मादी नगरपालिकाले संचालन गरेको ०३ दिने नि-शुल्क मुटु तथा बालरोग सम्बन्धि शिविर बाट छनोट भएका बर्ष १३ का विपिन खातीको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर (manmohan cardiothoracic vascular &transplant center) मा नि-शुल्क मुटुको अप्रेसन पुर्ण रूपमा सफल भएको छ । खातीलाई (icu)कक्षबाट नर्मल बेडमा सारीने विपन्नको लागि स्वास्थ नेपालका अध्यक्ष रत्न थापाले जानकारी दिनु भयो ।
मादी नगरप्रमुखको अग्रहमा बच्चाका अभिभावकले बच्चालाई उपचार गर्न, लगेका हुन् । रुढीवादी सोच, हल्लाको कुरा गर्दै विभिन्न कुरा ल्याउदै के हुने हो कि ? उपचार सम्भव हुन्छर ? भन्दै प्रश्न उपचारत बच्चाका बाबुले नगर प्रमुख माथी प्रश्न गर्दा, समेत सम्झाई बुझाई उपचार कक्ष सम्म जान सहज वातावरण समेत बनाई दिनु भएको हो ।
मादी नगरपालिकाका नगर प्रमुख जीवन लिंथेपले बिपिन खातीका बुबासँग पटक पटक टेलिफोनमा कुरा गरि बच्चाको स्वास्थ अवस्थाको बारेमा जानकारी लिइ पुर्ण स्वास्थ लाभको कामना समेत गर्नु भएको छ । लिंथेपले विपन्नको लागी स्वास्थ नेपाल, संस्थाका अध्यक्ष रत्न थापा र अप्रेसनमा खटिएका सम्पुर्ण डाक्टरहरुको टिम लाइ धन्यवाद ज्ञापन गर्दै सदैव सहयोगको अपेक्षा समेत राख्नु भयो ।


