दुहबि । फाेरवार्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । २०८० मंसिर २४ गते आइतबार दिनेश चौधरी स्मृति प्रतिष्ठानको भवनमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य पुर्व मन्त्रि भगवती चौधरी थिइन्। कार्यक्रमलाई संवोधन गर्दै चौधरीले संस्थाले सहकारिताको माध्यमबाट यस क्षेत्रका विपन्न परिवारको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको बताइन् । उनले राज्यले गरिबी निवारण र मुलुकको विकासमा सहकाीलाई सँगसँगै लिएर जानुपर्ने औल्याइन् ।

साधारण सभाले द्रब्यराज चौधरीको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति समेत चयन गरेका छ । संस्थाका उपाध्यक्षमा कमल शिं राजबंसि सचिवमा लक्ष्मी कृष्ण श्रेष्ठ कोषाध्यक्षमा घिमिया देबि चौधरी सदस्यहरुमा हिरा थानदार, चन्द्रकला विश्वास बिनोद कुमार चौधरी लेखा समिति संयोजकमा आसि चन्द चौधरीलाइ सर्बसम्मत नयाँ कार्यसमितिमा चयन गरेको सचिव लक्ष्मी कृष्ण श्रेष्ठले बताए ।

कार्यक्रम मा विशिष्ट अतिथि कोशि प्रदेश सभा सदस्य रोहित बहादुर कार्की आथितिहरु जिल्ला सहकारी संघ अध्यक्ष गंगा प्रसाद दाहाल ,बचत तथा ऋण संघ सुनसरी अध्यक्ष योगमाया सुबेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि रहेका कोशि प्रदेश सभा सदस्य रोहित बहादुर कार्कीले फाेरवार्ड सहकारीको स्थापनादेखि स्थिरता दिनमा योगदान दिने पूर्व अध्यक्ष स्व.दिनेश चौधरीको योगदानको स्मरण गरे ।

संस्थाले सहकारी संस्थाले दुहबी र आसपासका गाउँपालिकाका २१०० भन्दा बढि विपन्न परिवारका सदस्यलाई विगत २२ वर्षदेखि समेट्दै वित्तीय सेवा प्रदान गरिरहेको अध्यक्ष द्रब्यराज चौधरीले बताए । उनले सहकारीले गरिबी निवारणका लागि गाउँगाउँमा छरिएर रहेका ससाना पुँजीलाई एकत्रित गरी राष्ट्र निर्माणमा लगाउनुपर्नेमा जोड दिए । फरवार्ड सहकारीले युवा तथा महिलामा रहेको सिप र क्षमतालाई प्रस्फुटन गराउन र उनीहरुको जिवनस्तर उकास्न सहयोग पुर्याएको बताए। अध्यक्ष द्रब्यराज चौधरीले शेयर सदस्यहरुलाई संवोधन गर्दै आफ्नो आम्दानीलाई उत्पादन मूलक क्षेत्रमा खर्च गर्न आग्रह गरे । साथै आगामी दिनमा सहकारीमार्फत् संस्थाका शेयर सदस्य तथा र उनीहरुका परिवारका लागि आर्थिक उपार्जनलाई टेवा पुग्ने प्रकारका अन्य क्रियाकलाप पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।



