंसा विरूद्वको १६ अभियानको उपलक्ष्यमा भ्वाईस अफ चिल्ड्रेन सुनसरीद्वारा देवानगञ्ज गाउँपालिका १ मा रहेको सामुदायिक भवनमा आत्म -निर्भर समूह स्थापना दिवस कार्यक्रम गरेको छ । र्यालीमा महिला हिंसा अन्त्य होस , महिला माथि हुने विभेद अन्त्य गरौं , महिला पुरूष समान व्यवहार गरौं , महिला पनि समाजका व्यक्ति हुन् लगाएतका नारा लगाएर र्याली गरिएको थियोे ।र्याली कार्यक्रम पछि एक कार्यक्रम आयोजना गरि देगानञ्ज गा
इटहरी : इटहरीमा छोरासँगको रिसले आमाको हत्या भएको छ ।इटहरी १२ खनारस्थित आज (आइतबार) करिब साढे १२ बजेतिर अन्दाजी ५० वर्षीय भूमिकुमारी चौधरीको छुरा प्रहार गरी हत्या भएको हो ।इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार सोही ठाउँका २३ वर्षीय गणेश चौधरीले भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्दा घरमै पुगेर छुरा प्रहार गरेका हुन् ।छोरालाई नभेटेपछि आमालाई नै छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । गणेश लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ ।प्रहरी निरीक्षक चौधरीले भने, ‘भूमिकुमारीका छोरासँगको रिसिइबीले गर्दा घरमै विवाद गर्न गएको बेला आमालाई भेटेपछि आमालाई नै छुरा
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन हुँदै आएको छ । १६ औं दिनको अवसरमा सुन्दरहरैचा नगरपालिकाले बृहत ¥याली, सहित लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै सम्पन्न गरिएको छ । उक्त ¥याली सुन्दरहरैचाको नगरकार्यालयबाट अघि बढदै,विराट चोक, हाईबे हुँदै सुकुना चौरीमा आएर, गीत, नाटक, नृत्य, सम्मन कार्यक्रम सहित सम्पन्न गरिएको हो । नाट्कमा घरेलु हिंसाको बारेमा प्रस्तुत गरिएको थियो ।र
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताउनुभएको छ । एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प अभियान अन्तर्गत शनिबार राति नुवाकोटको बट्टारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सो मार्ग नबन्दा व्यापार व्यवसायदेखि बिरामीको उपचारमा समेत समस्या परेको बताउनुभयो । नेपालका हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनु पर्नेमा ओलीले जोड दिनुभयो । अब हिजोको जस्तो निर्वाहमुखी होइन समृद्धिको यात्रामा अघि बढ्नु पर्ने ओलीले बताउनुभयो । यही सन्देश लिएर नेकपा एमाल
बिराटचौक/ मोरङको सुन्दरहरैचा नगरपालिका ४ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुइ जना घाईते भएका छन् । शुक्रबार राती साढे १० बजे पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको को। २० प ५८५४ नम्बरको मोटरसाईकल अचानक ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार सुन्दरहरैचा ७ का२८ वर्षिय बिक्रम माझीको मृत्यु भएको हो । उनको उपचारका क्रममा वीपी प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैंचा ७ का २५ बर्षीय भुपाल मगर र सोही मोटरसाईकलमा पछाडी सवार ३
रामधुनी / सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतम एक महिलासँग होटलबाट रंगेहात पक्राउ परेका छन् ।शनिबार दिउँसो धरानको एक होटलबाट गौतमलाई परस्त्रीसँग रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले पुष्टि गरेका छन् गौतमसँग अनैतिक सम्बन्ध राख्ने महिलाका श्रीमानकै सूचनाको आधारमा प्रहरीले वडा अध्यक्ष गौमतलाई पक्राउ गरेको हो । गौतम २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् । त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत उनी वडा अध्यक्ष निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.