संखुवासभा / १२ वर्षअघि हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।सामान्य विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका २ का २८ वर्षीय बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो ।धर्मदेवी नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक तामाफोक गाउँपालिका ५ (हाल धर्मदेवी २) का रविन जिमीको हत्या गरेको आरोप छ ।घटनापछि फरार रहेका उनी तीन दिनअघि मात्रै घर आइपुगेको प्रहरीको भनाइ छ ।
सुनसरी / सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।गएराति ११ बजेतिर दुहबी नगरपालिका ७ र ११ को सिमानामा रहेको धनुसना खोलास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३८ प ५८८४ नम्बरको १५० सीसीको मोटरसाइकल आफैँ अनियन्त्रित भइ १५ फिट तल खोलामा खसेर दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल पछाडि सवार २१ वर्षीय निराजन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि विराट टिचिङ हस्पिटल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।मोटरसाइकल र चालक दुहबी ७ बस्ने २४ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले निय
सुनसरी / प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने समितिले जनाएको छ ।समितिका अध्यक्ष श्री कृष्ण अधिकारीले कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउने भएकाले आजदेखि यमपञ्चक सुरु भएको बताउनुभयो । उहाँका अनुसार सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोद
भोजपुर / हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा विद्युत् सुविधा पुगेको छ ।नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को ती दुई क्षेत्रमा विद्युतीकरण गरेपछि स्थानीय रमाएका छन् । प्राधिकरणका प्राविधिक कर्मचारी काजीमान राईले फलाटे र लालटे क्षेत्रमा विजुली पुगेको जानकारी दिए ।ती क्षेत्रका एक सय घरधुरीमा विद्युतको पहुँच पुगेको छ भने ३५ घरधुरीमा विद्युत मिटरसमेत जडान गरिइएको छ । फलाटेका भीम परियारले भने, “बिजुली कहिले आउला र घर उज्यालो होला भन्ने लागेको थियो, तिहारको समयमा नै घरमा बिजुली बाल्न पाइयो, हामी खुसी छौँ । ”भोजपुर सदरमुकामबाट दक्षिणमा हतुवागढी गाउँपाल
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिलाको वडा कार्यालय तोडफोड भएको विषयमा वडामा सर्वपक्ष भेला गरिएको छ ।गत २१ गते अज्ञात समुहले राती कार्यालय भित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएका थिए । अज्ञात समूहले कार्यालयको मुल गेटको ताला फुटाएर कार्यालयको सामग्री तोडफोड गरेपछि वडा नम्बर १ श्यामशिलाको वडा कार्यालय तोडफोड भएको विषयमा वडामा सर्वपक्ष भेला गरिएको छ ।सार्वजनिक कार्यालय तोडफोडले आतङ्क सृजना भएकाले दोषी पत्ता लगाएर कडा कारवाहीको लागि स्थानीयले सरकारसँग गरेका छन् । दोषीको खोजीको लागि स्थानीय जनताले पनि सहयोग गर्ने प्रतिवद्धता रहेको छ। द
सुनसरी / झापाको बुद्धशान्तिमा सालोले खुकुरी प्रहार गरी भिनाजुको हत्या गरेको छ ।बुद्धशान्ति गाउँपालिका- ५ निवासी अन्दाजी ३५ वर्षीय रोशन अधिकारीले सोही ठाउँ बस्ने आफ्नै भिनाजु अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।रोशन र धनबहादुरबीच घरायसी विवाद भएको थियो । विवादको क्रममा रोशनले धनबहादुरमाथि खुकुरी तथा बाँसले प्रहार गरेका थिए । टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उनको उपचारका क्रममा बिहीबार बिहान १ः५५ बजे मृत्यु भएको प्रहरीले ज
सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकामा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।नेपाली संस्कृति र परम्परा अनुसार उमङ्ग र हर्षोल्लासका साथ चाडपर्व मनाइरहँदा सुन्दहरैंचा नगरपालिकाले समाजको समग्र शान्ति सुव्यवस्था नै प्रभावित हुने गरी कानून विपरितका अवाञ्छित गतिविधि समेत हुन सक्ने भएको हुँदा नगरले सुचना जारी गरीएको छ।नगरले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भएकाले राति १० बजेसम्म मात्र देउसी-भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ । पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर -१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । गतराती कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालय भित्रको सामग्री तोडफोट भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए ।कार्यालय भित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याल लगायत सामग्रीमा फुटाएको उनको भनाइ छ । कार्यालयमा एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए । कर्मचारी बस्ने कोठामा पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको वडाध्यक्ष तामाङको भनाइ छ ।वडा कार्यालय तोडफोड कस्ले र किन गर्यो भनेर अहिले सम्म नखुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक
सुनसरी / पूर्वको नाम चलेको धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका क्षेत्रलाई समेटेर धार्मिक र पर्यटकीय सम्भावनाको अध्ययन गर्नका निम्ति धार्मिक अगुवाले १५ दिने पदयात्रा गर्ने भएका छन् । नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको अगुवाईंमा यही कार्तिक २४ गतेदेखि, मङ्सिर ८ गतेसम्म बराहक्षेत्रसँगै आसपासका धार्मिक स्थलको पदयात्रा गरिने भएको हो । यात्रामा नेपालसहित भारतका गरि दुई सय हाराहारी धार्मिक अगुवाको सहभागिता रहनेछ । बालसन्तले कार्तिक २४ गते बिहान ७ बजे कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गरेपछि पदयात्रा सुरु गरी सप्तकोसी नदीको पश्चिम तटीय क्षेत्र उदयपुरको
मादी नगरपालिकाले संचालन गरेको ०३ दिने नि-शुल्क मुटु तथा बालरोग सम्बन्धि शिविर बाट छनोट भएका बर्ष १३ का विपिन खातीको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर (manmohan cardiothoracic vascular &transplant center) मा नि-शुल्क मुटुको अप्रेसन पुर्ण रूपमा सफल भएको छ । खातीलाई (icu)कक्षबाट नर्मल बेडमा सारीने विपन्नको लागि स्वास्थ नेपालका अध्यक्ष रत्न थापाले जानकारी दिनु भयो । मादी नगरप्रमुखको अग्रहमा बच्चाका अभिभावकले बच्चालाई उपचार गर्न, लगेका हुन् । रुढीवादी सोच, हल्लाको कुरा गर्दै विभिन्न कुरा ल्याउदै के हुने हो कि ? उपचार सम्भव हुन्छर ? भन्दै प्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.